×

NMB BANK
NIC ASIA

फौजीमा घट्दो आकर्षण

प्रहरीमा जागिर छाड्ने क्रम बढ्दो, सेनामा पनि १० हजार दरबन्दी रिक्त !

माघ १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा सरकारी जागिरमा निकै ठूलो आकर्षण छ । 

Muktinath Bank

दिनरात मेहेनत गरेर पढ्ने र जागिर खाने प्रायः नेपाली युवाको सपना नै रहने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजामतीसहितका विभिन्न सेवा, संस्थान, बैंक तथा वित्तीय संस्था र सुरक्षा निकायहरूमा सरकारी जागिरको अवसर प्राप्त हुन्छ ।


Advertisment
Nabil box
Kumari

सरकारी जागिरमा एकपटक नाम निकालिसकेपछि हत्तपत्त जागिर छाड्ने गरेको पाइन्न, तर नेपाली सुरक्षा संयन्त्रको हकमा भने त्यो लागू हुँदैन ।

Vianet communication
Laxmi Bank

अहिले नेपाल प्रहरीमा राजीनामा दिएर जागिर छाड्नेको संख्या दिनानुदिन बढिरहेको छ । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने हरेका वर्ष जगिर छाड्नेहरूको संख्या बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ५ सय ६४ जनाले जागिर छाडेका थिए भने आर्थिक वर्ष २०७५/२०७६ मा ३ हजार ७३ जनाले जागिर छाडे । त्यसअघि आर्थिक वर्ष २०७४/०७५ मा नेपाल प्रहरीमा ७२ हजार ७ सय ४४ जनाको दरबन्दी रहेकोमा २ हजार ५ सय ६४ जनाले राजीनामा दिएका थिए । यो दरबन्दीको ३.५२ प्रतिशत हो ।

आर्थिक वर्ष २०७५/०७६ मा बढेर ४.०५२ प्रतिशत भयो, अर्थात् ७५ हजार ९ सय २९ दरबन्दी रहेको नेपाल प्रहरीमा ३ हजार ७३ जनाले राजीनामा दिए ।

यसरी बर्सेनि जागिर छाड्नेको संख्या बढिरहे पनि प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री भने यसलाई सामान्य मान्नुपर्ने बताउँछन् ।

‘नेपाल प्रहरीमा पहिरो नै गएको भनिएको छ, त्यो होइन । ७५ हजार भन्दा धेरै संख्यामा कर्मचारी भएको प्रहरीमा ४ प्रतिशतले राजीनामा दिनु समान्य विषय हो जस्तो लाग्छ,’ डीआईजी क्षेत्रीले लोकान्तरसँग भने ।

संख्यात्मकरूपमा यसको ठूलो महत्त्व होला, नहोला तर प्रहरी कर्मचारीले जागिर छाड्ने कारणतर्फ हेर्ने हो भने यो निकै गम्भीर छ ।

प्रहरीमा मात्र होइन, सेनामा पनि जागिर छाड्ने क्रम रहेको पाइन्छ ।

पछिल्लो १७ महिनामा उपदानमा राजीनामा र राजीनामा दिनेको संख्या १ हजार ६७ रहेको छ ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालय जङ्गी अड्डाले उपलब्ध गराएको तथ्यांकमा उपदानमा राजीनामा दिने अधिकृत तहका २९ जना र १ जनाले विना उपदान राजीनामा दिएका छन् ।

प्रहरीको तलबले बालबच्चा पाल्नै गाह्रो !

प्रहरीहरूले जागिर छाड्नुको एउटा प्रमुख कारण, न्यून तलबमान हो ।

महिनाभरी दुःख गरेर प्राप्त हुने तलबले परिवार पाल्न पनि मुस्किल पर्ने भएपछि जागिर छाड्ने गरेको प्रहरी कर्मचारीहरू बताउँछन् ।

विकल्पको खोजीमा प्रहरी कर्मचारीहरूले जागिर छाड्ने नेपाल प्रहरीका पूर्व एआईजी नवराज ढकाल बताउँछन् ।

‘प्रहरीमा जागिर छोडेकाले प्रहरीमाभन्दा राम्रो सेवा सुविधासहित अन्य ठाउँमा जागिर पाउने भएकाले नै छोडका हुन् । आर्थिक स्थितिमा सुधार आउने हुनाले अन्य जागिरमा अकर्षण देखिएको हो,’ पूर्व एआईजी ढकालले लोकान्तरसँग भने ।

जीवनको ऊर्जावान समय प्रहरीमा व्यतित गरेपछि ४५/५० वर्षको उमेरमा के गर्ने भन्ने टुंगो नहुँदा पनि समय छँदै जागिर छाडेर अर्को पेशामा करिअर बनाउने गरेको ढकाल बताउँछन् । 

प्रहरी सेवाको प्रकृति अत्यन्त कठिन र लामो समयसम्म ड्यूटीमा खटिनुपर्ने, घर–परिवारसँग टाढा भएर बस्नुपर्ने भएकाले पनि कतिपयले जागिर छाडेको उनको बुझाइ छ ।

नेपाली सेनाका पूर्व उपरथि बालानन्द शर्मा पनि बाहिर राम्रो विकल्पको खोजीमा सुरक्षा निकायबाट जागिर छाड्ने गरेको बताउँछन् ।

‘पल्टनमा काम गरेकाले पल्टनमाभन्दा बाहिर धेरै सेवासुविधा पाउने भएकाले पनि कतिपयले राजीनामा दिएको देखिन्छ,’ उनले भने ।

'तलबमा सुधार जरुरी छ'

सुरक्षाकर्मीहरूको जागिर छाड्ने क्रमलाई न्यूनीकरण गर्न सेवासुविधामा सुधार गर्नुपर्ने पूर्व एआईजी नवराज ढकाल बताउँछन् ।

‘विषेश गरेर तल्लो तहका कर्मचारीको सेवासुविधा र तलब अकर्षक बनाउनुपर्छ, जागिर अवधिमा आवास गृहको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

नेपालको पल्टनमा सेवा सुविधाको बारेमा सोच्नुपर्ने अवस्था रहेको पूर्व उपरथि बलानन्द शर्माले बताए ।

‘पल्टनमा काम गरेकाका लागि बाहिर राम्रो सेवा सुविधामा जागिर पाइन्छ, त्यसैले यता छाडेर बाहिर जाने गरेका छन्,’ शर्मा भन्छन्, ‘सेवासुविधाका लागि सोच्नुपर्ने अवस्था छ ।

राजीनामा दिने साहयक तहका बढी

नेपाल प्रहरी र नेपाली सेनामा साहयक तहका कर्मचारीले बढी राजीनामा दिने गरेको देखिन्छ ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष २०७५/०७६ मा प्रहरी हवल्दार र प्रहरी जवानको दरबन्दी ५९ हजार १ सय ५० छ जसमध्ये २५ सय ११ जनाले राजीनामा दिएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा पनि सोही समूहका कर्मचारीले राजीनामा दिएका छन् । ५६ हजार ६ सय ७ दरबन्दी रहेकोमा २१ सय ९ जनाले राजीनामा दिएको देखिएको छ ।

यता नेपाली सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापा आएपछिको तथ्यांकमा साहयक तहको जुनियर कमिसन अफिसर (जेसीओ) अर्थात् पदिक तहका ११ सय ७७ जनाले राजीनामा दिएको देखिएको छ । 

सैनिक जनसम्पर्क निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उपदानसहितको राजीनामामा ११ सय ३१ जना छन् भने उपदान बाहेकको राजीनामा दिने ४६ जना छन् ।

निवृत्तिभरण पक्का भएपछि राजीनामा दिने ७५ सय १० जना छन्, जसमा रथि ६ जना, अधिकृत तहका ६३ जना, जुनियर कमिसन अफिसर (पदिक) १६ सय ८ जना, जुनियर नन् कमिसन अफिसर ५६ सय १५ जना र बन्दोबस्ती कार्य सिपाही २ सय १८ जना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनामा १० हजार दरबन्दी रिक्त

नेपाली सेनामा विभिन्न कारणले हाल १० हजार २ सय २७ दरबन्दी रिक्त छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार रथी पदमा ३२ जना, अधिकृतमा १ सय ६३ जना, जुनियर कमिसन अफिसर (पदिक) पदमा १ हजार ७ सय ५२ जना, जुनियर नन् कमिसन अफिसरमा ७ हजार ९ सय ४२ जना र बन्दोबस्ती कार्य सिपाहीमा ३ सय ३८ जना गरी १० हजार २ सय २७ जनाको दरबन्दी रिक्त छ ।

सेनामा ८ सयभन्दा धेरै भगौडा

८ सय ६४ जना भागेर सेनामा नर्फकिएको देखिएको छ ।

विक्रम सम्वत् २०७५ सालको वैशाखदेखि ०७६ साल पुस २३ गतेसम्म नेपाली सेनामा अधिकृत १० जना, पदिक ६ जना, जुनियर नन् कमिसन अफिसर ७ सय ९२ जना र बन्दोबस्ती कार्य सिपाही ५६ जना भागेको सैनिक जनसम्पर्क निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x