२६ जेठ २०८३, मंगलबार

हजारौं जोडीको विहे गर्ने सपना भताभुंग पार्‍यो कोरोनाले

माघ २०, २०७६
हजारौं जोडीको विहे गर्ने सपना भताभुंग पार्‍यो कोरोनाले

चीनमा हजारौं वर्षमा आउने दिन पर्खेर बसेका प्रेमी कोरोना भाइरसका कारण निराश बन्न पुगेका छन् । यस भाइरसले चीनको अर्थतन्त्रका साथै समाजिक क्षेत्रमा ठूलो धक्का पुर्‍याएको छ । 

मुसा वर्ष आरम्भसँगै यो भाइरसलेउग्र रूप लिंदा चिनियाँको नयाँ वर्ष र वसन्त चाढ निरस बन्नपुगेको छ । गत जनवरी २४ तारिख चीनको परम्परागत पात्रोअनुसार चिनियाँहरूको नयाँवर्षको पूर्वसन्ध्या थियो । 

चिनियाँका लागि यो दिन पारिवारिक पुनर्मिलनको दिन थियो ।

वुहान शहरमा भेटिएको नोबल कोरोना भाइरसले चिनियाँको योजना एक्कासि प्रभावित बन्न पुग्यो । यो भाइरसको फैलावटबाट बच्न र रोकथाम गर्नका लागि आम चिनियाँले घर फर्किने योजनाका साथै देश बाहिर तथा भित्र घुम्ने योजना पनि रद्द गरे । भाइरस र रोगको प्रतिरोध गर्नका खातिर निर्धारित यात्रा मात्रै रद्द गरेका छैनन्, भाइरसको फैलावट हुन नदिन सरकारको आदेशको पालना गर्दै घरभित्रै बसेका छन् ।

यसैबीच् हजारौं चिनियाँ प्रेम जोडीको विवाग गर्ने सपना पनि भताभुंग भएको छ । सन् २०२० फेब्रअरी २ तारिखका दिन प्रेम जोडीले हजार वर्षमा एकपटक भेटिने उक्त दिनलाई आफ्नो विवाहका लागि शुभ दिनच छनोट गरेका थिए । एक त यो मिति २०२० –०२–०२ अद्भुत देखिन्छ । अगाडिबाट वा पछाडिबाट एकै बुझाउँछ, त्यसमाथि चिनियाँमा समध्वनि शब्द निकै प्रचलित छन् । अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्