×

NMB BANK
NIC ASIA

अपराध गर्ने र नियम नमान्नेलाई अब लुक्न मुस्किल, उपत्यकामा मात्र २ हजार सीसीटीभीबाट निगरानी !

माघ २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बालकृष्ण शर्मा (नाम परिवर्तन) गत आइतवार (माघ १२ गते) दरबारमार्ग–सिंहदबार हुँदै लगनखेल जाँदै थिए । बिहान ७ बजेको समय । गाडीको लाइन थिएन उनी बाइक नरोकी अगाडि बढे ।

Sagarmatha Cement
Muktinath Bank

लगनखेलमा आफ्नो काम सकिएपछि सोही सडक हुँदै बालाजुस्थित घरमा फर्किए । पौने १० बजे अफिस जानै लाग्दा फोन आयो, महानगरीय ट्राफिक प्रहरी महाशाखाको । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोनमा आवाज आयो– ‘नमस्कार ! म ट्राफिक प्रहरी महाशाखाबाट । तपाईंले आज बिहान सिंहदबारको पश्चिम गेटअगाडि ट्राफिक नियम उल्लंघन गर्नुभयो, तत्काल महाशाखामा आउनुहोला ।’


Advertisment
Nabil box
Kumari

उनी झसङ्ग भए । प्रहरीको आग्रह नकार्न सक्ने कुरै भएन, चुपचाप महाशाखा पुगे । त्यहाँ प्रहरीले उनलाई सीसीटीभी फूटेज देखाए, उनी रातो बत्तीमा बाइक नरोकी अगाडि बढेका रहेछन् ।

Vianet communication
Laxmi Bank

त्यसपछि उनले तिर्नुपर्ने जरिवाना तिरे, १ घण्टाको कक्षा लिए अनि फर्किए ।

घटना २

नेपाल सरकारका एक उपसचिव काम विषेशले कलंकीबाट ट्याक्सी चढे । उनलाई नारायणहिटी दरबारको दक्षिण गेटसम्म पुग्नु थियो । ट्याक्सीको अगाडि बच्चा लिएर बसेका उनी गन्तव्यमा पुगेपछि ट्याक्सीमा झोला भुलेर निस्किएछन् ।

उनलाई ट्याक्सी नम्बर याद थिएन । दरबारमार्गस्थित ट्राफिक प्रहरी कार्यालयमा पुगेर उनले सम्पूर्ण विवरण टिपाए । ‘कोही इमान्दार भएर ल्याइदिएको खण्डमा खबर गरिदिनु होला,’ भनेर फर्किका थिए, उनी ।

उनले अपेक्षा गरेजस्तो झोला दिन कोही आएन । त्यसपछि अफिसमै एक कर्मचारीमार्फत थाहा पाए– महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सीसीटीभीको माध्यमबाट ट्याक्सी पत्ता लगाउन सकिन्छ । त्यसपछि उनी रानीपोखरी आए ।

उनले आफ्नो घटना विवरणसहित सीसीटीभी शाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णबहादुर धिताललाई भेटे । डीएसपी धिताल र ती उपसचिवसँगै बसेर सीसीटीभी फूटेज फलो गर्न थाले ।

दरबारमार्गको सीसीटीभी फूटेजबाट शुरू गर्दा अस्पष्टरूपमा ट्याक्सी देखियो, नम्बर पत्ता लागेन । त्यसपछि सो ट्याक्सीको रूटमा पर्ने अन्य सीसीटीभी क्यामेराको फूटेज हेरियो, अन्ततः पत्ता लाग्यो ।

ट्याक्सी मात्र पत्ता लागेन, झोला समेत फिर्ता पाए । उनी प्रहरीलाई धन्यावद दिँदै फर्किए । 

हरेक दिन २० सीसीटीभी फूटेजको अनुसन्धान

महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा दैनिक सरदर २० वटा उजुरी सीसीटीभी अनुसन्धानका लागि आउने गरेको छ ।

उपत्यकामा हुने अपराधका घटनालाई नियन्त्रण गर्न राखेका सीसीटीभी क्यामेराको फूटेजमार्फत अनुसन्धानका लागि दैनिक औसतमा २० वटा उजुरी आउने गरेको महानगरीय प्रहरी कार्यलय रानीपोखरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णबहादुर धितालले बताए ।

दैनिक १ सय ५० सवारी साधन चालक कारवाहीमा

सीसीटीभीको माध्यमबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक १ सय ५० देखि २ सय सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने गरेको महानगरीय ट्राफिक प्रहरी कार्यलयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालले बताए ।

‘ट्राफिक नियमको उल्लंघन गर्ने दिनमा २ सयसम्म सवारी चालकलाई सीसीटीभीको माध्यमबाट कारवाही गर्दै आएका छौं,’ एसएसपी ढकालले लोकान्तरसँग भने ।

उपत्यकामा २ हजार ३३ सिसिभिटी

काठमाडौं उपत्यकामा प्रहरीको निगरानीमा २ हजार ३३ सीसीटीभी क्यामेराले सुरक्षाको निगरानी गरिरहेका छन् ।

सीसीटीभी फूटेजको माध्यमबाट अपराधका घटनाहरू जस्तै चोरी, दुर्घटना, कुटपिट, सार्वजनिक यातायातमा सामान छुटेको, सवारी साधनले मानिसलाई हानेर भागेको लगायतका अपराधहरू पत्ता लगाउनलाई काठमाडौं उपत्यकामा २ हजार ३३ वटा सीसीटीभीले उपत्यकाले सुरक्षा निगरानी गरिराखेको डीएसपी कृष्णबहादुर धितालले लोकान्तरलाई बताए । 

डीएसपी धितालले भने– ‘उपत्यकाका वृत्तहरूले जडान गरेका र महानगरीय प्रहरी कार्यलयको  सीसीटीभी गरेर २ हजार ३३ सीसीटीभीले निगरानी गरिराखेका छन् ।’

महानगरीय प्रहरी कार्यलयबाट ७ सय ४१ सीसीटीभी

महानगरीय प्रहरी कार्यलय रानीपोखरीको कन्ट्रोल रूमबाट ७ सय ४१ वटा सीसीटीभी क्यामेराले निगरानी गरिराखेका छन् । 

सन् २००७ देखि महानगरीय प्रहरी कार्यलयले ११ वटा सीसीटीभी क्यामेराबाट सेवा सञ्चालन गरेकोमा अहिले ७ सय ४१ पुगेको महानगरीय प्रहरी कार्यलयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञावलीले बताए ।

‘हरेक वर्ष बजेट छुट्याएर वर्षैपिच्छे सीसीटीभी क्यामेरा थप्दै गएका छौं,’ एसएसपी ज्ञवालीले भने ।

कार्यलयले समय अनुसार सीसीटीभी क्यामेराहरू थप्दै गएको छ । शुरू–शुरूमा महानगरीय प्रहरी कार्यलय रानीपोखरीले एनालग प्रविधिमा आधारित क्यामेराहरू सञ्चालन गरेको थियो, अहिले पूर्ण रूपमा डिजिटलमा गएको छ ।

कार्यलयका डीएसपी धितालका अनुसार पहिले एनालग सिस्टमा चल्थ्यो भने अहिले पूर्णरूपमा इन्टरनेट प्रिन्टिङ प्रोटोकल (आईपीपी)को माध्यमबाट सीसीटीभी क्यामेरा सञ्चालन भइरहेको छ ।

हरेक वर्ष कार्यलयले आवश्यक बजेट छुट्टाएर सीसीटीभी क्यामेराहरू जडान गर्दै आएको धितालले बताए ।

भिडियो म्यानेजर सिस्टम सफ्टवेयर राख्दै

महानगरीय प्रहरी कार्यलयले भिडियो म्यानेजर सिस्टम भन्ने सफ्टवेयर राख्ने भएको छ । उपत्यकामा भएका सीसीटीभी क्यामेरा राखेको क्षेत्रमा सवारी साधन कनि गुडे भन्ने रेकर्ड सफ्टवेयरले अटोमेटिकरूपमा राख्नेछ ।
सफट्वयरले विभिन्न रंगको माध्यमबाट पनि डाटा राख्ने डीएसपी धितालले बताए ।

३० जना जनशक्तिले सीसीटीभी क्यामेरा अपरेट

महानगरीय प्रहरी कार्यलयमा रहेका ७ सय ४१ वटा सीसीटीभी क्यामेरालाई ३० जना प्रहरी कर्मचारीले अपरेट गर्दै आएका छन् ।

यस कार्यलयमा प्रहरी नायब उपरीक्षकको कमान्डमा करीब ३० जना प्रहरी कर्मचारी छन्, त्यसमा सीसीटीभी क्यामेरा मर्मत गर्नेदेखि सर्भर बनाउने इञ्जिनीयरहरू पनि छन् ।

प्राविधिक टीममा १ जना प्रहरी नायब उपरीक्षक, २ जना प्रहरी निरीक्षक, ४ जना प्रहरी साहयक निरीक्षक र अन्य प्रहरी नायब निरीक्षक गरी १७ जनाको टोली रहेका छन् । 

उक्त प्रविधिक टोलीले उपत्यकामा मेट्रोबाट सञ्चालित सबै सीसीटीभी क्यामेराको मर्मत सम्भार गर्छन् ।

आवश्यक परेको खण्डमा अन्य जिल्लामा पनि सीसीटीभी क्यामेरा मर्मतका लागि जाने गरेको डीएसपी धितालले लोकान्तरलाई बताए ।

सीसीटीभीका काम गर्ने अन्य प्रहरी कर्मचारीलाई तालिम दिने काम पनि प्राविधिक टोलीले गर्ने धितालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x