विदेशबाट पठाएको पैसा साट्दै हुनुन्छ ? यस्तो छ भाउ

पुस १२, २०७४

अमेरिकन डलरदेखि कतारी रियालसम्म्को भाउ कति ? के तपाई विदेश आउँदै वा जाँदै हुनुहुन्छ ? हुनुहुन्छ भने विदेशी मुद्रा साट्न/ खरिद गर्नुपर्ने हुनसक्छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ २४ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ८४ पैसा रहेको छ ।


ADVERTISEMENT

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ८९ पैसा र विक्रिदर ७९ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

युरोपियन युरो एकको खरिद दर एक सय २१ रुपैयाँ २० पैसा र विक्रिदर एक सय २१ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिद दर २८ रुपयाँ ८ पैसा र विक्रिदर २८ रुपयाँ २४ पैसा रहेको छ ।
 

पुस १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस