२७ जेठ २०८३, बुधबार

मिडिया काउन्सिल विधेयक सच्याउन माग

मिडिया काउन्सिल विधेयक सच्याउन माग

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकप्रति केही बुँदा संशोधन गर्नुपर्ने भन्दै दोलखाका सञ्चारकर्मीले सुझाव दिएका छन् ।

दोलखाको सदरमुकाम चरिकोटमा आज आयोजित प्रस्तावित सूचना प्रविधि विधेयकको सान्दर्भिकता र औचित्यबारे आयोजना गरिएको छलफलमा स्थानीय सञ्चारकर्मीले कही बुँदा संशोधन गर्नुपर्ने माग राखेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्केले सूचना प्रविधि र मिडिया काउन्सिल विधेयकमा उल्लेख भएका विभिन्न विषयवस्तुको बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष जीवन लामाले प्रस्तावित विधेयकले नागरिक अधिकारको कटौती गरी पत्रकारलाई अङ्कुश लगाउन खोजेकाले नेपाल पत्रकार महासङ्घलगायत अन्य सरोकारवाला निकायसँग छलफल र परामर्श गरी अर्को विधेयक ल्याउन माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्