साढे दुई लाख मूल्यको ४७ बोरा सूर्ती बरामद

साढे दुई लाख मूल्यको ४७ बोरा सूर्ती बरामद इलाका प्रहरी कार्यालय राजगढले ४७ बोरा सुर्ती बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय राजगढका प्रमुख दीर्घ राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले बुधबार बाह्रदशी गाउँपालिका–२ मा वेवारिसे अवस्थामा रहेको ४७ बोरा सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Advertisement

बरामद गरिएको सुर्ती दुई लाख ५० हजार मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। बरामद गरिएको सुर्ती मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्