×

NMB BANK
NIC ASIA

दशरथ रंगशाला पुनर्निर्माणको जिम्मा सेनालाई

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ६ जेठ–  राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएको नेपाली सेनालाई दशरथ रंगशाला पुनर्निर्माणको जिम्मा पनि दिइने भएको छ ।

१२ वैशाख २०७२ को भूकम्पले भत्किएको काठमाडौंको दशरथ रंगशाला पुननिर्माणको जिम्मा सेनालाई दिइने भएको हो ।

नेपालले दुई वर्षपछि आयोजना गर्नुपर्ने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि रंगशाला तयार गर्नुपर्ने भएकाले पुनर्निर्माणको जिम्मा सेनालाई दिइन लागिएको हो ।

अहिलेकै गतिमा रंगशालाको पुनर्निर्माण जारी राखे १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सञ्चालन गर्दासम्म पनि नसकिने भएकाले सेनालाई पुनर्निर्माण गर्न दिइन लागिएको खेलकुद मन्त्रालयले जनाएको छ ।

दु्रत गतिबाट रंगशालाको पुनर्निर्माणका लागि सेनालाई जिम्मा दिने विषयमा खेलुकुद मन्त्रालयले प्रस्ताव तयार पारिसकेको छ । अब मन्त्रिपरिषद बैठकले उक्त प्रस्ताव स्वीकृत गरे सेनाले रंगशालाको पुनर्निर्माण थाल्ने छ ।

मन्त्रालयका अधिकारीका अनुसार रंगशालाको पुनर्निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद र नेपाली सेनाबीच छलफल चलिरहेको छ । साथै भूकम्पबाट रंगशालामा भएको क्षतिको विषयमा पनि नेपाली सेनाको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।

क्षतिको मूल्याङ्कन भइसकेपछि राष्ट्रिय खेलकुद परिषद र सेनाबीच रंगशालाको पुनर्निर्माणका लागि सहमति हुने छ । मन्त्रिपरिषद बैठकले उक्त सहमति अनुमोदन गरे सेनाले औपचारिक रुपमा रंगशालाको पुनर्निर्माण थाल्ने छ ।

भूकम्पले देशको एकमात्रै अन्तर्राष्ट्रियस्तरको रंगशालाको अधिकांश भागमा क्षति पुगेको थियो । राष्ट्रिय खेलकुद परिषदले रंगशाला पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) गरेर टेण्डरमार्फत पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरेको थियो । अब उक्त प्रक्रिया स्थगित गरेर पुनर्निर्माणको जिम्मेवारी सेनालाई दिइने छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x