×

NMB BANK
NIC ASIA

इरानले गरेको रकेट आक्रमणका कारण ५० अमेरिकी सैनिकको मस्तिष्कमा समस्या

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इराकस्थित अमेरिकी सैन्य अड्डामा इरानले केही दिनअघि गरेको रकेट आक्रमणमा परी ५० जना अमेरिकी सैनिकहरूको  मस्तिष्कमा चोटपटक लागेको पेन्टागनले जनाएको छ । 

Muktinath Bank

राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त आक्रमणमा कुनै पनि अमेरिकी हताहती नभएको बताएका थिए तर पेन्टागनको दाबीले उनको भनाइलाई काटेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिखेर ट्रम्पले सैनिकहरूलाई टाउको दुखेको र कुनै गम्भीर चोटपटक नलागेको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

आक्रमणको भोलिपल्टै अमेरिकी सेनाले ११ जना सैनिक घाइते भएको जनाएको थियो । अघिल्लो साता पेन्टागनले ३४ सैनिक घाइते भएको जानकारी दिएको थियो । 

Vianet communication
Laxmi Bank

पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल टमस क्याम्पबेलले मंगलवार थप १६ सैनिकहरूलाई आघातपूर्ण मस्तिष्क समस्या देखिएको बताए । ती ५० मध्ये ३१ जना ड्युटीमा फर्किसकेको क्याम्पबेलको भनाइ छ । 

ती सैनिकहरूलाई इराकमा अनि कुवेतमा रहेका अस्पतालहरूमा उपचार गरिएको छ । 

जनवरी ३ मा इरानका शक्तिशाली जनरल कासिम सुलेमानीलाई अमेरिकी ड्रोनले मारेपछि जवाफी कारवाहीका रूपमा इरानले इराकस्थित ऐन अल–असद सन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको थियो । 

मस्तिष्कमा लागेको चोटपटकका बारेमा आक्रमणलगत्तै खबर नगरिएको र केही सैनिकमा चाहिँ निकै पछि मात्र लक्षण देखिएको अमेरिकी सेनाको भनाइ छ । 

इरानका लगभग एक दर्जन ब्यालिस्टिक क्षेप्यास्त्रहरू विस्फोट हुँदा धेरै सैनिक बंकरमा थिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x