×

NIC ASIA

एकीकृत समाजवादीका महासचिवको दाबी– हाम्रो महाधिवेशनपछि कम्युनिस्ट पार्टीहरूभित्र भुइँचालो जान्छ

बुटवल | बैशाख २१, २०८१

Prabhu Bank
NTC
Premier Steels

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टीको महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूभित्र सैद्धातिक र वैचारिक दुवै किसिमको भुइँचालो जाने दाबी गरेका छन् । 

Muktinath Bank

एकीकृत समाजवादी रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले भुइँचालोका रुपमा ऐजन्डा ल्याउने बताए । ‘जसरी एउटा ठूलो भुइँचालोपछि नयाँ शहरहरू सिर्जना हुन्छन् । त्यसैगरी नेपालको कम्युनिस्ट आन्दोलन पनि नयाँ तरिकाले अगाडि बढ्नेछ,’ उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासचिव भुसालले महाविधेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूलाई ध्रुवीकृत गराउनेसमेत बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलनले समाजवादी कार्यक्रम ल्याउन नसकेको बताउँदै विचार, सिद्धान्त र कार्यक्रमले आफूहरू ठीक ठाउँमा रहेको बताए । ‘छोड्दिनुस् जति हन्डर खाइयो, खाइयो,’ कार्यकर्तालाई आश्वस्त पार्दै भुसालले भने, ‘खानेजति धक्का खाइयो, अब कार्यक्रम, संगठन र विचारका हिसाबले मजबुद दस्तावेज ल्याउँछौं ।’ उनले एकीकृत समाजवादीले धक्का खाने ठाउँ पनि अब नरहेकाले एजेन्डाबाटै विचारको नेतृत्व गरिने बताए । उनले नेकपा (एमाले) आफूहरूले बनाएको पार्टी भएको भन्दै त्यसका अध्यक्ष केपी शर्मा ओली सुध्रिएको हो कि भन्ने लागेको बताए ।


Advertisment
Nabil box
Kumari

महासचिव भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओली दुवै थाकेर बनेको गठबन्धनमा आफूहरू पनि सहभागी बनेको बताए । ‘प्रचण्डजी कांग्रेससँग लडेर थाक्नुभयो, एमाले अध्यक्ष ओलीजी पार्टीभित्रको अन्तरविरोध र प्रश्नले थाकेपछि गठबन्धन बनेको हो,’ उनले भने, ‘यो कति लामो समय जान्छ, त्यो ओलीजीको व्यवहारमा भर पर्छ ।’

Vianet communication

पूर्वमन्त्रीसमेत रहेका भुसालले गठबन्धन ओलीकै कारण खतरामा रहेको पनि संकेत गरे । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन हिच्किचाएकोतर्फ संकेत गर्दै उनले सहमति चँुडिनेगरी नतान्न आग्रह गरे । ‘गरिएको सम्झौता उल्ल्घन गर्ने, सहमति उल्लंघन गर्ने । यो एमालेको नेतृत्वमा ओलीजी आएदेखि नै भइरहेको छ । उहाँ हुँदा अलिअलि हुने कुरा हामीलाई थाहा भएकै हो,’ उनले भने, ‘त्यो चुँडिनेगरी नतान्नुस् अन्यथा क्षति हुनेछ ।’ उनले विगतमा नेपाली कांग्रेससँगको गठबन्धनमा आफूहरूको भूमिका हस्तक्षेपकारी नभएको बताउँदै अहिले भने झगडा गर्ने अवस्थामा आइपुगेको बताए ।

त्यस्तै पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हरि पराजुलीले आफूहरू जनताको पक्षमा काम गर्नका लागि विद्रोह गरेर मैदानमा होमिएको बताए । उनले एमालेलाई शक्तिशाली बनाउन विगतमा मेहनत गरेपनि पार्टीले वाचा पूरा नगरेपछि विद्रोह गरिएको बताए । उनले जनताका समस्या समाधान गर्नका लागि नै एकीकृत समाजवादी बनाइएको दाबी गरे ।

एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आफूहरूकै कारण संविधानको रक्षा भएको बताए । उनले एमालेबाट विद्रोह गरेर आफूहरूले संविधान बचाएको दाबी पनि गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x