×

NMB BANK
NIC ASIA

ए डिभिजनमा सङ्कटामाथि मनाङको जित

माघ १५, २०७६

NTC
Sarbottam
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबबीचको खेलमा बललाई अगाडि बढाउँदै मनाङ मस्र्याङ्दी क्लबका खेलाडी । तस्वीर : रोशन सापकोटा ,रासस
Premier Steels
Marvel

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ।

Muktinath Bank

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न खेलमा मनाङले सङ्कटालाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मनाङले खेलको ४२औँ मिनेटमा सङ्कटाका खेलाडी अमित तामाङको आत्मघाती गोलबाट शुरुआती अग्रता बनायो । अञ्जन विष्टको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाएका थिए।


Advertisment
Nabil box
Kumari

अमितले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै मनाङका अञ्जन विष्टले एक गोल थपे । उनले खेलको ४३औँ मिनेटमा गोल गरेका थिए । त्यसैगरी मनाङका अर्का खेलाडी निशान लिम्बूले खेलको ७१आँै मिनेटमा गोल गर्दै मनाङलाई ३–० को सहज जित दिलाए । खेलमा मनाङका अञ्जन विष्ट म्यान अफ द म्याच घोषित भए ।लिगमा नवौँ खेल खेलेको मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । मनाङ जारी लिगमा १९ अङ्क जोड्दै अङ्क तालिको तेस्रो स्थानमा छ।

Vianet communication
Laxmi Bank

त्यस्तै समान नवौँ खेल खेलेको सङ्कटाको १२ अङ्क रहेको छ । सङ्कटा अङ्क तालिकाको आठौँ स्थानमा छ । बिहीबारको पहिलो खेलमा फ्रेण्डस क्लब र च्यासल युथ क्लबवीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम (एनआरटी)ले बिग्रेड ब्वाइज क्लबको सामना गर्नेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x