साताको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से

पुस १३, २०७४

काठमाडौं, १३ पुस– साप्ताहिक कारोबारको अन्तिम दिन (बिहीवार) शेयर बजार दोहरो अंकले घटेको छ । बिहीबार शेयर बजार परिसूचक (नेप्से) १०.७३ अंकले घटेर १४१४.७८ विन्दुमा पुग्यो । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स बिहीबार २.५१ अंकले घटेर २९७.६२ विन्दुमा पुग्यो । 


ADVERTISEMENT

बिहीवार होटेल, ट्रेडिङ र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक ओरालो लाग्यो । सबैभन्दा बढी बैंकिङ समूहको परिसूचक १६.२६ अंकले घट्यो । यस्तै विकास बैंक समूहको परिसूचक १२.४७ विन्दुले ओरालो लाग्यो । 

बिहीवार नेप्सेमा १८ लाख ६१ हजार ६५ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६९ लाख ९८ हजार ६ सय २४ रुपैयाँको कारोबार भयो । 

बिहीबार सबैभन्दा बढी स्टाण्डर्ड चाटर्ड बैंकको २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।  
 

पुस १३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस