×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेश सभाको २ वर्ष : कानून निर्माण सुस्त, संसद्ले पाएन बिजनेश

माघ २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशसभा शुरू भएको बुधवार ठीक २ वर्ष पुगेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष कम कानून निर्माण तर पदाधिकारीलाई गाडी सुविधा दिँदै बित्यो ।

Sagarmatha Cement
Muktinath Bank

२०७४ माघ २२ गते पोखरा महानगरपालिका–३ नदीपुरस्थित भवनमा गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद्को महत्त्वपूर्ण काम कानून निर्माण हो तर प्रदेशसभा शुरू भएको पहिलो वर्ष १९ कानून बनेकोमा दोस्रो वर्ष १२ मात्र कानून बन्न सके । २ वर्षे अवधिमा ३१ विधेयक पारित भएकोमा ५ वटा विधेयक विधायन समितिमा विचाराधीन छन् ।


Advertisment
Nabil box
Kumari

गण्डकी प्रदेशसभाले प्रदेश राजधानी ‘पोखरा’ र प्रदेश नाम ‘गण्डकी’ जुराउन सकेपनि अन्य गतिविधि सुस्त रहेको टीकाटिप्पणी हुन थालेको छ । 

Vianet communication
Laxmi Bank

सभामुखदेखि विपक्षी दलको नेता समेतलाई गाडी सुविधा छ । सांसदले सुनजडित लोगो लगाएका छन् । विभिन्न समितिका सभापति, प्रमुख सचेतकलाई संसदीय दलको कार्यकक्ष पनि बन्दैछन् तर संसद्ले बिजनेश नपाउँदा पटक–पटक सूचना टाँस गरेर संसद् स्थगित गर्ने गरिएको छ । 

विपक्षी दल समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले संसद्का कामकारबाहीप्रति १० पूर्णांकमा ३ मात्र दिन्छन् । उनले शुरूआतमा जसरी आर्थिक विकास र समृद्धिको नारा अघि सारिएको थियो, त्यो हालसम्म नारामै सीमित भएको टिप्पणी गरे ।

उनले भने, ‘अबको बाँकी समयमा विज्ञ तथा प्राविधिक झिकाएर भएपनि कानून बनाउनतर्फ लाग्नुपर्छ । संसद्लाई बिजनेश दिनुपर्छ । जति व्यवस्थापिका चलायमान भयो, त्यत्ति सरकारको कामकारबाही अघि बढ्छ । व्यवस्थापिका निष्क्रिय भएमा लोकतन्त्र पनि स्खलित हुँदै जान्छ र जनताले पहिलेकै व्यवस्था ठीक रहेछ भन्न बाध्य हुुनुपर्ने अवस्था आउन सक्छ ।’

गण्डकीमा अन्य प्रदेशमा जस्तो सिक्दै र अगाडि बढ्ने अवस्था देखिएको छ । राजनीतिक एवं प्रशासनिक क्षेत्रका व्यक्तिले संघीयतालाई नयाँ अभ्यासको रुपमा लिएका छन् । भारत, अमेरिका लगायत देशमा संघीयताको लामो अभ्यास गरेका मुलुकभन्दा नेपालमा वर्षौदेखि केन्द्रिकृत शासन व्यवस्थापछि एक्कासी संघीयताको अभ्यासले उनीहरू सोही परिवेशमा ढाल्दै जाने र सिक्दै जाने अवस्थामा रहेको बताउँछन् । उनीहरूमा ज्ञान र अनुभवको कमी देखिन्छ ।

गत वर्ष तुलनामा यसपालि कानून निर्माण किन सुस्त भयो भन्नेबारे प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले कानून सरकार र जनताको आवश्यकता हेरेर बन्ने भएकाले कम र धेरै भन्न नमिल्ने बताउँछन् । प्रदेशको एकल अधिकारका विभिन्न कानून बनिसकेको उनको दाबी छ । विवादित सांसदलाई शपथ खुवाउने विषयमा अघि सरेका सभामुख अधिकारीले सांसदले संसदमा प्रस्तुत गर्ने विषयवस्तु के कस्ता छन् भन्नेबारे पनि ख्याल गर्नुपर्ने जानकारको भनाइ छ । 

संयुक्त अधिकार सूचीका विषयमा कतिपय कानून संघले नबनाउँदा त्यसको असर गण्डकीमा पनि परेको सांसदहरू बताउँछन् । एकल अधिकारका कानून प्रदेश संसद्ले बनाएपनि संयुक्त अधिकारका विषयमा संघले कानून नबनाउँदा यहाँ असर परेको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए । 

उनको अनुभवमा यहाँ जग्गा प्राप्तिसम्बन्धी चुनौती देखिएको छ । प्रदेशलाई भोगाधिकार नदिइसकेको वा लिजको व्यवस्था नटुंगिएको हुँदा भवन निर्माण कार्य बाँकी नै रहेको उनले जनाए ।

गण्डकी प्रदेशमा हाल ४ दलका ६० जना सांसदको प्रतिनिधित्व छ । जसमा नेकपाको ४०, कांग्रेस १५, समाजवादी ३ र राष्ट्रिय जनमोर्चाको सांसद संख्या २ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x