×

X
Nic Asia
Dabur
Khukuri

अख्तियारको जालोमा हालसम्मकै ठूलोे माछा, गच्छदारविरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा

काठमाडाैं | माघ २२, २०७६

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री बनेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ९ करोड ६५ लाख बिगो कायम गरिएको छ ।

LAxmi BAnk
nabil BANK inside

बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते गरी व्यक्तिको नाममा सारेर भ्रष्टाचार गरेको आरोपमा गच्छदारसहित पूर्वमन्त्रीहरू छविराज पन्त, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लगायत १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पटक–पटक मन्त्री बनेका गच्छदारका समकालीन नेताहरू खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता र गोविन्दराज जोशीलगायतले यसअघि नै भ्रष्टाचार मुद्दा खेपिसकेका छन् ।

नेपाली कांग्रेस सत्तामा रहेको समयमा २०४८ सालदेखि उनी लाभको पदमा पटक–पटक पुगेका थिए । २०४८ सालको संसदीय निर्वाचनपछि लगातार निर्वाचित हुने सांसदमा गच्छदार पनि एक हुन् । गणतन्त्र स्थापना पछि पनि उनी माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई सरकारमा उपप्रधानमन्त्री सहित गृहमन्त्री बनेका थिए । 


Advertisment
Saurya island

२०६३ सालमा मधेश आन्दोलन शुरू भएपछि गच्छदार नेपाली कांग्रेस छाडेर तत्कालीन मधेशी जनअधिकार फोरममा सहभागी भएका थिए । 

माधवकुमार नेपाल सरकारमा सहभागी हुन उनले तत्कालीन फोरम फुटाएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए । 

Vianet communication
IME BANK INNEWS

फोरमबाट पटक–पटक सरकारमा सहभागी भएका गच्छदार २०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस प्रवेश गरेका थिए । 

सुनसरीबाट प्रत्यक्ष निर्वाचित गच्छदार अहिले नेपाली कांग्रेस संसदीय दलका उपनेता हुन् ।

विक्रम संवत् २०१० सालमा भलुवा– ८ सुनसरीमा जन्मिएका गच्छदार २०२६ सालदेखि राजनीतिमा सक्रिय छन् । महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट उनले विद्यार्थी राजनीति शुरू गरेका थिए । 

कांग्रेस राजनीति गर्ने क्रममा गच्छदारले ६ वर्ष जेल जीवन समेत बिताएका थिए ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

सर्वोच्च अदालतले चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको भन्ने सम्बन्धमा आएको पत्रबारे थप जिज्ञासा राख्दै संसद् सचिवालयलाई पत्र पठाएको छ । बुधवार फुलकोर्ट बैठकपछि सर्वोच्चका सहरजिस्ट्रार नाराय...

मंसिर २१, २०७९

महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन सर्वोच्च अदालत जाने भएका छन् । ​संसद् सचिवालयका महासचिव डा. भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहि...

मंसिर २१, २०७९

सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका कानून व्यवसायीहरूमाथि जुत्ता प्रहार भएको छ । एक अधवैंशे महिलाले आफूले लगाएको जुत्ता खोलेर प्रहार गरेकी हुन् । उनले बार मुर्दावाद, वकिलहरू मुर्दावाद, चोल...

मंसिर २१, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ ।  सधैँझैँ आज पनि हामी बितेका २४ का मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छ ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्...

मंसिर २१, २०७९

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग १० महिनापछि निष्क्रिय भएको छ । मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायिक मर्यादाविपरीतको काम गरेको भन्दै जबराविरुद्ध अहिलेको सत्ता गठबन्धनका ९...

मंसिर २१, २०७९

आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक २०७७ कात्तिक २५ गते प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो ।  सरोकारवालाको सुझाव, सांसदहरूको संशोधन लगायतका प्रक्र...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x