मुम्बई, २८ मङसिर -भारतको महिला मन्त्रीले बलिउडमा महिला हिंसाका घटना भएको गुनासो आएकाले तत्काल त्यसलाई रोक्न चेतावनी दिएकी छन् ।
मन्त्री मेनका गान्धीले हिन्दी फिल्म क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौनिक हिंसा भइरहेका घटना सार्वजनिक भएपछि यस्तो चेतावनी दिएकी हुन् ।
उनले प्रमुख फिल्म उत्पादक कम्पनीहरूलाई पत्राचार नै गरेर आचरण र नियम कानुनलाई ध्यान दिन आग्रह गरिन् । उनले सन् २०१३ को यौनिक हिंसा सम्वन्धी ऐन अनुसार काम र व्यवहार गर्न फिल्म उत्पादन गर्ने २४ ओटा कम्पनीलाई पत्रचार गरिएको जानकारी दिइन् ।
मन्त्री गान्धीले सवै कर्मचारीहरूलाई भारतीय कानुन अनुसार सुरक्षित र समावेशी तरिकाले काम गर्ने वातावरण उपलब्ध गराउन र जिम्मेवार हुन पनि ध्यानाकर्षण गराएकी छन् ।
गत महिना एक जना भारतीय अभिनेत्रीले फिल्म क्षेत्रमा आफुले प्रवेश गर्ने बेलामा एक जना पुरुष निर्देशकले हिंसा गरेको बताएकी थिइन् । उनले ती निर्देशकको नाम भने गोप्य राखिन् ।
भारतको महिला तथा बालबालिका विकास मन्त्री गान्धीले हिंसा नियन्त्रणका लागि लगातार ट्वीट गरेकी थिईन् ।
थप समाचार
- गोप्य अंगनजिक साम्राज्ञीले के लेखाइन् यस्तो ? तस्वीर बन्यो भाइरल
- कुनै बेलाकी ‘अश्लिल स्टार’ अहिले किन परिन् निशानामा ?
- मोटी महिलाले यसरी छान्नुस् ड्रेस, देखिन्छ आकर्षक
- नायिका करिश्मा किन पाइनन् सांसद बन्न ?
- मिस वर्ल्डको उपाधि भारतीय सुन्दरीलाई, को हुन चिल्लर ?
- इन्टरनेटमा छाइन् यी सुन्दर नर्स, उनलाई भेट्न बिरामीको लाग्छ ताँती
प्रतिक्रिया दिनुहोस