×

NMB BANK
NIC ASIA

रुकुम जिल्ला माओवादीको ‘किल्ला’, ६ वटै स्थानीय तहमा विजयी

कात्तिक २०, २०७४

NTC
Premier Steels

रुकुम, ४ जेठ– माओवादी जनयुद्धको अधार इलाका ‘रुकुम’ पहिलो चरणको स्थानीय तह निर्वाचनको नतिजाले पनि ‘माओवादीमय’ भएको छ । रुकुमका ६ वटै स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ ।

स्थानीय तहको निर्वाचन घोषणा भइरहँदा माओवादीले रुकुमको जत्तिको बलियो उपस्थिति अन्य जिल्लामा देखाउन सकेको छैन ।

रुकुममा आठविसको, मुसिकोट र चौरहजहारी गरी तीनवटा नगरपालिका तथा बाँफिकोट, सानीभेरी, त्रिवेणी, भुमे, पुथा उत्तरगंगा र सिस्ने गरी ६ वटा गाउँपालिका छन् । भुमे, पुथा उत्तरगंगा र सिस्ने भने प्रदेश नम्बर ५ अन्तर्गत पर्ने भएकाले त्यहाँ पहिलोचरणको निर्वाचन भएन । त्यहाँ जेठ ३१ गते निर्वाचन हुँदैछ ।

आठविसकोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका गोर्खबहादुर केसी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र बटालालाई २०३४ मत अन्तरले पराजित गरेर केसी आठविसकोट मेयर निर्वाचित भएका हुन् ।

आठविसकोटमा माओवादीका केसीले ५६२९ मत ल्याउँदा नेपाली कांग्रेसका बटालाले ३५९५ मत प्राप्त गरे । आठबिसकोटको मेयरका लागि नेकपा एमालेका उम्मेदवार हरिप्रसाद शर्माले २४३५ मत प्राप्त गरे ।

आठविसकोटको उपमेयरमा पनि माओवादी केन्द्रकै गीता नेपाली निर्वाचित भएकी छन् । नेपालीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अनिता बुढालाई २४३१ मतले हराएर उपप्रमुखमा विजयी भएकी हुन् ।

माओवादीकी नेपालीले ५६१८ मत पाइन् भने कांग्रेसकी बुढाले ३१८७ र एमालेकी अमृता शाहले २७८५ मत पाइन् । आठविसकोट नगरपालिकाका कुल १४ वडामध्ये ११ मा माओवादी केन्द्र, २ मा कांग्रेस र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा माओवादीका उम्मेदवार देबीलाल गौतम र उपप्रमुखमा प्रेमकु्मारी सुनार विजयी भएका छन् । चौरजहारी नगरपालिकाको मेयरमा पनि माओवादीकै विशाल शर्मा र उपप्रमुखमा राधा रोका विजयी भए ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्ती र उपाध्यक्षमा निर्मला विष्ट निर्वाचित भए । बाँफिकोट गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर केसी र उपाध्यक्षमा मनकला पुन तथा सानीभेरी गाउँपालिका अध्यक्षमा डोरबहादुर पुन र उपाध्यक्षमा इन्दिरा ओली निर्वाचित भएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x