×

NMB BANK
NIC ASIA

दोस्रो किस्ता लिने भूकम्पपीडित लाभग्राहीको संख्या एक लाख नाघ्यो

मंसिर २८, २०७४

NTC
Premier Steels

काठमाडौं, २८ मंसिर- निजी घर निर्माणका लागि दोस्रो किस्ता लिने भूकम्पपीडित लाभग्राहीहरुको संख्या एक लाख नाघेको छ । 

Muktinath Bank

मंसिर २७ बेलुकासम्मको तथ्यांकअनुसार १ लाख ४ सय ८३ लाभग्राहीले आफ्नो घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो किस्ता लिने लाभग्राहीको संख्या ठूलो भए पनि सोही अनुपातमा पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्या बढ्न नसकिरहेका बेला यो तथ्यांक आएको हो । राष्ट्रि«य पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता लिएका लाभग्राहीलाई दोस्रो किस्ता लिएर घर पुनर्निर्माण सुरु गर्न विभिन्न माध्यममार्फत् प्रेरित गर्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

प्राधिकरणका प्रवक्ता यमलाल भूसाल भनछन् , ‘प्राधिकरणले गत श्रावणमा अनुदान लिने समयसीमा निर्धारण गरेका कारण पनि निजी आवास निर्माण बढेको हो । यो तथ्यांकले दसै, तिहारलगायतका चाडपर्व र कृषि उत्पादन भित्र्याउने चटारो सकिएलगत्तै घर पुनर्निर्माणले गति लिन थालेको देखाएको छ ।’ प्राधिकरणले गत वर्ष पुससम्म पहिलो किस्ता लिइसकेका लाभग्राहीलाई ०७४ पुस मसान्तभित्र दोस्रो किस्ता र आगामी ०७५ जेठभित्र तेस्रो किस्ता लिन अनुरोध गरेको छ । त्यस्तै, ०७४ कात्तिकभित्र पहिलो किस्ता लिएका लाभग्राहीले ०७४ चैत्रभित्र दोस्रो किस्ता र ०७५ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्नेछ ।

Vianet communication

डीपीसी तहसम्मको पुनर्निर्माण सम्पन्न भएपछि लाभग्राहीले प्राविधिकबाट जाँच गराई दोस्रो किस्ता लिन पाउँछन् । त्यस्तै, दोस्रो किस्ता लिएर छानो छाउने पट्टि निर्माण गरेपछि लाभग्राहीले तेस्रो किस्ताका लागि आवेदन दिन सक्छन् । दोस्रो किस्ता लिने लाभग्राहीको संख्या १ लाख नाघे पनि दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या भने थप २४ हजार ३ सय ७ छ । त्यस्तै, तेस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ३३ हजार ४ सय २५ पुगेको छ । अहिलेसम्म ६ लाख ५१ हजार ७ सय ९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।

निर्माण सम्पन्न भएका र निर्माणाधीन निजी घरहरुको संख्या पनि सन्तोषजनक गतिमा अघि बढेको छ । हाल निर्माणाधीन घरको संख्या १ लाख ७४ हजार ६ सय २२ पुगेको छ । त्यस्तै, ७३ हजार ६ सय ५५ घर पुनर्निर्माण भइसकेका छन् । निर्माण सम्पन्न र निर्माणधीन घरको कूल संख्या २ लाख ४८ हजार २ सय ७७ हुन आउँछ । यो पहिलो किस्ता लिएका कूल लाभग्राहीको ३८ प्रतिशत हो । हालसम्म कूल भूकम्पपीडित लाभग्राहीको संख्या ७ लाख ६७ हजार ७ सय ५ रहेको छ भने तीमध्ये ६ लाख ५९ हजार ५ सय ६ जनासँग अनुदान सम्झौता भइसकेको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x