×

NMB BANK
NIC ASIA

पश्चिम एसियाका लागि ट्रम्पले ल्याए योजना : इजरायलको स्वागत, प्यालेस्टाइनको अस्वीकार

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व अन्त्यका लागि द्विराष्ट्रिय समाधानको योजना प्रस्तुत गरेका छन् । 

Muktinath Bank

उनले मिडल ईस्ट पीस प्लानका रूपमा जेरुसेलमलाई इजरायलको अविभाजित राजधानी बनाउने प्रस्ताव राखेका छन् । प्यालेस्टाइनले त्यसलाई पूरै अस्वीकार गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले यस योजनालाई ऐतिहासिक बताए अनि यस विवादको यही नै आखिरी समाधान भएको संकेत दिए । 


Advertisment
Nabil box
Kumari

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग ह्वाइट हाउसमा ट्रम्पले कुराकानी गरेपछि द्विराष्ट्रिय समाधानको योजना सार्वजनिक गरेका हुन् । यसले शान्ति ल्याउने र कुनै पनि इजरायली र प्यालेस्टाइनीले घर छोड्नु नपर्ने ट्रम्पको कथन छ । चार वर्षसम्म इजरायलमा सेटलमेन्ट रोक्ने र प्यालेस्टाइनको क्षेत्र दुईगुणा बढाउने ट्रम्पको प्रस्ताव छ । 

Vianet communication
Laxmi Bank

प्यालेस्टाइनका लागि ट्रम्पले पूर्वी जेरुसेलमलाई राजधानी बनाउने प्रस्ताव राखे र त्यहाँ अमेरिकी दूतावास स्थापना गर्ने बताए । उनले प्यालेस्टाइनलाई यो सम्झौता स्वीकार गरेर क्षेत्रमा शान्ति स्थापना गर्न अपील गरे । यो ऐतिहासिक र शताब्दीकै सबभन्दा ठूलो सम्झौता भएको दाबी गर्दै ट्रम्पले यसका लागि संसारभरिका मानिसको समर्थन रहेको बताए । प्यालेस्टाइनलाई स्वतन्त्र राज्य बन्ने ऐतिहासिक अवसर यसले दिएको ट्रम्पले बताए । 

इजरायलका प्रधानमन्त्री नेतान्याहूले ट्रम्पको योजना इजरायलका लागि ऐतिहासिक दिन भएको बताए । अन्य सबै योजना विफल भइसकेकाले यो सन्तुलित योजनालाई अंगीकार गर्नुपर्ने उनको भनाइ छ । यसै आधारमा प्यालेस्टाइनसँग शान्ति सम्झौता गर्न आफू तयार रहेको उनले बताए । 

यस चर्चामा कुनै पनि प्यालेस्टाइनी अधिकारी उपलब्ध थिएन । ओमान, संयुक्त अरब अमिरात र बहराइनका राजदूत चाहिँ ह्वाइट हाउसमा थिए । 

प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले ट्रम्पको यस योजनालाई पूरै अस्वीकार गर्दै आफूहरू नझुक्ने अनि शान्तिपूर्ण तरिकाले इजरायलको विरोध गरिरहने बताए ।

ट्रम्पले इजरायलसँग मिलेर अमेरिकाले जोइन्ट कमिटी बनाउने र एक विस्तृत नक्सा तयार पार्ने अनि यस योजनालाई सकेसम्म छिटो कार्यान्वयन गर्ने बताए ।

ह्वाइट हाउसले एक बयान जारी गर्दै राजनीतिक गतिरोध अन्त्य गर्न, शान्ति स्थापना गर्न र आर्थिक विकासलाई साकार पार्नका लागि ठूलो कदम इजरायल र प्यालेस्टाइनका नेताहरूले उठाउनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x