×

NMB BANK
NIC ASIA

प्रेमिकालाई प्रपोज गर्नका लागि गरे खतरनाक स्टन्ट, गयो ज्यान (भिडियोसहित)

मंसिर २७, २०७४

NTC
Premier Steels

काठमाडौं — आजकल संसारभरि अग्ला भवनमा चढेर स्टन्ट गर्नेहरूको संख्या बढ्दो छ । 

चीनको सामाजिक सञ्जाल वीबोका स्टार वू योन्गिंगले हालै ६२ तल्ले भवनको टुप्पोमा स्टन्ट गर्ने हुँदा ज्यान गुमाएका छन् । वूले कुनै सुरक्षा उपकरण नलिइकनै अग्लो भवनमा स्टन्ट गरेको छोटो भिडियो वीबोमा राखेर लाखौं फलोअर्स बनाएका थिए । 

वूका परिवारका मान्छेले बताएअनुसार, वू रुफटपिङ च्यालेन्जमा भाग लिएर एक लाख युआन कमाउन चाहन्थे । अनि उनी आफ्नी प्रेमिकालाई बिहेका लागि प्रपोज गर्न चाहन्थे । 

वूका अर्का एक नातेदारले वूलाई बिहे गर्न र आफ्नी बिरामी आमाको उपचारका लागि पनि पैसा चाहिएको बताए । 

वूले यसै वर्षदेखि स्टन्ट भिडियो पोस्ट गर्न शुरु गरेका थिए र अहिलेसम्म उनले ३०० छोटा भिडियो शेयर गरिसकेका छन् । वूले नोभेम्बरदेखि कुनै भिडियो पोस्ट गरेका थिएनन् । उनका प्रशंसकहरू चिन्तित भएका थिए । 

वूकी प्रेमिका जी जीले सामाजिक सञ्जालमा वूको मृत्यु ६२ तल्ले हुआयुआन हुआ भवनबाट खसेर भएको जानकारी दिइन् । पेकिङ न्युनको समाचार अनुसार, चिनियाँ लाइभ स्ट्रीमिङ साइट भोल्केनोमा एक फूटेजमा वूलाई भवनबाट लडिरहेको देखिएको थियो । त्यसपछि वू एउटा रडमा अड्किएको देखिन्थ्यो । 

वू आफैं खतरनाक स्टन्ट गर्ने भएपनि फ्यानहरूलाई चाहिँ उनी यस्ता स्टन्ट नगर्ने सल्लाह दिइरहन्थे । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x