पुस ८, २०८०
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा प्रदेश ५ को पूँजीगत बजेट जम्मा १८ प्रतिशत मात्रै खर्च भएको छ, यसले समयमै शतप्रतिशत् विकास बजेट खर्च हुने सम्भाना न्यून बनेको छ ।
वित्तीय संघीयताको अभ्यास गर्दै २ पटकसम्म बजेट ल्याएको प्रदेश सरकारले विनियोजित बजेट प्रभावकारी रूपमा खर्च गर्न असफल देखिएको हो ।
जेठभित्रै पूँजीगत बजेट खर्च गरिसक्ने बताउँदै आएका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका शंकर पोखरेल नेतृत्वको सरकारले चालू आर्थिक वर्षको ६ महिनामा जम्मा १७.७१ पूँजीगत खर्च गरेको देखिन्छ ।
प्रदेशको कूल विकास बजेट १८ अर्ब १२ करोड २१ लाखमध्ये हालसम्म ३ अर्ब २९ करोड ८ लाख रूपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय बुटवलको तथ्यांकले देखिन्छ ।
अघिल्लो वर्षको तुलनामा केही खर्चको अनुपात बढेको भने, देखिन्छ । गत वर्ष पुस मसान्तसम्म ३.९५ प्रतिशत मात्र बजेट खर्च भएको थियो । यसवर्ष पनि खर्च नभएको बजेटको आकार र खर्च गर्नुपर्ने समयलाई हेर्दा बजेट खर्चको प्रवृत्ति उत्साहप्रद छैन ।
प्रदेश समन्वय परिषद्को तेस्रो बैठकले चालू आर्थिक वर्षमा प्रदेश तथा स्थानीय तहहरूले निर्धारण गरेका नीति कार्यक्रम तथा बजेट कार्यान्वन गर्दा प्रदेशका कार्यालयहरू तथा स्थानीय तहहरूबीच पर्याप्त समन्वय र सहकार्य गरी आर्थिक अनुशासन र कामको गुणस्तर हुने गरी सालबसाली प्रकृतिका आयोजनाहरूको हकमा आर्थिक वर्षको जेठ मसान्तसम्म सम्पन्न गर्ने गरी काम गर्ने निर्णय पनि गरेको थियो ।
सरकारले भने बजेट सन्तोषजनकरूपमा खर्च भएको दाबी गर्छ । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले चालू आर्थिक वर्षको करीब सबै आयोजनाहरूको ठेक्का लागिसकेको र निर्माणको चरणमा गइसकेकाले पूँजीगत खर्च बढेको बताउँछन् ।
‘पहिलो तीन महिना तथा आयोजनाको ठेक्का पट्टाको समय हो । पछिल्लो तीन महिनाको गति बजेट खर्च बढेको छ । हामी प्रदेशको बजेट समयमै खर्च गर्नेमा विश्वस्त छौं,’ प्रवक्ता चौधरीले भने ।
बाँकी ६ महिनामा पूँजीगततर्फको कुल बजेटमध्ये १४ अर्ब ८३ करोड १३ लाख रूपैयाँ खर्च गर्नुपर्ने सरकारलाई चुनौती छ ।
मध्यावधिसम्मको बजेट कार्यान्वयनको जटिलताले चालू आर्थिक वर्षमा पनि अघिल्लो वर्षमा जस्तै असारे विकास हुने कुरालाई संकेत गरेको आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् । माघ मसान्तसम्म बजेट खर्च विकास बजेट खर्च ३० प्रतिशतमा पुर्याउने सरकारको दाबी छ ।
कुन मन्त्रालयको कति खर्च ?
चालू आर्थिक वर्षको वार्षिक बजेटको ८१ प्रतिशत छुट्याइएको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयका विकास बजेट खर्च सुधारोन्मुख छन् ।
भौतिक पूर्वाधारको १९.५७
पूर्वाधार विकासको महत्वपूर्ण मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालयले पुस मसान्तसम्ममा पूँजीगततर्फ १९ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । यो आर्थिक वर्षमा मन्त्रालयका लागि कुल १४ अर्ब ८७ करोड ४ लाख ५ सय रूपैयाँ छुट्याइएको थियो । मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डे सबै परियोजनाका खरिद प्रक्रिया सकिइसकेको र अधिकांश आयोजनाहरू निर्माणको चरणमा रहेको बताउँछन् ।
जेठ मसान्तसम्ममा बजेट कार्यान्वयन गरिसक्ने मन्त्रालयको लक्ष्य रहेको बताउँदै उनले अधिकांश पूर्वाधार परियोजनाहरूको निर्माण कार्य शुरू भइसकेकाले पूँजीगत खर्च क्रमगतरूपमा बढ्दै गएको बताए ।
उद्योग पर्यटन मन्त्रालयको २० प्रतिशत
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि छुट्याइएको २ अर्ब ८८ करोड ८१ लाख ११ हजार रूपैयाँमध्ये करीब २० प्रतिशत अर्थात् ५७ करोड १४ लाख ३१ हजार २८८ रूपैयाँ खर्च गरेको छ । पूँजीगत खर्च २० करोड ३४ लाख २७ हजार ८८९ रूपैयाँमात्रै रहेको छ ।
सामाजिक विकास मन्त्रालयको १८ प्रतिशत
प्रदेशको सामाजिक विकास मन्त्रालयले ४ अर्ब ३९ करोड २२ लाख २६ हजार रूपैंयाँ बजेट पाएकोमा १८ दशमलव २८ प्रतिशत अर्थात् ८० करोड २७ लाख ३६ हजार २१३ रूपैयाँ खर्च गरेको छ । त्यसमध्ये पूँजीगत खर्च १२ करोड ५ लाख ८२ हजार १८ रूपैयाँमात्रै छ ।
भूमि व्यवस्था कृषि तथा सहकारीको ६.२९ प्रतिशत
प्रदेशका सबै मन्त्रालयको तुलनामा सबैभन्दा कम बजेट खर्च गर्ने मन्त्रालयमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय परेको छ छुट्याइएको ४ अर्ब ७ करोड ६५ लाख ८९ हजार रूपैयाँको जम्मा ६ दशमलव २९ प्रतिशत मात्रै खर्च गरेको छ । त्यसमध्ये पनि पूँजीगत खर्च ४ करोड ४० लाख ९७ हजार ९ सय ९ रूपैयाँ मात्रै रहेको छ । कृषि अनुदानमा मन्त्रालयबाट व्यापक अनियमिता समेत भएको पाइको छ ।
मुख्यन्याधिवक्ता कार्यालयको ३४ प्रतिशत
प्रतिशतको हिसाबले हेर्दा सबैभन्दा धेरै बजेट खर्च मुख्य न्यायाधिवक्ताको कार्यालयको छ । कार्यालयले २ करोड २५ लाख २७ हजाररूपैंया बजेटको चालु र पूँजीगत गरी ३४ दशमलव २९ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यसपछि प्रदेश सभा सचिवालयले ३३ करोड १७ लाख ७४ हजार रूपैयाँ बजेटको पूँजीगत र चालू गरी २३ दशमलव ५७ प्रतिशत खर्च गरेको छ ।
प्रदेश लोक सेवा आयोगले अझै पूर्णता नपाएको हुँदा कुनै पनि रकम खर्च गर्न सकेको छैन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको १९ प्रतिशत
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालू र पूँजीगततर्फ १९ दशमलव १९ प्रतिशत बजेट खर्च गरेका छन् । आयोगको जम्मा बजेट ३ करोड २० लाख १० हजार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुल बजेट २ करोड ६१ लाख ३५ हजार रूपैंयाँ रहेको थियो ।
आर्थिक मामिला मन्त्रालयको ८ प्रतिशत
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो १५ करोड ९६ लाख २ हजार रूपैयाँ बजेटको चालू र पूँजीगत गरी ८ दशमलव १९ प्रतिशत तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयले आफ्नो ८० करोड ८० लाख ६६ हजार रूपैयाँको बजेटको जम्मा चालू र पूँजीगततर्फ १४ दशमलव ५४ प्रतिशत खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार स्थानीय तहलाई हालसम्म ३ अर्ब २७ करोड ३० लाख २७ हजार रूपैयाँ वित्तीय हस्तान्तरण गरेको छ ।
आन्तरिक मामिला तथा कानूनको ९ प्रतिशत
आन्तरिक मामिला तथा कानून मन्त्रालयको खर्च गति पनि धिमा छ । ६ महिनाको अवधिमा मन्त्रालयको जम्मा ९ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...