×

NMB BANK
NIC ASIA

६ प्रदेशमा वामपन्थीको सरकार निश्चित, यस्ता छन् मुख्यमन्त्रीका दावेदार

मंसिर २६, २०७४

NTC
Premier Steels

काठमाडौं २६ मंसिर– प्रदेश सभाका लागि सम्पन्न निर्वाचनको नतिजाले सात मध्ये ६ प्रदेशमा वामपन्थीको सरकार बन्ने पक्का भएको छ । प्रदेश नम्बर २ मा भने मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले अन्य दलसंग मिलेर सरकार बनाउने सम्भावना छ । 

Muktinath Bank

६०/४० को अनुपातमा चुनाव लडेका नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेशको मुख्यमन्त्रीमा भागवण्डा भइसकेको छैन् । प्रदेश नम्बर २ मा मधेश केन्द्रित दलले सरकार बनाएमा बाँकी ६ मा एमाले र माओवादीले भागवण्डा गर्नेछन् । चुनाव लगत्तै पार्टी एकीकरणको सहमति भएकोले भागवण्डामा समस्या नपर्ने दुवै दलका नेताहरु बताउछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नम्बर १ मा वामगठबन्धनको तर्फबाट एमालेले मुख्यमन्त्री पाउने सम्भावना छ । त्यसो भएमा शेरधन राई मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ । केपी ओली सरकारमा सञ्चारमन्त्री रहेका राई मुख्यमन्त्रीको उम्मेदवार बन्ने पक्का भएपछि प्रदेश सभाका लागि चुनाव लड्न गएका थिए । प्रदेश नम्बर १ बाट एमाले सचिव भीम आचार्य र हिक्मत कार्कीको पनि चर्चा हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश २ मा मधेस केन्द्रित दलले मुख्यमन्त्री बनाउने सम्भावना छ । संघीय समाजवादी फोरमले लालबाबु राउतलार्ई अगाडी सार्ने सम्भावना छ । फोरमले २ नम्बर प्रदेशमा सबभन्दा धेरै १७ सीट जितेको छ । राजपाले पाएमा जितेन्द्र सोनल या सुरीताकुमारी साहलाई अगाडी सार्ने सम्भावना छ । दुइ नम्बर प्रदेशमा राजपाले १३ सिट जितेको छ । एमालेले पाएमा सत्यनारायण मण्डलको सम्भावना रहन्छ । यो प्रदेशमा एमालेले प्रत्यक्ष तर्फ १२, कांगेसले ८ र माओवादीले ६ सिट जितेको छ । समानुपातिकको मतगणनाले यो समिकरणमा फेरबदल हुनसक्छ । वामपन्थी गठबन्धनले फोरमलाई समर्थन गर्ने सम्भावना छ ।  

Vianet communication

प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीका लागि एमालेका धेरै नेता आकाक्षी छन् । एमालेका अष्टलक्षी शाक्य, राजेन्द्र पाण्डे र पशुपति चौलागाईको सम्भावना बढी छ । मुख्यमन्त्रीमा महिलालाई समेत प्राथमिकता दिनु पर्ने भएकोले अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिन्छ । अष्टलक्ष्मी एमालेकी महिला उपाध्यक्ष पनि हुन् । केशव स्थापित, अरुण नेपाल लगायतले पनि दावी गरेका छन् । प्रदेश नम्बर ३ मा एमालेले प्रदेशसभाको प्रत्यक्ष तर्फ ३७ सिट जितेको छ । 
प्रदेश नम्बर ४ मा एमालेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीका मुख्य दावेदार हुन् । मुख्यमन्त्रीको रुपमा किरण गुरुङले पनि दावी गरेका छन् । प्रदेश नम्बर ४ मा माओवादीले पनि मुख्यमन्त्री दावी गर्ने सम्भावना छ । कांग्रेसका युवा नेता प्रदीप पौडेललाई पराजित गरेकी आशा कोइराला खनालको नाम पनि चर्चामा छ ।

प्रदेश नम्बर ५ बाट एमालेका शंकर पोखरेलको धेरै सम्भावना छ । दाङ क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महरालाई टिकट दिने बेलामै पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । माओवादीका कुलप्रसाद केसी स्वनामले पनि मुख्यमन्त्रीका दावेदार हुन् । पोखरेलले मुख्यमन्त्री बनेर दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने भन्दै चुनाव प्रचार गरेका थिए । 

प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादीले पाउने पक्का जस्तै छ । माओवादीका तर्फबाट जुम्लाका नरेश भण्डारी र पूर्वउर्जामन्त्री महेन्द्रबहादुर शाहीको चर्चा छ । कणालीको विकास सम्बन्धी किताव लेखेका माओवादी पोलिटव्युरो सदस्य भण्डारीको बलियो सम्भावना रहेको बताइन्छ । सुर्खेतबाट चुनाव जितेका एमालेका यामलाल कँडेल र सल्यानका प्रकाश ज्वाला पनि मुख्यमन्त्रीका दावेदार हुन् । 

प्रदेश ७ को मुख्यमन्त्री पायो भने पूर्वमन्त्री कर्णबहादुर थापाको चर्चा छ । एमालेले मुख्यमन्त्री पाएको ठाउमा माओवादीले प्रदेशको सभामुख पाउने सम्भावना छ ।

प्रदेश सभाको निर्वाचन पहिलो पटक भएका कारण को मुख्यमन्त्री बन्ला भन्ने कौतुहलता छ । प्रदेश सभाका लासग भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र प्रदेश सभाकोे अधिवेशन आव्हान गर्नुपर्ने व्यबस्था छ । मुख्यमन्त्रीको निर्वाचन प्रदेश सभाको बैठकको प्राथमिक कार्यसूची हुनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x