पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
असोज १३ गते सोमवार साँझ एउटा समाचारले देशमा ठूलै तरंग ल्यायो ।
प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमै काम गर्ने एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप उक्त समाचारमा लगाइएको थियो ।
समाचारमा भनिएको थियो– ‘संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तीनकुनेस्थित उनको डेरामै गएर जबरजस्ती करणी गरेको आरोप लागेको छ ।’
आसोज १२ गते आइतवार बेलुकाको घटनाका आधारमा बनाइएको उक्त समचारमा पहिचान गोप्य राखिएपनि मंगलवार बिहान हुँदासम्म सार्वजनिक भइसकेको थियो– ती महिला कर्मचारी संसद् सचिवालयस्थित संसद् सुविधा व्यवस्था शाखाको स्वास्थ्य इकाइमा कार्यरत रोशनी शाही हुन् ।
रोशनीले फेसबूकमा निरन्तर महराविरुद्धका स्टाटस लेखिरहेकी थिइन् । आफ्नो बारेमा आएको समाचार पनि शेयर गरेकी थिइन् ।
मिडियाले लुकाउन चाहेको पहिचान उनी आफैँले खुलाइन् । त्यसपछि धेरैको ध्यान रोशनीतर्फ मोडियो ।
मानिसहरूले उनलाई फेसबूकमा फलो गर्न थाले, उनका हरेक स्टाटसका स्क्रीन शट सामाजिक सञ्जालमा भाइरल बने । धेरैले उनीप्रति सहानुभूति नै जनाएका थिए ।
भोलिपल्ट हुँदा उनका स्टाटसहरू फेरिएका थिए, उनले महराको पक्षमा लेख्न थालेकी थिइन् ।
एक अनलाइनलाई अन्तर्वार्ता दिएर महरा आफ्नो डेरामा नआएको र आफूले लगाएको आरोपमा सत्यता नभएको भन्न समेत भ्याइसकेकी थिइन् ।
तर, उनले फेरेको बयानले महरालाई बचाउन सम्भव भएन । चौतर्फी आलोचना र नेकपाको निर्देशनपछि महरा सभामुख पदबाट राजीनामा दिन बाध्य भए ।
त्यतिबेलासम्म रोशनीले प्रहरीमा उजुरी दिएकी थिइनन् । उनले आफ्नै आरोपको खण्डन गरिसकेको अवस्थामा उजुरी नै नपर्ने हो कि भन्ने लख धेरैले काटेका थिए।
यसबीचमा एक्कासि अर्को समाचार आयो– महराविरुद्ध रोशनीले प्रहरीमा किटानी जाहेरी दिइन् । सोही जाहेरीका आधारमा असोज १९ गते महरा सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ परे ।
जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम महरा हाल डिल्लिबजार कारागारमा छन् । रोशनीले जिल्ला अदालत र त्यसपछि उच्च अदालतमा पुगेर महराका पक्षमा निवेदन नै दिएपनि मुद्दा अघि बढेकै छ ।
यसबीचमा मुद्दाको सुनुवाई चलिरहँदा अदालतमा पनि देखिएकी रोशनी घटनापश्चात संसद् सचिवालयमा काममा भने फर्किएकी छैनन् ।
नेपाल स्वास्थ्य सेवाअन्तर्गत अनमी चौथो तहमा वीर अस्पतालमा कार्यरत रोशनीको समायोजन राजधानीबाहिर भएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरासँगको पुरानो चिनजानका कारण भनसुन गरी उनले काजमा संसद् सचिवालयको स्वास्थ्य इकाइमा ड्यूटी मिलाएकी थिइन् ।
घटना घटेको केही दिनपछि शाहीले कार्यालयमा बिदाको फारम भरेर कात्तिक मसान्तसम्मका लागि बिदा स्विकृत गराएको र त्यसपछि सम्पर्कमा नरहेको संघीय संसद् सचिवालय प्रशासन शाखा प्रमुख उपसचिव अधिराज राईले बताए । ‘त्यसपछि उहाँले बिदा माग्नुभएको छैन र कार्यालय सम्पर्कमा आएको पनि मैले थाहा पाएको छैन,’ उपसचिव राईले भने, ‘मंसिर महिनादेखि उहाँ गयल अवस्थामा हुनुहुन्छ ।’
अन्यत्र जानका लागि संसद् सचिवालयबाट रमाना पनि नलिएको उपसचिव राईले बताए । आफू समायोजन भएको स्थानमा नै जाने हो भने पनि संसद् सचिवालयबाट रमाना लैजानुपर्ने हुन्छ ।
‘अन्यत्र जान यहाँबाट रमाना लैजानुपर्ने हुन्छ,’ उपसचिव राईले भने, ‘यदि उहाँ समायोजन भएकै ठाउँमा हाजिर हुन जानुभएको भएपनि हाजिर भइसकेपछि बिदा मिलानका लागि यहाँबाट रमाना लैजानुपर्ने हो ।’
जागिर नै धरापमा !
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार रोशनीको जागिर नै धरापमा पर्ने देखिएको छ । लगातार ६० दिनसम्म बिदा स्वीकृत नगराई अनुपस्थित रहेमा सेवाबाट हटाउन सकिने ऐनमा उल्लेख छ ।
ऐनको दफा ७४ उफदफा (१) मा भनिएको छ– ‘देहायको कुनै अवस्थामा कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिनेछ ।’
देहायको (ज) मा भनिएको छ– ‘बिदा स्वीकृत नगराई लगातार साठी दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा ।’
विचाराधीन छ मुद्दा
महरा–रोशनी प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
महरा पुर्पक्षका लागि थुनामा छन्, अदालतबाट मुद्दाको फैसला आइसकेको छैन ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...