×

NMB BANK
NIC ASIA

ठगका अनेक जुक्ति

वैदेशिक रोजगार ठगीः बैंकको केवाईसीमा टाँसेको फोटोबाट खुल्यो आरोपीको पोल

काठमाडाैं | बैशाख २१, २०८१

NTC
Premier Steels

वैदेशिक रोजगार ठगीको सिलसिलामा उदयपुर डुम्रेका नारायणबहादुर राईको नाममा गत चैत ६ गते पक्राउ पुर्जी जारी भयो । वैदेशिक रोजगार विभागले राईलाई पक्राउ गरी बुझाउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरेसँगै उनी पक्राउ परे । करोडौं ठगीको आरोप लागेका राईले मोटरसाइकलमा पठाओ चलाएको देखेपछि प्रहरीसमेत चकित परे । ‘यतिका मान्छेबाट करोडौं ठगी गरेर अहिले पठाओ चलाउने’ भन्दै प्रहरीले राईलाई सोधे गरेपछि उनी छक्क परे । पीडितहरूले बैंक सानिमा बैंकमा राईको नाममा खोलिएको बैंक खातामा पैसा पठाएको उजुरीमा उल्लेख गरेपछि प्रहरीले बैंकमा खाता खोल्न प्रयोग भएको नागरिकता विवरण हरायो । नागरिकता राईकै प्रयोग भएको थियो ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राईले प्रहरी बयानमा आफ्नो नागरिकता हराएको र नयाँ बनाइसकेको खुलाएका थिए । अनुसन्धानमा संलग्न प्रहरीलाई अनुसन्धानको सुइ कसरी तान्ने भन्ने चिन्ता बढ्यो । बैंकमा अन्य कुनै कागजात बुझाएको छ कि भनेर खोतल्दा बैंकको खातावालाको जानकारी बुझ्न भरिने फारम (केवाईसी) मा भने राईको फोटो थिएन । फोटो थियो त राजन श्रेष्ठको । रामेछाप तिल्पुङका श्रेष्ठले गरेको चलाखी देखेर प्रहरीसमेत छक्क परे । प्रहरीले श्रेष्ठको फोटो पीडितलाई देखाएपछि पीडितहरूले पैसा र विदेश जानका लागि श्रेष्ठसँगै ‘डिल’ गरेको सुनाए । खोजी गर्दै जाँदा श्रेष्ठ पनि पक्राउ परे । श्रेष्ठको ठगी धन्दालाई साथ दिएका थिए, बाजुराका पर्वतराज भन्ने ईश्वरीराज पाण्डेले ।


Advertisment
Nabil box
Kumari

null 

Vianet communication

यसरी शुरू भयो ठगीको धन्दा

आरोपीमध्येका राजन श्रेष्ठले जापान लगायतका देशमा जाने विद्यार्थीलाई परामर्श दिइ पठाउन सकिने भनी नियोनी एजुकेश प्रालिको नाममा सामाजिक सञ्जालमा विज्ञापन गरेका थिए । उनले पुतलीसडकमा कार्यालय नै सञ्चालन गरेर विज्ञापन गरेपछि विद्यार्थीहरू भटाभट परामर्शका लागि पुगे । त्यतिबेला श्रेष्ठले विद्यार्थीलाई आफ्नो नाम नारायणबहादुर राई बताएका थिए । श्रेष्ठले जापानमा रहेको आफ्नो संस्था इन्टरनेसनल युनिभर्सिटी हेल्थ एन्ड वेलफेयरमा विद्यार्थी माग भएको र त्यसका लागि ५–७ लाख रुपैयाँ लाग्ने बताए । यसपछि विद्यार्थीहरूले आवश्यक कागतपत्र बुझाउन थाले । विद्यार्थीलाई रकम पठाउँदा राईको नाममा सानिमा विकास बैंक र पाण्डेको नाममा कामना विकास बैंकमा रकम जम्मा गर्न लगाइएको थियो । तर, रकम बुझाएको लामो समयसम्म पनि जापान जाने भिसा नआएपछि विद्यार्थीहरूले आफू ठगिएको ठाने ।

null

गत चैत ६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । अचम्म कुरा त श्रेष्ठले राईको नागरिकता दुरुपयोग गरेर नियोनी एजुकेसन प्रालि खोलेका थिए । उनीहरूले सोही कम्पनीबाट जापान पठाइदिने आश्वासनमा बैंक खातामा २०० भन्दा बढी व्यक्तिबाट रकम जम्मा गर्न लगाएका थिए । ठगी गर्ने उद्देश्यले श्रेष्ठले सानिमा विकास बैंकमा केवाईसी फारम भर्दा आफ्नो फोटो टाँसेका थिए । तर, बैंकले ख्याल नपुर्याएको हो वा मिलेमतो भन्नेबारे प्रहरी अनुसन्धान जारी नै छ । श्रेष्ठ र पाण्डेले जापानमा अध्ययन तथा रोजगारीका लागि पठाउने भन्दै ४ देखि ७ लाख रुपैयाँसम्म उठाएका थिए । उनीहरूले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख र अन्य १०० जनाबाट २ करोड ६८ लाख रुपैयाँ उठाएका थिए ।

null 

अरु पीडित पनि आउनसक्ने प्रहरीको दाबी

अनुसन्धान कार्यालयले घटनाबारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले श्रेष्ठ र पाण्डेले अरु सर्वसाधरणलाई पनि ठगी गरेको आशंका रहेको बताए ।

null 

‘हामी थप अनुसन्धानमै छौं, अरु पीडितहरू पनि प्रहरीको सम्पर्कमा आउन सक्छन्,’ उनले भने । भट्टराईका अनुसार ठगी गर्ने उद्देश्यले अरुको नागरिकता दुरुपयोग गरी वैदेशिक रोजगारका नाममा ठगी गरेका श्रेष्ठ र पाण्डेलाई वैदेशिक रोजगार विभाग बुझाइने तयारी छ । 

‘सुरुमा त अनुसन्धान कहाँबाट सुरु गर्ने भन्ने नै गाह्रो भयो, जब बैंकको केवाईसी फारममा फोटो फेला पर्यो, तब अनुसन्धानको लिड फेला पर्यो,’ सुझाव दिँदै उनले भने, ‘वैदेशिक रोजगारमा जान खोज्ने अन्य व्यक्तिलाई पनि मेरो सुझाव छ, सबै कुरा बुझ्दै नबुझी पैसा नबुझाउनु ठगको फेला परिएला ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x