प्रमोद खरेलले गाए पहिलो पटक देउडा गीत

काठमाडौं– सुगम संगीतमा अहिलेका लोकप्रिय गायक मध्य पर्छन् प्रमोद खरेल ।

सयौं चर्चित गीतका गायक खरेलले पहिलोपल्ट गायिका अनिता चलाउनेसँग देउडा गीत गाएका छन्। पत्रकार डिबी खड्काले लेखेको र विनोद बाजुरालीले संगीत दिएको ‘देउडा खेल्छु चट्टै’ गीतको म्युजिकभिडियो शुक्रवार रिलिज भएको छ ।

उक्त देउडा गीतको म्युजिक भिडियोमा शंकर विसी र अञ्जली अधिकारी नाचेका छन्। शंकर विसीले नै निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् । यसअघि यो समूहको सहकार्यमा बनेको देउडा गीत ‘हुन्या वाली जीवन साथी’चर्चित छ ।

पुस १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस