×

NMB BANK
NIC ASIA

५० वर्षदेखि चन्द्रमामा कोही पनि किन गएको छैन ?

मंसिर २८, २०७४

NTC
Premier Steels

काठमाडौं, २७ मंसिर — ‘मानिसका लागि सानो कदम, मानवताका लागि ठूलो छलाङ’ । चन्द्रमामा पहिलो कदम राख्ने मानिसले यसो भनेका थिए । 

सन् १९६९ को २१ जुलाईमा नील आर्मस्ट्रङले चन्द्रमामा पाइला राखेर इतिहास बनाएका थिए । त्यसपछि अमेरिकाले पाँचवटा मिसन चन्द्रमामा पठायो । 

सन् १९७२ मा चन्द्रमा पुग्ने युजिन सेरनन अन्तिम अन्तरिक्षयात्री थिए । उनीपछि कुनै पनि मानिस चन्द्रमामा पुगेको छैन । 

अब लगभग ५० वर्षपछि अमेरिकाले चन्द्रमामा मानिस फेरि पठाउने घोषणा गरेको छ । राष्ट्रपति ट्रम्पले यससम्बन्धी एक आदेशमा सोमवार हस्ताक्षर गरे । 

तर अमेरिका वा अन्य कुनै पनि देशले यत्तिका वर्षसम्म चन्द्रमामा कुनै पनि अन्तरिक्षयात्री किन नपठाएका हुन् ? 

खासमा चन्द्रमामा मानिस पठाउनु खर्चिलो हुन्छ । लस एन्जेलसको क्यालिफोर्निया विश्वविद्यालयमा खगोल विज्ञानका प्राध्यापक माइकल रिच भन्छन्, ‘चन्द्रमामा मानवसहितको मिसन पठाउँदा खर्च धेरै हुन्छ तर वैज्ञानिक उपलब्धि कम हुन्छ ।’ 

विशेषज्ञका अनुसार, यस मिसनमा वैज्ञानिक रुचिभन्दा बढी राजनीतिक कारण थियो । अन्तरिक्षमा नियन्त्रण जमाउने होडबाजीमा यसो गरिएको थियो । 

सन् २००४ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज बुशले मानवसहितको मिसन पठाउन खोजेका थिए । त्यसका लागि १०४, ००० मिलियन डलरको बजेट बनाइएको थियो । तर यति ठूलो बजेटका कारण परियोजना अघि बढ्न सकेन । 

विशेषज्ञहरूलाई यसपाली पनि त्यस्तै होला भन्ने डर लागिरहेको छ । ट्रम्पले आदेशमा हस्ताक्षर गर्नुअघि सिनेटसँग परामर्श गरेनन् । 

यसैले गर्दा अमेरिकी अन्तरिक्ष नियोग नासाले वर्षौंदेखि अन्य महत्त्वपूर्ण परियोजनामा काम गरिरहेको छ । 

त्यसो त नासाले चन्द्रमामा मानवसहितको मिसन पठाउनका लागि पैरवी गरिरहेको छ । चन्द्रमामा अझै धेरै वैज्ञानिक खोज गर्न बाँकी नै रहेको उसको तर्क छ । 

मानिस चन्द्रमामा पुग्दा धेरै नयाँ जानकारीहरू पाइने नासाको विश्वास छ । विगत केही वर्षयता चन्द्रमामा जाने रुचि बढेको छ । 

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x