×

NMB BANK
NIC ASIA

यी ‘हेभिवेट’ नेता पराजित भए

मंसिर २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ,२४  मङ्सिर  - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय राजनीतिका प्रभावशाली कतिपय उम्मेदवारहरू पराजित हुनुभएको छ ।  प्रतिस्पर्धात्मक चुनावमा ‘हेभिवेट’ उम्मेदवार पराजित हुनुभएको हो ।  केही शीर्ष नेताहरू जारी मतगणनामा पछि पर्नुभएको छ भने केही निकै टक्करका बीच प्रतिस्पर्धामा हुनुहुन्छ, गोरखापत्रमा खबर छ  ।  
पारिवारिक विरासतमा मोरङबाट राजनीति गर्दै आउनुभएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला मोरङ–६ बाट पराजित हुनुभएको छ ।  कोइराला वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग पराजित हुनुभयो ।  कोइरालाले ३३ हजार २६६ मत पाउँदा पण्डितले ३३ हजार ९४१ मत पाउनुभयो ।  कोइराला ६७५ को झिनो मतान्तरले पराजित हुनुभएको हो ।  कोइराला राष्ट्रिय राजनीति र काँग्रेसको आन्तरिक राजनीतिमा प्रभावशाली व्यक्तित्व हुनुहुन्छ ।  
पण्डित सामान्य प्रशासन मन्त्री भएपछि गर्नुभएका केही कामका लागि चर्चामा हुनुहुन्थ्यो ।  सर्लाहीमा जन्मिएर मोरङको भूभागमा राजनीतिक यात्रा अगाडि बढाउनुभएका पण्डित २०४८ र २०५६ मा पनि मोरङ–३ बाट विजयी हुनुभएको थियो ।  
यस्तै मोरङ–४ मा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता महेश आचार्य वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदीसँग पराजित हुनुभएको छ ।  विद्यार्थी राजनीतिबाट माओवादीमा प्रवेश गर्नुभएका मोदी पूर्वलडाकुसमेत हुनुहुन्छ ।  प्रतिस्पर्धामा आचार्यले २६ हजार आठ सय मत पाउनुभयो भने मोदीले ३३ हजार ५२९ मत पाउनुभयो । 
निकै रोचक प्रतिस्पर्धाको आकलन गरिएको गोरखा–२ मा नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराई विजयी हुनुभयो ।  वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई झन्डै सात हजार १७४ मतान्तरले पराजित गर्दै लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहनुभएका भट्टराईले जित हासिल गर्नुभयो ।  श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गर्नुभयो ।  
ओखलढुङ्गामा युवानेता रामहरि खतिवडा एमालेका यज्ञराज सुनुवारसँग पराजित हुनुभएको छ ।  निवर्तमान सांसद रहनुभएका दुवैजना संसद्मा आफ्नो सशक्त भूमिकाका कारण केन्द्रीय संसद्मा पनि चर्चित हुनुहुन्थ्यो ।  खतिवडा सुनुवारसँग पाँच हजार २५३ मतान्तरले पराजित हुनुभयो ।  खतिवडाले २७ हजार ३२७ मत पाउनुभयो ।   

Muktinath Bank

निकै रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको बहालवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटाबीच चुनावी प्रतिस्पर्धा सोचेजस्तो रोचक देखिएन ।  वाम गठबन्धनका उम्मेदवार सापकोटाले बस्नेतलाई झन्डै ११ हजार मतान्तरले पराजित गर्नुभयो ।  बस्नेतले २९ हजार ७९८ मत पाउँदा सापकोटाले ४० हजार ५०४ मत पाउनुभयो ।  
यस्तै सिन्धुपाल्चोक–२ को प्रतिस्पर्धा पनि आकलन गरिएजस्तो प्रतिस्पर्धी भएन ।  प्रारम्भिक मतगणनामा निकै प्रतिस्पर्धा देखिए पनि अन्तिम समयसम्म फिक्का प्रतिस्पर्धा देखियो ।  आठ हजार मतान्तरले वाम गठबन्धनका शेरबहादुर तामाङ विजयी हुनुभयो ।  तामाङले ३८ हजार ४०१ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का पशुपतिशमशेर राणाले ३० हजार ३६९ मत पाउनुभयो ।  तामाङले राणालाई लगातार दोस्रोपटक पराजित गर्नुभयो ।  राणाले हारमा ह्याट्रिक पूरा गर्नुभयो । 
यस्तै सोलुखुम्बुमा काँग्रेस नेता बलबहादुर केसी पनि पराजित हुनुभयो ।  केसी वाम गठबन्धनका हेमकुमार राईसँग पराजित हुनुभयो ।  केसीले १७ हजार २९४ मत प्राप्त गर्नुभयो ।  वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राईले २० हजार ७४७ मत पाउनुभयो ।  
बहालवाला मन्त्री पराजित
बहालवाला सूचना तथा सञ्चारमन्त्री बस्नेत सिन्धुपाल्चोकमा पराजित हुनुभयो ।  यस्तै बहालवाला अर्थ राज्यमन्त्री उदयशमशेर राणा पनि ललितपुर–१ बाट पराजित हुनुभयो ।  एमाले उम्मेदवार पूर्वडीआईजी नवराज सिलवालसँग राणा पराजित हुनुभएको हो ।  यस्तै बहालवाला वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द पनि बैतडीमा वाम गठबन्धनका उम्मेदवार दामोदर भण्डारीसँग पराजित हुनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x