×

NMB BANK
NIC ASIA

प्रचण्ड–ओली भेटमा सकस

पुस १२, २०७४

NTC
Premier Steels

काठमाडौं १२ पुस– राजनीतिक गतिरोधको अन्त्य, नयाँ सरकार गठन, पार्टी एकताको विषयमा प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बुधवार पनि अन्यौलमा परेको छ ।

Muktinath Bank

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलवार हुने भनिएको बहुप्रतिक्षित भेटवार्ता हुन सकेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका नेताहरुले एमालेसँग बुधवार छलफलको तयारी भएको बताएपनि ओलीको सचिवालयले भने  बुधवार प्रचण्डसंग भेटवार्ता तय भइनसकेको बताए । 


Advertisment
Nabil box
Kumari

‘बुधवार प्रचण्डसँग भेटवार्ताको कुनै कार्यक्रम छैन, अध्यक्षज्यू अन्य काममा व्यस्त हुनुहुन्छ’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले लोकान्तरसँग भने ।

Vianet communication

केही दिन निर्वाचन क्षेत्रमा बसेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलवार अबेर काठमाडौं आएका थिए । काठमाडौं गएपछि ओलीसँग पार्टी एकता लगायतको बिषयमा छलफल गर्ने प्रचण्डले चितवनमा बताएका थिए । 

चुनावको नजिता सार्वजनिक भएपछि प्रचण्ड र ओलीबीच एक पटक मात्र औपचारिक भेटवार्ता भएको छ । वामपन्थी गठबन्धनको तर्फबाट संयुक्त पत्रकार सम्मेलन आयोजना भएको दिनदेखि उनीहरुबीच औपचारिक संवाद भएको छैन । उनीहरुबीच टेलिफोनमा अनौपचारिक छलफल भएपनि भेटवार्ता भने हुन सकेको छैन । 

ओली निकटस्थ एमालेका एक नेताका अनुसार दुई दलबीच सरकार गठन र पार्टी एकताबारे अनौपचारिक सहमति भएपछि मात्र औपचारिक भेटवार्ता हुने छ । ‘उपलव्धि बिनाको भेटवार्ताले झन अन्यौलता पैदा हुन्छ र वाम एकताका विरोधीलाई खेल्ने मौका मिल्छ । केही उपलव्धि घोषणा गर्नेगरी भेटवार्ता हुन्छ’ एमालेका ती नेताले लोकान्तरसँग भने । 

नयाँ सरकार गठन अगावै पार्टी एकता हुनुपर्ने माओवादीको प्रस्ताव छ भने एमालेले सरकार गठनपछि मात्र पार्टी एकता हुनुपर्ने बताउँदै आएको छ । एमालेका नेताहरु प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै व्यक्ति हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन भने माओवादीले पद बाँडफाँट गर्नुपर्ने अडान राख्दै आएको छ । 

१७ असोजमा चुनावका लागि वामपन्थी तालमेल घोषणा र २१ कात्तिकमा संयुक्त चुनावी घोषणा पत्र जारी गर्दा दुई दलका नेताहरुले चुनाव लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए । चुनाव सम्पन्न भएको एक महिना वितिसक्दा समेत दुई दलबीचको एकता कार्यदलको समेत बैठक बस्न सकेको छैन  । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x