सामसुङको ग्यालेक्सी एस८ को चार्जिङमा समस्या देखियो

काठमाडौं, १३ वैशाख — सामसुङ कम्पनीको इज्जत जोगाउने स्मार्टफोन ग्यालेक्सी एस८ बजारमा आइसकेको छ । कतिपयले त यसको प्रयोग गर्न भ्याइसके ।


तिनैमध्ये केही प्रयोगर्काले ग्यालेक्सी एस८ का सम्बन्धमा गुनासो गरेका छन् । वायरलेज चार्जिङमा समस्या आइरहेको उनीहरूले सामसुङ फोरममा गुनासो गरेका छन् ।

प्रयोगकर्ताहरूका अनुसार कम्पनीले दिएको वायरलेस चार्जिङप्याडबाट उनीहरू ग्यालेक्सी एस८लाई चार्ज गर्न सकिरहेका छैनन् । सामसुङको अर्को वायरलेस चार्जर र अन्य कमपनीको क्युआई सर्टिफाइड चार्जरले पनि ग्यालेक्सी एस८ लाई सपोर्ट नगरेको उनीहरू बताउँछन् ।

सामसुङले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

पहिला पनि सामसुङ ग्यालेक्सीको डिस्प्ले र वाइफाइमा समस्या आएको थियो । डिस्प्लेमा रातो दाग देखिएको र वाइफाइ कनेक्सनमा पनि हैरानी खेप्नुपरेको बताइएको थियो ।

अहिले त कम्पनीले यो बगलाई फिक्स गरेको छ एक सफ्टवेयर अपडेट पनि रिलिज गरेको छ । तर अपडेट दक्षिण कोरियामा मात्र रिलिज भएको छ ।

एजेन्सी


Advertisement


Advertisement


Advertisement

कुमार चौलागाई
कुमार चौलागाई

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्