×

NMB BANK
NIC ASIA

अमेरिकाबाट भागेर उत्तर कोरिया पुगेका सैनिकको जापानमा मृत्यु

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ मंसिर — उत्तर कोरियातर्फ भागेका अनि त्यहाँ लगभग ४० वर्ष कैदीका रूपमा रहेका अमेरिकाका पूर्वसर्जेन्टको मृत्यु भएको छ । 

चार्ल्स जेन्किन्स नामक ती सैनिक जापानमा बस्ने गर्थे जहाँ उनी सन् २००४ मा थुनामुक्त भएपछि परिवारका साथ बस्थे । 

सन् १९६० को दशकमा भगौडा भएका चार अमेरिकी सैनिकमध्ये उनी एक थिए । उनीहरू उत्तर कोरियामा फिल्म स्टार भए तर थुनामुक्त हुने चाहिँ जेन्किन्स मात्र थिए । 

अरूहरू उत्तर कोरियामै मरिसकेको बताइन्छ । 

जेन्किन्सको मृत्यु सोमवार सादो टापुमा भएको थियो जहाँ उनी श्रीमती हितोमी सोगासँग बस्थे । सोगा पनि उत्तर कोरियामा बन्दी थिइन् । 

जापानी सञ्चारमाध्यमहरूका अनुसार, उनी घरबाहिर लडेका थिए र पछि अस्पतालमा उनको मृत्यु भयो । उनलाई मुटुको समस्या थियो । 

जेन्किन्सले उत्तर कोरियामा असाधारण तर मुश्किल जीवन बिताएका थिए जसलाई उनले संस्मरण र धेरै अन्तर्वार्ताहरूमा उल्लेख गरे । 

सन् १९६५ मा उनी अमेरिकी सैनिकका रूपमा दक्षिण कोरियामा खटिएका थिए । उनी कोरियाको सीमाक्षेत्रमा रहेको डिमिलिटराइज्ड जोनमा खटिँदा उनले आफ्नो इकाइलाई छोडेर उत्तर कोरिया भाग्ने निधो गरे । उनलाई गस्तीको क्रममा मरिने वा भियतनाममा पठाइने डर थियो । 

उनले उत्तर कोरियामा पुगेपछि रुसी दूतावासमा शरण लिन सकिने र कैदी साटासाटका क्रममा अमेरिका फर्किन सकिने आशा गरेका थिए । 

जेन्किन्स अनुसार, उनले जनवरीको एक रात टन्नै बीयर पिए, डिमिलिटराइज्ड जोन पार गरे अनि उत्तर कोरियाली सैनिकसमक्ष आत्मसमर्पण गरे । त्यतिखेर उनी जम्मा २४ वर्षका थिए । 

तर रुसले उनी र अन्य अमेरिकीलाई शरण दिएन । उनीहरूलाई उत्तर कोरियाले बन्दी बनायो । 

उनीहरूलाई त्यतिखेरका नेता किम इल–सुङका विचारधारा पढ्न लगाइयो । उनले अनुवादको काम गरे र अंग्रेजी पढाए । उत्तर कोरियाको प्रोपागान्डा फिल्महरूमा उनीहरूलाई पश्चिमा खलनायकको भूमिका दिइयो । 

जेन्किन्सका अनुसार, उनलाई बन्दी बनाउनेहरूले उनलाई प्रायः कुटपिट गर्थे र उनीमाथि अनावश्यक र क्रूर चिकित्सा गर्थे । उनको शरीरमा रहेको अमेरिकी सेनाको ट्याटूलाई उनीहरूले लठ्याउने औषधि प्रयोग नगरिकनै काटेर फालेका थिए । त्यतिखेर नारकीय अनुभव भएको जेन्किन्स बताउँछन् । 

थुनामुक्त भएपछि पनि जेन्किन्सलाई बन्दी बनाउनेहरूसँग डर लागिरहन्थ्यो र उनी आफू र आफ्नो परिवारको हत्या होला भनी चिन्ता लिइरहन्थे । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x