×

NMB BANK
NIC ASIA

यस्तो छ राजधानीबाट निर्वाचित नेताहरूको नालीबेली

मंसिर २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंँ, २४ मङ्सिर - अत्यधिक चासोको रूपमा हेरिएको राजधानी काठमाडौँ जिल्लाअन्तर्गत प्रतिनिधिसभाका अधिकांश क्षेत्रको मतपरिणाम आइसकेको छ ।  काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये यो समाचार तयार पार्दासम्म नौवटा क्षेत्रको मतपरिणाम प्राप्त भएको छ ।  
प्राप्त मतपरिणाममध्ये नेपाली काँग्रेसले चार स्थानमा विजय हासिल गरेको छ भने पाँच स्थानमा वाम गठबन्धका तर्फबाट नेकपा (एमाले)का उम्मेदारहरूले विजय हासिल गरेका छन् ।  निर्वाचन क्षेत्र ५ को मतपरिणाम भने आउन बाँकी छ ।   निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले)का महासचिव  ईश्वर पोखरेल र नेपाली काँग्रेसका डा. प्रकाशशरण महत प्रतिस्पर्धामा हुनुहुन्छ ।  प्रस्तुत छ, काठमाडौंँबाट प्रतिनिधिसभामा विजयी प्रतिनिधिसभा सदस्यका छोटो विवरण :
प्रकाशमान सिंह, काठमाडौँ–१ 
काठमाडौँ–१ बाट सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।  उहाँ नेपाली काँग्रेसका तर्फबाट विजयी हुनुभएको हो ।  उहाँले १० हजार ९३६ मत प्राप्त गर्नुभयो ।   उहाँ यसअघि संविधानसभाका दुवै निर्वाचनमा यही क्षेत्रबाट विजयी हुनुभएको थियो । 
सिंह नेपाली काँग्रेसका प्रभावशाली लौहपुरुष गणेशमान सिंह र मङ्गलादेवी सिंहका सुपुत्र हुुनुहुुन्छ ।  वि.सं. २०१२ चैत २१ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका सिंहले तथ्याङ्कशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएको छ ।   
नेपाली काँग्रेसमा प्रभावशाली मानिने नेता सिंहले सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधान एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।  त्यसअघि नेपाली काँग्रेसका उपसभापति र महामन्त्री हुनुका साथै विभिन्न सरकारमा पनि महŒवपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।  
माधवकुमार नेपाल, काठमाडौँ–२ 
नेकपा (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री नेपाल काठमाडौँ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।  उहाँले २७ हजार ३६६ मत प्राप्त गर्नुभयो ।  उहाँ नेकपा (एमाले)का पूर्वमहासचिवसमेत हुनुहुन्छ । 
मङ्गलकुमार उपाध्याय र दुर्गादेवी उपाध्यायका सुपुत्र उहाँ २००९ फागुन  २३ गते रौतहटको गौरमा जन्मनुभएको  हो ।  पहिलो संविधानसभाको निर्वाचन (२०६४)मा काठमाडौंँ–२ र रौतहट–१ बाट पराजय बेहोर्नु परे पनि मन्त्रिपरिषद्को सिफारिसमा संविधानसभा सदस्य भई नेता नेपाल २०६६ मा मुलुकको प्रधानमन्त्री बन्नुभयो ।  करिब १३ महिना प्रधानमन्त्री पद सम्हालेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।  नेता नेपाल २०७० को संविधानसभा निर्वाचनमा काठमाडौँ–२ र रौतहट–६ बाट विजयी बन्नुभएको थियो ।  
कृष्णबहादुर राई, काठमाडौँ–३ 
काठमाडौँ–३ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का राई विजयी हुनुभएको छ । उहाँले १९ हजार १६९ प्राप्त गर्नुभयो ।  वि.सं. २०२६ मा काठमाडौँको अत्तरखेलमा जन्मनुभएका राई २०४२ सालमा अनेरास्ववियु पाँचौँबाट राजनीतिमा प्रवेश गर्नुभएको हो ।  उहाँ हाल नेकपा (एमाले)को काठमाडौँ जिल्ला कमिटीका अध्यक्षसमेत हुनुहुन्छ ।  
 गगनकुमार थापा, काठमाडौँ–४ 
नेपाली काँग्रेसका प्रभावशाली युवानेता थापा काठमाडौंँ–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।  उहाँले २१ हजार ५५८ मत प्राप्त गर्नुभएको हो ।  दोस्रो संविधानसभाको निर्वाचनमा उहाँ यही क्षेत्रबाट २२ हजार ३३६ मत प्राप्त गरेर विजयी हुनुभएको थियो ।  
पहिलो संविधानसभाको निर्वाचन २०६४ मा उहाँ समानुपातिक तर्फको सांसद बन्नुभएको थियो ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारमा उहाँले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।  स्वास्थ्यमन्त्री हुँदा उहँले स्वास्थ बीमा लगायतका क्षेत्रमा गर्नुभएको सुधार चर्चित छ । 
पिता महेन्द्रकुमार थापा र माता रामेश्वरी थापाका सुपुत्र ४१ वर्षीय नेता थापाले नेविसङ्घबाट राजनीतिक यात्रा थाल्नुभएको हो ।   
भीमसेनदास प्रधान, काठमाडौँ–६ 
प्रधान काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।  हाल उहाँ रक्षामन्त्री हुनुहुन्छ ।  दोस्रो संविधानसभाको निर्वाचनमा पनि उहाँले यही क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो ।  
वर्तमान सरकारमा उहाँले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ ।  उहाँ सन् १९६४ मा काठमाडौँमा जन्मनुभएको थियो ।  
रामवीर मानन्धर, काठमाडौँ–७
काठमाडौंँ–७ मा १८ हजार १०२ मत प्राप्त गरी नेकपा (एमाले)का मानन्धर विजयी हुनुभएको छ ।  दोस्रो संविधानसभाको निर्वाचनमा पनि उहाँले यही क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो ।  अष्टनारायण मानन्धर र आमा चिनीमायाका सुप्ुत्र उहाँ २०१९ मा काठमाडौँको बालाजुमा जन्मनुभएको हो । 
जीवनराम श्रेष्ठ, काठमाडौँ–८ 
श्रेष्ठ काठमाडौंँ–८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।  खेलकुद क्षेत्रमा सक्रिय उहाँ नेकपा (एमाले)को तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।  उहाँले १३ हजार ३९७ मत प्राप्त गर्नुभयो ।  
वि.सं. २०२२ पुस १५ गते काठमाडौँमा जन्मनुभएका श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको अध्यक्ष र नेपाल स्की एसोसिएसनको अध्यक्षसमेत हुनुहुन्छ ।  उहाँले काठमाडौंँ महानगरपालिकाका विभिन्न पदमा जिम्मेवारी वहन गर्दै आउनुभएको थियो ।  उहाँ व्यस्थापन सङ्कायमा स्नातक हुनुहुन्छ । 
कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ–९ 
काठमाडौंँ–९ बाट प्रतिनिधिसभा सदस्यमा श्रेष्ठ विजयी हुनुभएको छ ।  उहाँले कुल २२ हजार ८५२ मत प्राप्त गर्नुभयो ।   
वि.सं. २०१५ मा जन्मनुभएका श्रेष्ठ २०३५ सालदेखि नै राजनीतिमा हुनुहुन्छ ।  उहाँले २०४८ र २०५६ सालको निर्वाचनमा काठमाडौँ–५ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्नुभएको थियो ।  तर, दुवै संविधानसभा निर्वाचनमा उहाँ पराजित हुनुभएको   थियो ।  अर्थशास्त्रमा स्नातकोत्तर श्रेष्ठ हाल एमालेको सचिव हुनुहुन्छ ।  
राजेन्द्रकुमार केसी, काठमाडौँ–१० 
काठमाडौँ–१० बाट प्रतिनिधिसभा सदस्यमा केसी विजयी हुनुभएको छ ।  हाल युवा तथा खेलकुद मन्त्री केसीको यो दोस्रो विजय हो ।  दोस्रो संविधानसभाको निर्वाचन २०७० मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यही क्षेत्रमा पराजित गरेर उहाँले चर्चा बटुल्नुभएको थियो ।  ५८ वर्षीय केसी काठमाडौँ चोभारका बासिन्दा  हुनुहुन्छ ।  उहाँले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । -गोरखापत्रबाट 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x