बागी ३ को ट्रेलर सार्वजनिक, एक्सनको धूमधडाका (भिडियो)

बागी फिल्मको दुई इन्स्टलमेन्टबाट प्रशंसकहरूको मन जितेपछि अब मेकरहरूले बागी ३ फिल्म ल्याएका छन् । फिल्मको ट्रेलर बिहीवार सार्वजनिक गरिएको छ । 

ट्रेलरमा एक्सन, फाइट, प्रेम र युद्धका अनेकौं मसला देखिन्छन् । टाइगरको लोभलाग्दो जिउडाल र एक्सन सीनहरू हेर्दा मज्जा आउँछ । श्रद्धा कपूरले देशी गालीहरू रिमिक्स गरिरहेको सुनिन्छ । 


Advertisement

सम्बन्धका लागि सीमा पार गर्ने कथाको संकेत ट्रेलरले दिन्छ । 

ट्रेलरमा टाइगरका एक्सन सीनहरूले दर्शकको रौं ठाडो बनाइदिन्छन् । भिलेनको रोलमा जमील खोरी विश्वसनीय लाग्छन् । 


Advertisement

फिल्म साजिद नाडियाडवाला प्रोडक्सनमा बनेको हो र अहमद खानले यसको निर्देशन गरेका हुन् । फागुन २३ गते फिल्म सार्वजनिक हुँदैछ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्