×

NMB BANK
NIC ASIA

नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गियो ठमेल, यस्ता छन् मनोरञ्जनका प्याकेज

पुस १६, २०७४

NTC
Premier Steels

काठमाडौँ, १६ पुस– अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रूपमा स्थापित हुँदै गएको छ । पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर सार्वजनिक गर्ने गरेका छन् ।

Muktinath Bank

विगत झैँ यसवर्ष पनि अंग्रेजी नयाँ वर्ष, २०१८ लाई लक्षित गर्दै देशका मुख्य पर्यटकीय गन्तव्यमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमको तयारी भइरहेको छ । यसै सन्दर्भमा काठमाडौँको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा ‘न्यू इयर इभ’( नयाँ बर्ष पूर्वसन्ध्या) को तयारीस्वरूप ठमेल क्षेत्र बेहुली झैं सिँगारिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खुल्ला र सफा सडकमा पर्यटकलाई शान्त वातावरणमा मनोरञ्जनात्मक गतिविधिका लागि व्यवसायीले विभिन्न प्याकेज ल्याएका छन् ।     पुस १६(डिसेम्बर ३१) आइतबार हुने न्यू इयर इभ कार्यक्रम र अफरका तुल, ब्यानर र सजावटले ठमेल क्षेत्रका होटल, रेष्टुराँ, क्लब, गजल तथा दोहोरी साँझ रेष्टुराँ रङ्गिएका छन् । 


Advertisment
Nabil box
Kumari

व्यवसायी आफ्नो सेवा प्रवद्र्धनका लागि विभिन्न नयाँ कार्यक्रमका साथ प्रतिस्पर्धात्मक तवरले लागिपरेका छन् । न्यू इयर इभको सन्दर्भमा ठमेलको ठमेल इको रिसोर्टमा न्यू इयर इभ विशेष कार्यक्रम आयोजना हुँदैछ । 

Vianet communication

ठमेल इको रिसोर्ट र इभेन्ट संसार डटकमले संयुक्तरूपमा आयोजना गर्ने उक्त कार्यक्रममा सहभागी हुनेले लाइभ म्यूजिकको साथ नेपाली परम्परागत खानाको स्वादमा भरपुर आनन्द लिनेछन् ।

इको रिसोर्टका सञ्चालकसमेत रहनुभएका वरिष्ठ पर्यटन व्यवसायी राजन सिंखडाका अनुसार म्यूजिकका साथ रिसोर्टको गार्डेनमा बार्बिक्युको मजा लिन सक्नेछन् । रायन विथ यात्रीको लाइभ म्यूजिक रहने उक्त कार्यक्रममा चर्चित हास्य शृङ्खला ब्रेकफेलका कलाकार तथा अन्य ख्यातिप्राप्त कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहनेछ ।

विदेशी तथा स्वदेशी पर्यटकको मनोरञ्जन तथा नेपाली खानाका परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको व्यवसायी सिंखडाको भनाइ छ । सहभागिताका लागि रु एक हजारको टिकट काट्नुपर्नेछ, त्यसमा एक बोतल बियर निःशुल्क हुने आयोजकले जनाएका छन् ।

रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूले नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, झम्सिखेललगायत अन्य होटल तथा रेष्टुराँले विभिन्न कार्यक्रम बनाएको बताउनुहुन्छ ।

उहाँका अनुसार कतिपय क्लब तथा रेष्टुराँले विदेशी कलाकारको ब्याण्ड तथा नेपाली चर्चित कलाकारको साथमा नयाँ वर्षको स्वागतमा कार्यक्रम गर्ने योजना बनाएका छन् ।

‘क्लब भेनिस’ सुन्धाराका सञ्चालकसमेत रहेका व्यवसायी लिम्बूले नयाँ वर्षमा पाहुनालाई लक्षित गरी क्लबमा आइतबार साँझ ‘ग्लामर्स आइकन’ को विशेष फेसन शो आयोजना गरिने र त्यहाँ ३० जना चर्चित मोडलले प्रस्तुति दिनेछन् भने डिजे सशनको बेग्लै रौनक रहनेछ ।

यता ठमेलकै सुविधायुक्त ‘टर्टल लाउन्ज एण्ड क्लब’ ले नयाँ वर्षको अवसरमा विशेष कार्यक्रमको तयारी गरेको छ ।

क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुति रहनाका साथै क्लबमा विभिन्न खानाका परिकारमा १५ देखि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सर्वसाधारणलाई रु एक हजारदेखि एक हजार ५०० प्रवेश शुल्कको व्यवस्था गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले नयाँ वर्षको सन्दर्भमा त्रिदेवी मार्ग, ठमेलमा आइतबार साँझ सडक सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ । चर्चित डिजे ‘शिशिर’ र ‘सिजल’ को विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा हजारौँको संख्यामा सर्वसाधारण तथा विदेशी पर्यटक सहभागी हुने भएकाले आवश्यक सुरक्षाको प्रभावकारी व्यवस्था मिलाइएको छ । 

अध्यक्ष गुरुङले नयाँ वर्षको अवसरमा ठमेल क्षेत्रका व्यवसायीले आफ्ना सेवामा विशेष अफरसहितका कार्यक्रम ल्याएका छन् । ठमेलमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्नका लागि व्यवसायीले विभिन्न प्याकेज बनाएका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x