२६ जेठ २०८३, मंगलबार

कोरोना नियन्त्रणका लागि चिनियाँ रेडक्रसलाई १२.३३ करोड सहयोग

कोरोना नियन्त्रणका लागि चिनियाँ रेडक्रसलाई १२.३३ करोड सहयोग

चीनको रेडक्रस सोसाइटी र रेडक्रस फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागिे झन्डै १२ करोड ३३ लाख डलर स्वीकृत गरेको छ। 

महामारी नियन्त्रणको आवश्यकता र दाताहरूको इच्छा अनुसार भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबारसम्म  उक्त रकम स्वीकार गरेको ती संस्थाहरूले शनिबार जानकारी गराएका छन् ।

कुल ८४ करोड ९७ लाख २० हजार युआन सहयोगमध्ये ६५ करोड ६९ लाख ६० हजार युआन नगद र १९ करोड २७ लाख ७० हजार युआन बराबरको सामग्रीलाई सरूवा रोग नियन्त्रण कार्यालय र सहयोगदाताको इच्छा अनुसार आवश्यक परेको स्थानमा प्रयोग गरिने रेडक्रसले जनाएको छ ।

चीनको रेडक्रस सोसाइटीले प्राप्त गरेको आठ करोड २९ लाख र फाउन्डेसनले ५७ करोड ६६ लाख ६७ हजार युआन सहयोग कोरोना भाइरस सङ्क्रमणको केन्द्र हुबेईका साथै साङडोङ र चच्याङमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खर्च गरिने बताइएको छ ।

सहयोग रकम सङ्क्रमितको उपचारमा प्रत्यक्ष काम गरिरहेका चिकित्सकको सुरक्षाका लागि सामग्री र सङ्क्रमण रोकथाम र नियन्त्रण शीर्षक तथा अस्पताल निर्माणमा नै खर्च हुने संस्थाले जनाएको छ । संस्थालाई तीन करोड ३३ लाख युआन बराबरको सामग्री सहयोग थियो जुन खास प्रभावित हुबेई प्रान्तका वुहान, सियान र सिआओकन शहर र अन्य २२ प्रान्त र नगरहरूमा पठाइसकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्