२७ जेठ २०८३, बुधबार

संसदमा पेश हुँदै प्राधिकरण टुक्र्याउने विधेयक

माघ १७, २०७६
संसदमा पेश हुँदै प्राधिकरण टुक्र्याउने विधेयक

मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक दुई छुट्टै निकाय बनाउनेसम्बन्धी कानुन निर्माणका लागि प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरण व्यवस्था गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरण स्थापना
र व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा दर्ता गर्ने स्वीकृति दिइएको जानकारी दिए।

प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय बनाउने गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विधेयक तयार गरी मन्त्रिपरिषद् पठाएको थियो ।

मन्त्रालयले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण नाम रहने गरी विभाजन गर्न लागेको हो । यद्यपि, प्राधिकरणसम्बद्ध कर्मचारी युनियनले यसको चकों विरोध गर्दै आएका छन्। कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्