×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभाहल पुस मसान्तअघि तयार नहुने

मंसिर २६, २०७४

NTC
Premier Steels

काठमाण्डौ, २६ मङ्सिर- प्रतिनिधिसभाको भवन पुसको अन्तिमसम्म तयार पार्ने गरी संसद् सचिवालयले काम अघि बढाएको छ । यसअघि एक सदनात्मक ६ सय १ सदस्यीय संविधानसभाको भवनलाई नै दुई सदनात्मक बनाउन सचिवालयले सरकारसँग ३ करोड ५० लाख मागेको छ ।

Muktinath Bank

सरकारले यसअघिको व्यवस्थापिका संसद्लाई संघीय संसद्मा पुनर्संरचना गर्न आवश्यक बजेट दिइनसकेको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।
संसद् सचिवालयले पुस मसान्तसम्म प्रतिनिधिसभा हल तयार हुने र राष्ट्रिय सभाहल भने पूरै नयाँ परिकल्पना भएको जनाएको छ । प्रवक्ता गौतमका अनुसार राष्ट्रिय सभा हल तयार हुन माघको पहिलो हप्तासम्म लाग्नेछ । सरकारले बजेट समेत दिइनसकेकाले संसद् सभाहल बनाउने काम तीव्ररुपमा अघि बढ्न सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानको धारा १८३ अनुसार प्रदेश सभा निर्वाचनको मतपरिणाम आएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गरिसक्नुपर्छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको मेयर उपमेयर तथा प्रदेश सांसदहरू राष्ट्रिय सभा निर्वाचनको मतदाता भएकाले प्रदेश सभा गठनपछि राष्ट्रिय सभा निर्वाचन हुनेछ । संसद् सचिवालयका प्रवक्ता गौतमले भने, ‘माघअघि राष्ट्रिय सभाहल बन्न सक्दैन । राष्ट्रिय सभा निर्वाचन हुन बाँकी रहेकाले प्रतिनिधिसभा हल पुनर्संरचना गर्न पहिलो प्राथमिकता दिएका छौँ ।’


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभा गठन नभई संघीय संसद्ले पूर्णता नपाउने तथा प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेकाले संघीय संसद्को पहिलो अधिवेशन बस्न माघअघि असम्भव देखिएको हो । सरकार निर्वाचन केन्द्रित भएपछि प्रदेश सभा कहाँ बस्ने भन्ने निर्णय हुन सकेको छैन । यद्यपि, सहरी विकास मन्त्रालयले प्रत्येक प्रदेशमा प्रदेश सभाको सम्भावित हलबारे अध्ययन गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारले प्रदेश प्रमुख र प्रदेश राजधानी तोकेपछि मात्रै प्रदेश सभाहलबारे टुंगो लाग्नेछ, नयाँ पत्रिकामा खबर छ  ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x