×

NMB BANK
NIC ASIA

भारतीय कांग्रेसमा २० वर्षपछि नेतृत्व परिवर्तन, सोनीया गान्धीले लिइन् अवकास

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँदिल्ली, २९ मङ्सिर– भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसकी अध्यक्ष सोनीया गान्धीले राजनीतिक अवकासको घोषणा गरेकी छन् । 

छोरा राहुल गान्धीले शनिबार पार्टी अध्यक्षको जिम्मेवारी लिएपछि आफू सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने उनले शुक्रबार घोषणा गरेकी हुन् । 

“अव मेरो भूमिका अवकास पाएपछिको जस्तो हुन्छ,” इटालीमा जन्मेकी ७१ बर्षीया गान्धीले दिल्लीमा सञ्चार माध्यमहरूसँगको कुराकानीमा भनिन् । 

भारतको निकै पुरानो पार्टी काङ्ग्रेसमा उनले अबदेखि कुनैपनि कार्यकारी जिम्मेवारी नलिने पनि बताएकी छन् । 

बर्हिगमन हुदैगरेकी काङ्ग्रेस प्रमुख गान्धीले ४७ बर्षिय आफ्ना छोरा राहुलले पार्टीलाई प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरिन् । 

गत तीन बर्ष देखि पार्टीको सक्रिय भूमिकामा रहेकोले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनीयाको दावी छ । 

पार्टीका अहिलेका उपाध्यक्ष राहुलले शनिबार विशेष समारोहकाबीच अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । निर्वाचन भएको पाँच दिनपछि उनले जिम्मेवारी सम्हाल्न लागेका हुन् । 

कांग्रेसको सवैभन्दा माथिल्लो पदका लागि चार दिन पहिले भएको निर्वाचनमा राहुल बाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । 

भारतका पुर्वप्रधानमन्त्री स्वर्गीय राजिव गान्धीकी धर्मपत्नी सोनीया गान्धी गत तीन बर्षदेखि बिरामी भएपछि पटक पटक अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । 

सन् २०११ मा उनी उपचारका लागि अमेरिका गएकी थिइन् । तर उनको स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी गराइएको थिएन । 

बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरु परिवारकी उनी एक उत्तराधिकारी हुन् । नेहरु परिवारले सन् १९४७ देखि भारतमा लामो समय सम्म शासन गरेको छ । 
अध्यक्ष सोनीयाले गत २० बर्षदेखि काङ्ग्रेसको नेतृत्व गरेकी छन् । उनकै कार्यकालमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले काङ्ग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x