×

NMB BANK
NIC ASIA

सेतो दाँत स्वस्थताको संकेत हो त ?

मंसिर २६, २०७४

NTC
Premier Steels

काठमाडौं, २६ मंसिर — हामीमध्ये धेरै चम्चमाउँदो दाँतका साथ मुस्काउन चाहन्छौं । हलिउडका अभिनेताको जस्तो दाँत भएमा बल्ल हामी सन्तुष्ट हुन्थ्यौं । अध्ययनहरूले देखाएअनुसार, १८ देखि ५२ प्रतिशत मानिस आफ्नो दाँतको रंगसँग सन्तुष्ट छैनन् । 

अमेरिकाजस्ता देशमा मानिसहरू दन्तचिकित्सककहाँ जाँदा दाँत सेतो बनाउने अनुरोध नै सबभन्दा धेरै गर्छन् । 

हामीहरू सेतो दाँतलाई आकर्षणको मात्र नभई स्वास्थ्यको पनि कारण ठान्छौं । हाम्रो दाँतको रंग उनीहरूको आन्तरिक रंगमा आधारित हुन्छ र त्यसलाई हाम्रो जिन र उमेरले प्रभावित पार्छ । अनि चुरोट पिएपछि, खाना खाएपछि र कुनै औषधि लिएपछि दाँतमा दाग लाग्न सक्छ । 

बूढो हुँदै गएपछि दाँत पहेंलिँदै जान्छ किनकि इनामेल खुइलिएर भित्रको डेन्टाइन देखिन थाल्छ । 

पहेंलिँदै गएको दाँतमा दाग थपिन थाल्छन् अनि गोलभेंडाको सस र कफी खाँदा क्रोमोजेन नामक रंगीन वस्तु दाँतमा बस्छन् । ब्याक्टेरिया र फन्जाईले हरियो र खैरोखैरो दाग लगाउँछन् । 

कालो चिया पिउँदा दाँतमा दाग लाग्दैन तर चिया पिउनुअघि सेतो वाइन पिउँदा भने दाग लाग्छ । 

यी खानेकुरा र तरल पदार्थले दाँतको रंग बिगार्न सक्छन् तर तिनीहरूले दाँत अस्वस्थ छन् भन्ने निष्कर्ष निस्कँदैन । तपाईंको चम्चमाउँदो सेतो दाँत भएपनि गिजामा संक्रमण हुन सक्छ । अनि तपाईंको दाँत सेतो नभएपनि स्वस्थ हुनसक्छ । 

एकखाले दागले त झन् दाँतलाई कुहिनबाट जोगाउँछ । कहिलेकाहीँ तपाईंको दाँतमा गिजाको छेउमा कालो घेरा देखिन्छ । यसो हेर्दा तिनीहरू काला विन्दुजस्ता देखिन्छन् । त्यसलाई कालो दाग भनिन्छ । 

कालो दागको कारणका विषयमा एक शताब्दीभन्दा बढी समयदेखि बहस भइरहेको भएपनि आधुनिक अनुसन्धानले यो क्याल्सियम, फोस्फेट, अनेकौं ब्याक्टेरिया र एक किसिमको फलाम वा तामाको मिश्रण भएको विशेष डेन्टल प्लाक भएको बताउँछ जसले कालो रंग जन्माउँछ ।

केही अध्ययनहरूले बालबालिकाको दाँतमा कालो दाग देखिएमा दाँत कुहिने सम्भावना कम हुने देखाएका छन् । दागमा रहेका माइक्रोबहरूले दाँतको सुरक्षा गर्छन् । 

दाँतको रंग बिग्रँदा दाँत कुहिएको वा अन्य कुनै रोग लागेको लक्षण पनि हुन चाहिँ सक्छ । त्यसैले दन्तचिकित्सककोमा जानुपर्छ । तर सेतो दाँत स्वस्थ नै हुन्छन् भन्ने छैन र रंग नभएको दाँत खराबै हुन्छ भन्ने छैन । 

स्वास्थ्य जेसुकै भएपनि तपाईं अझै पनि सेतो दाँत नै चाहनुहुन्छ त ? दाँत सेतो बनाउनका लागि मञ्जन र जेलहरू बजारमा पाइन्छन् । त्यस्ता कुरामा भएका वस्तुले दागलाई हटाउँछन् र तिनमा भएको नीलोनीलो रंगले दाँत पहेंलिन दिँदैनन् जसकारण दाँत झनै सेतो देखिन्छन् । 

तर मञ्जनलगायतका कुरा प्रयोग गर्नुभन्दा पनि तपाईंले दाग लगाउने खानेकुरा र पेय पदार्थ छोड्नु नै उपयुक्त हुन्छ । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x