×

NMB BANK
NIC ASIA

नेपालमा भेटिएसम्मका मास्क खरिद गर्दै चिनियाँ, झोलामा कपडाभन्दा बढी मास्क लिएर फर्किन थाले !

माघ २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको वुहानबाट शुरू भएको नोवल कोरोना भाइरसले महामारीकै रूप लिन थालेपछि नेपालमा समेत मास्कको अभाव देखिन थालेको छ ।

Muktinath Bank

नेपालबाट चीन फर्कने चिनियाँहरूले नेपाली बजारमा भेटिएसम्मका मास्क खरिद गरेर लैजान थालेपछि यसको अभाव हुन थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालटारकी अस्मिता रिजाल धूलोबाट जोगिन सोमवार बिहान मेडिकलमा सर्जिकल मास्क किन्न भनेर गएकी थिइन्, तर पाउन सकिनन् ।


Advertisment
Nabil box
Kumari

‘आज (सोमवार) बिहान धूलोबाट जोगिन मास्क किन्न गएको पाइएन, भएको सबै मास्क चिनियाँहरूले उठाए भन्ने जवाफ मेडिकल पसलेले दिए,’ अस्मिताले लोकान्तरसँग गुनासो गरिन् ।

Vianet communication
Laxmi Bank

नेपालबाट फर्किने चिनियाँको झोलामा कपडाभन्दा धेरै मास्क हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक प्रहरी कर्मचारीले बताए ।

उनले लोकान्तरसँग भने– ‘सबैजसो चिनियाँको झोलामा मास्क देखिन्छ । कपडाभन्दा धेरै मास्क नै छन् । बट्टा खोलेर मास्क मात्रै झोलामा राखेको देखियो ।’

बट्टासमेत राख्दा धेरै नअटाउने भएकाले निकालेर मास्कमात्र राख्ने गरेको पाइएको ती प्रहरीले बताए ।

यसरी बाहिरिएको मास्कको यकिन तथ्यांक भने छैन ।

झोलामा राखेर आफूसँगै लगेका सामानको तथ्यांक नहुने भन्सार विभागका निर्देशक शिशिर घिमिरे बताउँछन् ।

‘आधिकारिकरूपमा भन्सार गरेर धेरै सामान लैजानेको तथ्यांकमात्र हामीसँग हुन्छ, झोलामा यात्रुले आफूसँगै लगेको सामानको हुँदैन,' घिमिरेले लोकान्तरसँग भने ।

चीनमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६२ नाघेको छ ।

गत डिसेम्बमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमणपछि चीनमा मास्क प्रयोग गर्नेको संख्या ह्वात्तै बढेको चिनियाँ सञ्चारमाध्यमहरूले  जनाएका छन् ।

चीनमा मास्कको अभाव हुन थालेपछि बाहिरबाट फर्किने नागरिकहरूले मास्क बोकेर लैजान थालेका हुन् ।

सर्जिकल मास्कले छेक्दैन कोरोना !

यता चिकित्सकहरूले भने सर्जिकल मास्कले कोरोना भाइरसलाई नछेक्ने बताएका छन् ।

'हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन् । कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ,' जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले फेसबूकमा लेखेका छन्, 'कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो– खल्तीमा वा ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक–पटक हात सफा गर्ने । साबुन पानीले हात धोएर मात्र खाना खाने ।'

उनले अगाडि लेखेका छन्– 'हाम्रा केही बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ । मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख–नाक– आँखा– कानतिर लैजाने, हात नधोइ खानेकुरा समाउने – खाने आदि ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x