चुक्ता पुँजी पु-याउन समयावधि थप

पुस ११, २०७४

काठमाडौँ, ११ पुस - नेपाल राष्ट्र बैंकले आज विकास बैंक र वित्तीय संस्थालाई चुक्ता पुँजी पु¥याउने समयावधि थप गरेको छ । 

रु एक करोडमा खुलेका वित्त कम्पनी तथा रु दुई करोडमा खुलेका विकास बैंकका हकमा दुई वर्षको समयावधि थप गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले  जानकारी दिए । 


ADVERTISEMENT

एक जिल्ला कार्य क्षेत्र भएका विकास बैंकले रु ५० करोड र वित्त कम्पनीले रु ४० करोड चुक्ता पुँजी पु-याउनुपर्छ । आव २०७२ र ०७३ मा चुक्ता पूँजीसम्बन्धी नयाँ व्यवस्थाअनुसार दुई वर्षको अवधि दिएको थियो ।

पुस ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस