×

NMB BANK
NIC ASIA

समानुपातिकतर्फको मतगणना सम्पन्न, एमाले पहिलो पार्टी बन्दा माओवादी तेस्रोमा सीमित

पुस २, २०७४

NTC
Premier Steels

काठमाडौं, २ पुस– समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएको छ । समानुपातिकतर्फ खसेको कूल मत १ करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ९५ लाख ४४ हजार ७४१ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ । 

Muktinath Bank

समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा बढी ३३.२ प्रतिशत अर्थात् ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ३२.८ प्रतिशत अर्थात् ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ । कांग्रेस एमालेभन्दा ४५ हजार १ सय ५ मतले पछि रह्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १३.७ प्रतिशत अर्थात १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ ।


Advertisment
Nabil box
Kumari

मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीले ४ लाख ७२ हजार २ सय ५४ मत प्राप्त गर्दा अर्को मधेस केन्द्रित दल संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २ सय १ मत प्राप्त गर्यो । 

Vianet communication

यसपटकको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले मात्रै न्यूनतम ३ प्रतिशतको थ्रेसहोल्ट कटाउन सके । जसकारण अब संसदमा ५ वटा राष्ट्रिय दलको मात्रै प्रतिनिधित्व हुने भएको छ । 

प्रत्यक्षतर्फ एउटा पनि सीट जित्न नसकेको विवेकशील साझा पार्टीले २.२ प्रतिशत २ लाख १२ हजार ३ सय ६३ मत प्राप्त गर्न सक्यो । ३ प्रतिशत मत कटाउन नसकेका कारण विवेकशील साझाले सामानुपातिकबाट पनि संसदमा प्रतिनिधित्व गर्न पाउने छैन । यस्तै झापा–३ मा प्रत्यक्षतर्फ एक सीट जितेको कमल थापा नेतृत्वको राप्रपाले समानुपातिकतर्फ १ लाख ९६ हजार ७ सय ८२ मत प्राप्त गर्न सक्यो । 

प्रत्यक्षतर्फ एउटा पनि सीट जित्न नसकेको पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३ सय ७७ मत प्राप्त गर्दा गोरखा–२ प्रत्यक्षतर्फ जीत हासिल गरेको नयाँ शक्ति नेपालले ८१ हजार ८ सय ३७ मत प्राप्त गर्न सक्यो । यस्तै एमाले र माओवादीसँगको सहकार्यमा प्रत्यक्षतर्फ एक सीट जितेको राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फ ६२ हजार १ सय ३३ मत मात्रै प्राप्त गर्यो । 

भक्तपुर–१ मा जीत हासिल गरेर प्रत्यक्षतर्फ १ सीट हासिल गरेको नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फ ५६ हजार १ सय ४१ मत प्राप्त गर्यो । 

कुन दललाई कति सीट

निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सकिएको जनाएको छ । यद्यपि आयोगले समानुपातिकर्फको सीट बाँडफाँट गरिसकेको छैन । अहिले जिल्लाबाट अक्षर र अंकमा प्राप्त मतपरिणामलाई इन्ट्री गर्ने काम भइरहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार इन्ट्री सकिएपछि मात्रै आयोगले समानुपातिकतर्फको सीट बाँडफाँट गर्ने छ । 

तर निर्वाचन आयोगले समानुपातिक तर्फको सीट बाँडफाँट गर्दा अपनाउने सेन्टलग विविअनुसार अहिले ५ दल (एमाले, कांग्रेस, माओवादी, राजपा र फोरम)ले मात्रै समानुपातिकतर्फबाट सीट पाउनेछन् । ३ प्रतिशतको थ्रेसहोल्ड नकटाउने दललाई सीट बाँडफाँट गरिने छैन । उनीहरुले प्राप्त गरेको मत बदर समान हुने छ । 

समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदाको मतपरिणामलाई अन्तिम रुप दिएर सीट बाँडफाँट गर्दा एमालेले सबैभन्दा बढी ४१ सीट पाउने छ । यस्तै कांग्रेसले ४० सीट पाउनेछ भने माओवादी केन्द्रले १७ सीट पाउने छ । 

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले समान ६–६ सीट पाउनेछन् । 

एमाले पहिलो, माओवादी तेस्रो

प्रत्यक्षतर्फ देशभर सबैभन्दा बढी २ स्वतन्त्रसहित ८० सीट जितेको एमाले समानुपातिकतर्फ प्राप्त गरेको ४१ सीट जोड्दा १२१ सीटसहित पहिलो दल बन्नेछ । यस्तै प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेर २३ सीट जितेको कांग्रेस समानुपातिकतर्फको ४० सीट जोड्दा ६३ सीटसहित संसदमा दोस्रो दल बन्ने देखिन्छ । 

प्रत्यक्षतर्फ दोस्रो रहेर ३६ सीट जितेको माओवादी केन्द्र समानुपातिकतर्फको १७ सीट जोड्दा ५३ सीटसहित तेस्रो दल बन्ने देखिन्छ । 

यस्तै प्रत्यक्षतर्फ ११ सीट जितेको राजपा समानुपातिकतर्फको ६ सीट जोड्दा १७ सीटसहित संसदको चौथो ठूलो दल बन्नेछ भने प्रत्यक्षतर्फ १० सीट जितेको संघीय फोरम समानुपातिकतर्फको ६ सीट जोड्दा १६ सीटसहित संसदको पाँचौ ठूलो दल बन्ने देखिन्छ । 

प्रत्यक्षतर्फ १ सीट जितेका तर समानुपातिकतर्फ ३ प्रतिशत मत कटाउन नसकेका ४ दल (राप्रपा, जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपाल)ले संसदमा प्रतिनिधित्व गर्न त पाउनेछन् तर राष्ट्रिय दलको मान्यता पाउने छैनन् । राष्ट्रिय दलको मान्यता नपाउने दलले संसदीय दलको कार्यालयलगायत सुविधान प्राप्त गर्ने छैनन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x