मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
विराटनगर | बैशाख २०, २०८१
इलामको उपनिर्वाचनपछि कोशी प्रदेशका नेताहरू सरकार ढाल्ने गिराउने खेलमा लागेका छन् । मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारको फेरबदल संवैधानिक हिसाबबाट हुन नसक्ने चेतावनीसहितको पत्र प्रदेश प्रमुखलाई दिएपछि विपक्षीहरू आक्रोशित बनेका छन् । मुख्यमन्त्रीले प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावको विरोधमा बोल्नु संविधानको धारा १८७ (२) विपरीत भएको आरोप उनीहरूले लगाएका छन् ।
गठबन्धनमा आबद्ध दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले संकल्प प्रस्तावको विषयमा संविधानविपरीत बोलेको आरोप लगाएका हुन् ।
दुई दिनअघि मात्रै कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र बुझाउँदै नयाँ सरकार गठनमा कानूनी जटिलता रहेको बताएका थिए । संकल्प प्रस्ताव संविधानविपरीत रहेको उनको जिकिर रहेको छ । २५ गतेभित्रमा विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव प्रदेशसभाले पारित गरेको थियो । वैशाख ७ गते बसेको प्रदेशसभाको बैठकले संकल्प प्रस्ताव पारित गरेपछि मुख्यमन्त्री कार्की दबाबमा छन् । मुख्यमन्त्रीकै पाटी नेपाली कांग्रेसको एउटा पक्ष भने संकल्प प्रस्तावबारे मौन छ ।
संकल्प प्रस्ताव पारित गरेपछि संसद् सचिवालयले प्रदेश प्रमुख तथा अन्य निकायहरूमा त्यसको जानकारी गराएको थियो । मुख्यमन्त्री कार्कीले भने मुख्य न्यायाधिवक्तामार्फत दबाब बढाउन खोजेका थिए । उनले मुख्य न्यायाधिवक्ता रुपेश कोइरालासँग राय मागेका थिए । मुख्य महान्यायाधिवक्ता कोइरालाले पनि मुख्यमन्त्रीले विश्वासको मत लिनु नपर्ने तथा तथा संकल्प प्रस्ताव पनि संविधानको विपरीत भएको राय दिएका थिए ।
संकल्प प्रस्तावबारे महान्यायाधिवक्ता मागेको राय मुख्यमन्त्रीका निजी सचिव भूपेन्द्र खनालले हस्ताक्षर गरेको पत्र संसद् सचिवालयमा समेत पठाइएको थियो । मुख्य न्यायधिवक्ताले संकल्प प्रस्ताव असंवैधानिक र गैरकानूनी रहेकोले मुख्यमन्त्रीले मान्न नपर्ने, राजीनामा दिन नपर्ने र विश्वासको मत पनि लिनुपर्ने निष्कर्ष दिएका थिए ।
मुख्य न्यायाधिवक्ता कोइरालाले मुख्यमन्त्रीलाई संविधानको धारा १८४ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांशविपरीत संकल्प प्रस्ताव रहेको भन्दै त्यसलाई असंवैधानिक भनेका थिए । तर संविधानमा भने धारा १८४ मा उपधारा ४ नै छैन । मुख्य न्यायाधिवक्ताले दिएको सुझाव पनि कानूनविपरीत भएको एमाले–माओवादस्हितका गठबन्धनको ठहर छ । उनीहरूले कोइरालामाथि प्रदेशसभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी दिएको छ । संकल्प प्रस्तावविरुद्ध राय दिनु वा बोल्नु प्रदेशसभाको विशेष अधिकारको हनन भएको एमालेका प्रमुख सचेतक रेवती भण्डारीको दाबी रहेको छ ।
‘संकल्प प्रस्ताव गलत लाग्छ भने कानूनी निकायमा जान पाइन्छ,’ प्रमुख सचेतक भण्डारीले भने, ‘तर कानूनी निकायमा नगइ विपक्षमा राय लेख्ने कुरा हुँदैन । मुख्य न्यायाधिवक्ता कोइरालामाथि प्रदेशसभाको विशेष अधिकारको हननको विषय प्रयोग हुन्छ ।’
मुख्य न्यायाधिवक्ता कोइरालामाथि विशेषाधिकारको हननमा प्रदेशसभाको आगामी बैठकले कारबाही गर्न सक्ने उनले चेतावनी दिएका छन् ।
संविधानको धारा १८७ मा प्रदेश सभाको विशेषाधिकारसम्बन्धी व्यवस्था छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...