×

NMB BANK
NIC ASIA

यस्तो छ मस्तिष्कबारे भ्रम र यथार्थ

मंसिर २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

मस्तिष्क मानव शरीरको सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंग हो । शरीरका सबै अंगलाई मस्तिष्कले नै परिचालन गर्छ । त्यसैले पनि हुन सक्छ, मस्तिष्कबारे अनगिन्ती मिथक छन् । मानिसले मस्तिष्कबारे थुप्रै भ्रम पालेर पनि बसेका छन् । मस्तिष्कबारे मानिसमा स्थापित केही भ्रम र त्यसको यथार्थबारे एक सामग्री हामीले नयाँ पत्रिकाबाट लिएका छौं :

Muktinath Bank

भ्रम 
हामीले करिब १० प्रतिशत मस्तिष्कको मात्र प्रयोग गर्छौैं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यथार्थ
मस्तिष्कबारे यस्ता धरणा विश्वभर नै चर्चित छ । अमेरिकास्थित हावर्ड विश्वविद्यालयको साइक्लोजिस्ट विलियम जेम्स र बोरिसको ‘रिसर्च इनर्जी थ्योरी’पछि यस्तो धारणा चर्चामा आएको हो । सन् १८८० मा उनले बच्चाको मस्तिष्कमा आधारित रहेर यस्तो परीक्षण गरेका थिए । उक्त परीक्षणपछि जेम्सले भनेका थिए कि मानिसले आफ्नो दिमागी शक्ति कम हिस्सा मात्र प्रयोग गर्ने गर्दछ । उनको यो दाबी विश्वासलाग्दो नै थियो । उनले यो पनि भनेका थिए, हामीले चाहेपछि धेरै कुरा प्राप्त गर्न सक्छौँ । नत्र भाषा, म्युजिकल इन्स्ट्रुमेन्ट र स्पोर्ट सिकेर पनि दिमागको प्रयोग गर्न सकिन्छ । त्यसैले, मानिसले बनाएको यस्तो धारणामा सत्यता छैन ।


Advertisment
Nabil box
Kumari

भ्रम 
मस्तिष्क स्थायी रूपमा ड्यामेज हुन्छ

Vianet communication
Laxmi Bank

यथार्थ
मस्तिष्क ड्यामेज भएमा त्यसको रिपेयर गर्न सकिन्छ र नयाँ सेल्स पनि बनाउन सकिन्छ । मस्तिष्कलाई नै बदल्न सकिँदैन भनेर चाहिँ वैज्ञानिकहरू नै स्विकार्छन् । तर, मस्तिष्क पूर्ण रूपमा ड्यामेज नहुने र यसले लामो समयसम्म सिकिरहने उनीहरू बताउँछन् ।

भ्रम 
क्रसवर्डस् र पजल्सले दिमागलाई तीक्ष्ण बनाउँछ ।

यथार्थ
न्युयोर्कस्थित अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसियनमा भएको एक अनुसन्धानले क्रसबोर्ड चलाएपछि ७५ देखि ८५ उमेर समूहका व्यक्तिमा समस्या हल गर्ने क्षमता विकास गर्छ भन्ने देखाएपछि यस्तो धारणाको विकास भएको थियो । तर, न्युरोसाइन्टिस्टहरूले भने यस्तो क्रियाकलापले मान्छेलाई दिक्दार र चिन्तित हुनबाट रोक्नेबाहेक केही फाइदा नगर्ने बताएका छन् । त्यसैले यस्तो क्रियाकलापले पजल्स एक्सपर्टबाहेक अरू केही बन्न नसक्ने पुष्टि भइसकेको छ ।

भ्रम 
दिमागका कारण टाउको दुख्छ

यथार्थ
दिमागका ब्लड सेल्समा तनाव भएमा टाउको दुख्छ भनेर धेरैले बताउने गर्दछन् । तर, दिमागमा ‘पेन रिसेप्टर’ अर्थात् …. हुँदैन । मस्तिष्कको चारैतिर हड्डी र स्काल्फले कभरिङ गरेको हुन्छ । र, त्यसैमा हुन्छ पेन रिसेप्टर । त्यसैले टाउको दुख्नु टाउकोका मसल्समा हुने असरको काराणले हो, न कि मस्तिष्कको । सेरोटोनिक असन्तुलनका कारण पनि टाउको दुख्ने हुन्छ । सेरोटोनिकले मुडलाई सही बनाउने र निद्रा लाग्ने गर्छ ।

भ्रम 
कोमामा जानु भनेको निदाउनुजस्तै हो

यथार्थ
कोमामा जानु भनेको निदाउनुजस्तै हो र शरीर ठीक भइसकेपछि त्यसले मानिसको शरीरलाई कुनै पनि असर गर्दैन भन्ने धारणाले पनि धेरैमा राज गरेको छ । तर, यसको यथार्थ भने फरक छ । कोमाबाट बाहिर निस्कने मानिसमा अक्षमता बढ्दै जान्छ र उनीहरूलाई पुनस्र्थापना केन्द्रको समेत आवश्यकता पर्न सक्छ ।

भ्रम 
कसैको दाहिने दिमाग बढी चल्छ र कसैको देब्रे । यसकै आधारमा मानिसको व्यक्तित्व पनि फरक–फरक हुन्छ ।

यथार्थ
तर, सत्य के भने मस्तिष्कको दुवै पाटो एक–अर्कामा आश्रित हुन्छन् । दाहिने पाटोको मस्तिष्क बढी चल्ने मानिस क्रिएटिभ हुन्छ र देब्रे चल्ने बढी तार्किक भन्नेजस्ता धारणा निकै सुनिन्छ । तर, मस्तिष्क स्क्यानिङ टेक्नोलोजीले यसको सत्यता प्रमाणित भएको छ । मस्तिष्कका दुवै पाटोले कम्प्लेक्स ढंगले काम गरिरहेका हुन्छन् ।

भ्रम 
मस्तिष्ककै कारण पुरुष ट्यालेन्ट

यथार्थ

भनिन्छ कि पुरुष गणितमा ट्यालेन्ट हुनु र महिला इमोसनल हुनुको कारण मस्तिष्क हो । तर, अनुसन्धानअनुसार पुरुष र महिलाको दिमागमा तात्विक फरक हुँदैन । बरु महिलामा स्मरणशक्ति बढ्ता हुन्छ र पुरुष बढी इमोसनल ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x