×

NMB BANK
NIC ASIA

ह्याट्रिक गर्ने दाउमा मन्त्री रामकृष्ण, रामचन्द्र र उमाशंकरसँगको भिडन्त

मंसिर ५, २०७४

NTC
Premier Steels

जनकपुरधाम, ६ मंसिर – धनुषा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता तथा कृषि मन्त्री रामकृष्ण यादव प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा लगातार दुई पटक संविधानसभा सदस्यमा निर्वाचित भएका मन्त्री यादव तेस्रो पटक ह्याट्रिक गर्ने दाउमा चुनावी रणनीतिमा जुटेका छन् ।

Muktinath Bank

उनलाई बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता पूर्व स्थानीय विकास मन्त्री रामचन्द्र झा र संघीय समाजवादी फोरम नेपालबाट उमाशंकर अरगरियाले चुनौति दिइरहेका छन् । विगतमा दुई पटक लगातार चुनाव जित्न सफल भएका यादव तेस्रो पटक पनि चुनाव जित्ने दावी गर्दै मतदाताहरुका बीच घर दैलो कार्यक्रम गर्न व्यस्त देखिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा रहेको संसदीय क्षेत्र भन्दा यस पटकको संसदीय क्षेत्र ठुलो भएको तथा प्रतिद्वन्द्वी पनि हेभीवेट रहेका कारण यादवलाई यसपटक वढी नै मेहनत गर्नु परेको छ । खासमा बर्तमानमा मन्त्री भएका कारण उनलाई मतदाताहरुले बढी नै प्रश्न गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

उनले आफू सांसद भएपछि सुगा निकासमा इलाका प्रहरी कार्यालय बनाए, बैदेहि चौकीमा प्रहरी भवन निर्माण, इलाका प्रहरी कार्यालय औरहीमा भवन निर्माण, महुलियामा १७ करोड रुपैयाँको सिंचाई परियोजना निर्माणमा पहल गरे । दुहवी गोवराही र कर्माहीमा २५ करोड रुपैयाँको सिंचाई परियोजना, महुलिया ननुपट्टीको बीचमा पुल निर्माण, जनकपुर यदुकुहा सडक निर्माण लगायत विभिन्न सडक निर्माण परियोजनाहरुमा सहयोग गरेको कारणले जनताले आफुलाई नै मत दिनेमा यादव ढुक्क छन् ।

Vianet communication

नेपाली कांग्रेसको संगठन बलियो हुनुका साथसाथै कतिपय स्थानीय तहमा समेत नेपाली कांग्रेस नै निर्वाचित भएका कारण र विगतमा अधिकार प्राप्तिको आन्दोलनमा समेत आफ्नो सक्रिय भूमिका रहेका कारण जनताले आफुलाई नै निर्वाचित गर्ने यादवले बताए ।

यादवको राजनीति यात्रा

यादव कक्षा आठमै पढिरहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भए । विशुद्ध अराजनीतिक परिवार, एउटा किसानको परिवारमा जन्मिएका रामकृष्णको उद्देश्य भने राजनीतिमा जाने थिएन । तर, विद्यार्थी भएर पढ्दै जाँदा उनी राजनीति तर्फ आकर्षित भएका थिए । धनुषाको वभनगा स्थित कन्टिर झा माविमा अध्यनरत रहेको बेला नेविसंघमा आवद्ध भएका बेला देखि नै राजनीतिमा उनले रुचि लिएका थिए ।

उक्त विद्यालयमा नेविसंघका नेताहरुले विभिन्न कार्यक्रमहरु आयोजन गर्दा नेविसंघको विचारबाट  उनी प्रभावित बने ।

देशमा प्रजातन्त्र स्थापनाको लागि नेविसंघको गठन भएको भन्ने कुरा बुझेपछि रामकृष्ण नेविसंघमा लागे । कक्षा १० मा पुग्दा नेविसंघको उक्त विद्यालयको इकाई समिति सभापति बने ।

पञ्चायती व्यवस्थामा त्यतिबेला उनलाई लाग्यो कि देशमा बोल्ने स्वतन्त्रता छैन, संगठन गर्ने स्वतन्त्रता छैन, सत्य कुरा बोल्ने व्यक्तिहरुलाई थुनामा लगिन्थ्यो ।

२०३५ सालमा एसएलसी दिँदा उनको विद्यालयबाट ३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । जसमध्ये रामकृष्ण पनि एक थिए । २०३६ सालमा जनकपुरको राराब क्याम्पसमा आइएमा भर्ना लिए ।

क्याम्पसमा पुगेपछि नेविसंघको सक्रिय राजनीतिमा उनी लागे । २०३९ सालमा त्यही क्याम्पसमा नेविसंघको टिकटबाट स्वतन्त्र विद्यार्थी यूनियनको उपसभापति समेत बन्न सफल भए । त्यसपछि २०४० सालमा नेविसंघको जिल्ला सभापति समेत बने । २०४७ सालसम्म उनीे नेविसंघ सभापति भएर काम गरेका थिए ।


२०४६ सालमा पञ्चायति व्यवस्था विरुद्ध भएको आन्दोलनमा विद्यार्थी सभापतिको हैसियतले उनले भारतको पटना, दरभंगा, सितामढी, जयनगर, मधुवनीमा गएर नेपाली विद्यार्थीहरुका बीच संगठन बनाउने काम गरे ।
त्यतिबेला बहुसंख्यक नेपाली विद्यार्थीहरु भारतमै गएर पढ्ने गर्थे । २०३६ सालमा भएको जनमत संग्रहमा पनि बहुदलिय व्यवस्थाको पक्षमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।


२०४२ सालमा सत्याग्रह हुँदा नेविसंघका सभापतिको हैसियतले राराब क्याम्पसमा आन्दोलनको पक्षमा माहौल बनाउन उनले काम गरे । क्याम्पसमा हडताल गरेपछि ८ महिना जति उनलाई सिन्धुली कारावासमा राखिएको थियो । 

उनी पक्राउ परेको १ महिनासम्म त घरपरिवारमा कसैलाई जानकारी नै हुन सकेको थिएन । संचार साधनको सुविधा समेत नभएकाले परिवारले केही अत्तोपत्तो पाउन सकेका थिएनन् । सिन्धुलीसम्म जाने बाटो पनि बनिसकेको थिएन । जंगल हुँदै कच्चीबाटोबाट सिन्धुली लगिन्थ्यो । यसका अतिरिक्त विभिन्न कार्यक्रमहरु आयोजन हुँदा उनी पक्राउ पर्थे । 

कि त जिल्ला प्रहरी कार्यालयको थुनामा राखिन्थ्यो कि कारावास पठाइन्थ्यो । यस्तो कुनै महिना हुँदैन्थ्यो कि उनी पक्राउ पर्दैन्थे । २०४६ सालमा भारतको दरभंगामा विद्यार्थी संगठन गरेर फर्केको बेला उनलाई पक्राउ गरी जलेश्वर जेलमा राखिएको थियो । बहुदल आएपछि उनलाई रिहा गरिएको थियो । बहुदल आएपछि नेपाली कांग्रेसको मुलधारको राजनीतिमा उनी आए ।

२०४८ सालमा जिल्ला अधिवेशनबाट धनुषाको क्षेत्र नं. २ को क्षेत्रिय सभापतिमा उनी निर्वाचित भए । त्यतिबेला उनी काठमाण्डौमा स्नातकोत्तरको अध्ययन गरिरहेका थिए । तर, राजनीतिमा व्यस्त भएपछि उनको पढाई कमजोर भयो । दोस्रो जिल्ला अधिवेशनबाट उनी कांग्रेस धनुषाको सचिव र तेस्रो जिल्ला अधिवेशनबाट कांग्रेस धनुषाको सभापति बने ।

चौथो अधिवेशनमा पुनः उनी दोस्रो पटक सभापति बन्न सफल भए । जिल्ला सुकुम्वासी आयोगको अध्यक्षमा समेत उनी मनोनित भएका थिए ।

२०६४ सालको संविधानसभाको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं. २ बाट सभाषद निर्वाचित भएका थिए । त्यसपछि उनलाई व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापति बनाइएको थियो ।
२०७० सालमा समेत दोस्रो पटक लगातार सोही क्षेत्रबाट सभाषदमा निर्वाचित भएका थिए । अहिले आएर शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी कृषि मन्त्री बन्न सफल भएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x