×

NMB BANK
NIC ASIA

चिनियाँ कूटनीतिका निर्णायक याङ् नै हुने हुन् त ?

कात्तिक २०, २०७४

NTC
Premier Steels



चीनको कम्युनिष्ट पार्टीको हालै सम्पन्न १९ औं अधिवेशनपछि बढी शक्तिशाली नेताको रूपमा अघि आएका राष्ट्रपति सी जिन्पिङ्‌ अन्तर्राष्ट्रिय विषयमा कसको सल्लाह/सुझाउलाई सर्वाधिक महत्व दिन्छन् ? अन्य देशमा झैं चीनमा पनि परराष्ट्रमन्त्री छन् वाङ् यी जसले स्वीकृत कूटनीतिलाई दैनिक कार्यान्वयनको तहमा लैजान्छन् ।

Muktinath Bank

तर नीतिगत निर्णयका लागि उनलाई मार्गदर्शन गर्ने  तालुकवाला टोली अर्कै छ जसको नेतृत्व याङ् जीचीइले गर्दैछन् । ६७ वर्षीय याङ् २५-सदस्यीय पार्टी पोलिटब्यूरोका सदस्य हुन् । स्टेट काउन्सिलर पहिले नै थिए । उनी परराष्ट्रमन्त्री वाङ्‌भन्दा वरिष्ठ पनि हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 सन् २००७-१३ को कालखण्डमा याङ् आफैं चीनका परराष्ट्रमन्त्री थिए । यस अवधिमा उनी नेपाल पनि आएका हुन् ।


Advertisment
Nabil box
Kumari

सन् १९७५ मा परराष्ट्र मन्त्रालयको दोभाषे (अनुवादक) बाट सरकारी सेवामा पसेका याङ् सन् २००१ मा, युवावस्थामै, अमेरिकामा चीनका राजदूत हुन पुगे । उनले बेलायतमा उच्च अध्ययनको मौका पाएका हुन्; अङ्ग्रेजीमा दखल हुने नै भयो । बेलायती उच्चारणमा फर्रर संवाद गर्ने ल्याकत भैसकेको छ । 

Vianet communication

हालै याङ्को  जिम्मेवारी र व्यस्तता एकाएक बढेको छ; उनी अर्को हप्ता हुने डोनाल्ड ट्रम्प चीनभ्रमणको तयारीमा संलग्न छन् किनभने ट्रम्पलाई राष्ट्रपतिको रूपमा भेट्ने पहिलो चिनियाँ कूटनीतिज्ञ नै याङ् हुन् । अनि, गएको अप्रिलमा फ्लोरिडा, अमेरिकामा सी र ट्रम्पको शीर्षस्थ वार्ताको चाँजो मिलाउनेमा पनि याङ्को भूमिका थियो ।

काउन्सिलर याङ्‌को चर्चा केही महीनाअघि चीन-भारत-भुटान मुछिएको ‘डोक्लाम घटना’को सन्दर्भमा पनि भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । चीन र भारतबीच ( पूर्वी नेपालपारिको हिमाली  इलाकामा ) लडाञी हुने खतराको विन्दुमा पुगिसकेको विवादलाई साम्य भारत र चीनबीच तीन चरणमा वार्ता भयो, र हरेक पटकको वार्तामा चिनीयाँ टोलीको नेतृत्व याङ्ले गरेका थिए । 

अनुमान छ, आउँदो फागुन (मार्च)तिर याङ्ले उप-प्रधानमन्त्रीको पद पाउने छन् र त्यस स्तरबाटै चीनका दीर्घकालीन परराष्ट्र नीतिहरू निर्माण हुँदै जानेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x