×

NMB BANK
NIC ASIA

राजनीतिक विवाद बढ्दा ‘हत्या’ प्रयास, कांग्रेस ‘कार्यकर्ता’विरुद्ध वारेन्ट जारी

पुस ८, २०७४

NTC
प्रतिवादीहरु जीवनाथ चौधरी, नविन झा, पंकज महतो र आसुतोष भिनने शशिभुषण झा बायाँबाट क्रमश ।
Premier Steels

जनकपुरधाम, ८ पुस– जिल्ला अदालत धनुषाले स्थानीय जीवनाथ चौधरीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ । चौधरी रामानन्द यूवा क्लवका पुर्वअध्यक्ष, मैथिली विकास कोष धनुषाका अध्यक्ष तथा होटेल सिता प्यालेसका संचालक हुन् । उनीविरुद्ध ज्यान मार्ने अभियोगमा जिल्ला प्रहरी कार्यालयले मुद्दा चलाएको थियो । 

Muktinath Bank

ज्यान मार्ने उद्योग मुद्दामा थुनछेक आदेशको क्रममा फरार रहेका प्रतिवादी चौधरीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । त्यसैगरी जनकपुर–६ बस्ने ४५ वर्षिय बालकृष्ण अग्रवाल, महोत्तरी धमौरा भगवतीपुर घर भइ हाल जनकपुर ८ बस्ने बर्ष २६ को नवनित झा, जनकपुर ८ बस्ने बर्ष ३५ को आसुतोष झा भन्ने शशिभुषण झा, जनकपुर १० बस्ने बर्ष २७ पंकज कुमार महतोलाई समेत पक्राउ गर्न अदालतले वारेन्ट जारी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७ पौष २०७४ मा धनुषा जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले उक्त आदेश गरेको हो । २ मंसिर २०७४ मा जनकपुर ९ बस्ने प्रकाश मिश्रलाई जीवनाथ चौधरी र रितिक राज अग्रवाल लगायतका व्यक्तिहरुले पेटमा छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा अदालतले उक्त आदेश दिएको हो । पक्राउ परेका प्रतिवादीहरुमध्ये रितिक राज अग्रवाललाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न भनि आदेश दिएको हो । त्यसैगरी पक्राउ परेका अर्का प्रतिवादी रितिक अग्रवालकी आमा मञ्जु देवी अग्रवाललाई ४५ हजार रुपैयाँ धरौटी लिई अदालतले रिहा गरेको छ ।


Advertisment
Nabil box
Kumari

न्यायाधीश पौडेलले गरेको आदेशमा भनिएको छ, ‘ उल्लेखित तथ्यको आधारमा प्रतिवादी मध्येका रितिक राज अग्रवालको हकमा विचार गर्दा खाना खाजाको विषयलाई लिएर आफ्नो होटेलमा घाईतेसँग विवाद भएको तथ्यलाई यी प्रतिवादीले मौकामा स्वीकार गरेको देखिएको, आफ्नो होटेल बाहिर मानिसहरु झगडा गरेको आफूले सुनेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको देखिएको, जाहेरी, घाईतेको कागज, घटना विवरण कागज गर्ने मध्येका सागर यादव समेतको कागज र समग्र मिसिलको अध्योपान्त अध्ययन गर्दा प्रतिवादी मध्येका जीवनाथ चौधरीको अरहोटमा यी प्रतिवादी रितिक राज अग्रवालले ज्यान मार्ने उद्देश्यले घाईतेको पेट/छातीमा छुरा प्रहार गरेको भन्ने देखियो । घाईतेको घाउ चोटको अवस्था, घाउ चोट लागेको शरीरको भाग, अंग समेत संवेदनशील देखिन आयो । वारदातमा प्रयोग भएको हतियार समेत धारिलो भन्ने देखियो । तसर्थ उल्लेखित आधार प्रमाणबाट यी प्रतिवादी कसुरदार हुन भनि विश्वास गर्न सकिने मुनासिव आधार देखिएकोले पछि थप प्रमाण बुझदै जाँदा ठहरे बमोजिम हुने गरी हाल यी प्रतिवादी रितिक राज अग्रवाललाई थुनुवा पुर्जी दिई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्न कारागार शाखा जलेश्वरमा पठाईदिनु भनि अदालतबाट आदेश गरिएको छ ।’

Vianet communication

घाइते प्रकाश मिश्रका बुवा बेदानन्द मिश्रले जाहेरी दिएपछि धनुषा प्रहरीले ८ मंसिर २०७४ मा प्रतिवादीहरु रितिक राज अग्रवाल र मञ्जु देवी अग्रवाललाई पक्राउ गरेको थियो । त्यसपछि घटनामा संलग्न रहेका तथा फरार रहेका अन्य प्रतिवादीहरु जीवनाथ चौधरी, पंकज महतो, आसुतोष झा भन्ने शशिभुषण झा, नवनित झा र बालकृष्ण अग्रवाललाई प्रक्राउ गर्न नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुरले २ पुष २०७४ मा जिल्ला प्रहरी कार्यालय धनुषामा प्रतिवेदन दिएका थिए । सोही आधारमा अदालतले फरार रहेका ती प्रतिवादीहरुलाई पक्राउ गर्न आदेश जारी गरेको छ ।

बेदानन्द मिश्रले आफ्नो छोरा (प्रकाश) तथा सम्पूर्ण परिवार राष्ट्रिय जनता पार्टी नेपालप्रति समर्पित रहेको तथा प्रतिवादीहरु नेपाली कांग्रेसका कार्यकर्ता भएको बताएका छन् । छोरा र परिवारलाई नेपाली कांग्रेसमा लाग्न भनि प्रतिवादीहरुले पटक पटक दवाव दिँदै आएको उनले जाहेरीमा उल्लेख गरेका छन् । कांग्रेसका समर्थन गर्न नमानेका कारण धेरै पटक ज्यान मार्ने धम्की आएको समेत उनले उल्लेख गरेका छन् ।
 
२ मंसिर २०७४ मा राति ९ बजेतिर जीवनाथ चौधरीको नेतृत्वमा पंकज महतो, आसुतोष झा, नवनित झा लगायत व्यक्तिहरु मिश्रको घरमा पुगेका थिए । तर त्यतिबेला प्रकाश घरमा थिएनन् । प्रकाशलाई घरमा नभेट्टाएपछि उनीहरुले घरको आंगनमा रहेको गमला तोडफोड गर्नुका साथै गालीगौलच गरेको बुवा बेदानन्दको भनाइ छ । जनकपुर उपमहानगरपालिका–८ का वडाध्यक्ष रमेश ठाकुर फौदारले उनीहरुलाई त्यहाँबाट जान भनेपछि उनीहरु प्रकाशको घरबाट निस्किएका थिए । 

घरबाट निस्किएका उनीहरुले प्रकाशलाई बजारबाट फर्किने क्रममा फेला पारे । अँध्यारोमा लुकिरहेका उनीहरुलाई प्रकाशलाई छोपर कुट्न थाले । रितिक राज अग्रवालले प्रकाशको पेटमा छुरा प्रहार गरेको बुवा बेदानन्दले जाहेरीमा उल्लेख गरेका छन् । 
 
प्रकाश घाइते भएपछि उनीहरु फरार भएका थिए । प्रकाशलाई तत्काल जनकपुर अञ्चल अस्पताल पुर्याएपनि त्यहाँ उनको उपचार सम्भव हुन सकेन । अस्पतालले थप उपचारका लागि रिफर गरेपछि उनलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 

बुवा बेदानन्दले प्रतिवादीहरु सातै जनालाई ५ देखि १२ वर्षसम्मको कैद सजाय हुनुपर्ने जाहेरीमा माग गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x