जसले कांग्रेसको घोषणापत्र लेख्ने पूर्वअर्थमन्त्रीलाई हराए, को हुन् मोदी ?

काठमाडौं २३ मंसिर– माओवादी केन्द्रका ‘लो प्रोफाइल’का नेता अमनलाल मोदीले पटक पटक चुनाव जितेका नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पराजीत गरेका छन् । 

माओवादी केन्द्रका निवर्तमान सांसद मोदीले पटक पटक मन्त्री बनेका कांग्रेसका प्रभावशाली नेता आचार्यलाई पराजित गरे ।

कांग्रेसको चुनावी घोषणा पत्रको मस्यौदाकार समेत रहेका आचार्यलाई मोदीले झण्डै ७ हजार मतअन्तरले पराजीत गरेका हुन् ।

मोदीले ३३ हजार ५ सय २९ मत पाउँदा कांग्रेसका आचार्यले २६ हजार ८ सय मत पाए । स्पष्ट वक्ता मोदीले यसअघि संसदको सुशासन समितिमा रहेर काम गरेका थिए । 

मोरङ्गमा चुनाव जीतेपछिको प्रतिक्रियामा मोदीले आफ्नो क्षेत्रको विकासका लागि काम गर्ने बताए ।
 

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस