×

NMB BANK
NIC ASIA

भारतको बल्ल खुल्यो चेत : नेपालको विकासमा भरपूर सहयोग गर्ने निर्णय

मंसिर २९, २०७४

NTC
Premier Steels

काठमाडौं, २९ मंसिर — नेकपा एमाले अध्यक्ष केपी ओली नेपालको प्रधानमन्त्री बन्ने सम्भावना प्रबल भएपछि भारतको चेत खुलेको विश्लेषण भइरहेको छ ।

भारतको दैनिक पत्रिका दी इकोनोमिक टाइम्सको अन्लाइन संस्करणमा शुक्रवार दीपाञ्जन रोय चौधरीको बाइलाइनमा प्रकाशित एक रिपोर्टअनुसार, भारतले नेपालका विकास निर्माण परियोजना, सम्पर्क पहलकदमी, सीमापार सुरक्षा चुनौती लगायतका विषयमा सहभागिता बढाउने निर्णय लिएको छ । 

चीनसमर्थक मानिने केपी ओली प्रधानमन्त्री हुने सम्भावनाका कारण भारतले यसो गर्न लागेको चौधरी लेख्छन् । 

नरेन्द्र मोदीको सरकारले नेपालको नयाँ सरकारसँग विस्तृत संलग्नताको रणनीति बनाउँदा मात्र नेपालमा आफ्नो हित सुरक्षित हुने र नेपालमा चीनको प्रभावका बीच पनि आफ्नो हित हुने देखेको नेपाल भारत सम्बन्धका जानकारहरू बताउँछन् भनी रिपोर्टमा लेखिएको छ । 

रिपोर्टमा थप भनिएको छ :

यससँगै दुई छिमेकीबीचको गहिरो सामाजिक–सांस्कृतिक–धार्मिक सम्बन्धका कारण दिल्ली र काठमाडौंबीचको विशेष नातालाई कायम राख्ने आशा गरिएको छ । 

‘विगत १६ महिनामा द्विपक्षीय सम्बन्धको गतिलाई कायम राख्नुपर्छ भन्ने सोच हो । ओली लगायत तीन प्रधानमन्त्रीले अनि राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको भ्रमण गरिसकेका छन् । गत वर्ष भारतका राष्ट्रपतिले नेपालको भ्रमण गरेका थिए ।’

‘चीनले प्रभाव बढाएको भएपनि नेपालमा भारत एक महत्त्वपूर्ण खेलाडी हो । सार्वभौम मुलुकका रूपमा स्वतन्त्र विदेशनीति अपनाउने नेपालको अधिकार नै हो । अनि आफ्नो हित सुरक्षित पार्नका लागि भारतले मैत्रीपूर्ण सम्बन्ध कायम राख्नुपर्छ ।’

‘भारतले ओली र उनका माओवादी साझेदारहरूसँग नजिकै रहेर विगतमा काम गरिसकेको छ र अहिलेको नेतृत्व दिल्लीसँग परिचित छ,’ नाम नबताउने शर्तमा एक नेपालविज्ञले भने । 

अगस्ट महिनामा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण गर्दा भारतले सडक परियोजना तथा विकास निर्माण पहलकदमीमा सहायता गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । दुई देशले विभिन्न क्षेत्रमा आठवटा सम्झौता गरेका थिए जसमध्ये चारवटा भूकम्पपछिको पुनर्निर्माण परियोजना थिए । त्यस भ्रमणका बेलामा देउवा र मोदीले संयुक्त रूपमा रक्सौल–परवानीपुर र कुशा–कटैया अन्तर्देशीय ट्रान्समिसन लाइनको उद्घाटन गरेका थिए । 

यसपछि नेपाललाई जाडोमा थप सय मेगावाट बिजुली आपूर्ति गरिनेछ जसकारण नेपालमा बिजुलीको थप माग सम्बोधन हुनेछ । नेपाल भारतसँग सुरक्षा सम्बन्ध विस्तार गर्न इच्छुक छन् । नेपालसँग ऊर्जा साझेदारी विस्तार गर्न पनि दिल्लीले विचार गर्न सक्छ । यसबाहेक नेपालको पश्चिमी भागलाई उत्तराञ्चलसँग सम्पर्क गराउने काम पनि भारतले गर्दैछ ।

ओलीले अघिल्लो कार्यकालमा राष्ट्रवादको नारा उचालेका थिए । तर उनी व्यावहारिक राजनीतिज्ञ हुन् । कुनै समयमा उनी नेपाली कम्युनिस्टहरूमध्ये भारतका सबभन्दा ठूला समर्थक थिए र उनले दिल्लीसँग भविष्यमा पनि काम गर्ने अपेक्षा गरिन्छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x