×

NMB BANK
NIC ASIA

हत्या अभियोगका प्रतिवादी जनप्रतिनिधि चुनिए, थमन बिकको परिवारले न्याय पाउला ?

पुस १६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुर, १६ पुस–सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन बिकको हत्यामा संलग्न भनिएका व्यक्तिहरु जनप्रतिनिधिका रुपमा निर्वाचित भएका छन् । संविधानप्रति असन्तुस्टि जाहेर गर्दै शुरु भएको मधेस आन्दोलनका बेला ‘आन्दोलनकारी’हरुले कुटी–कुटी असई बिकको हत्या गरेका थिए । 

Muktinath Bank

उक्त हत्यामा संलग्न भनिएका व्यक्ति कोही स्थानीय तह निर्वाचनकै बेला जनप्रतिनिधिमा निर्वाचित भइसकेका छन् । हत्यामा संलग्न रहेका भनिएका अन्य केही व्यक्तिहरु प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि निर्वाचित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हत्या आरोपमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका व्यक्ति समेत जनप्रतिनिधिमा निर्वाचित भएका छन् । उनीहरुलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उम्मेदवार बनाएर उठाएको थियो । 


Advertisment
Nabil box
Kumari

असई बिक हत्याका प्रतिवादीहरुमध्ये अभिराम शर्मा र कौशल कुमार यादव महोत्तरीबाट प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका छन् । बिक हत्याका अर्का प्रतिवादी शंकरशाही भनिने रामशंकर मिश्र महोत्तरीको जलेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका छन् । 

Vianet communication
Laxmi Bank

विक हत्याका प्रतिवादी अभिराम शर्मा महोत्तरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (क)बाट निर्वाचित भएका छन् । राजपाको उम्मेदवार बनेर चुनाव लडेका उनले ९ हजार १ सय १४ मत प्राप्त गरे । 

अर्का प्रतिवादी कौशल कुमार यादव महोत्तरी क्षेत्र नम्बर ४ को प्रदेशसभा (क)बाट ९ हजार २ सय ७७ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनलाई संघीय समाजवादी फोरमले उम्मेदवार बनाएको हो । 

असई विकको हत्यामा संलग्न भनिएका अर्का उम्मेदवार देवेन्द्र यादव भने चुनावमा पराजित भएका छन् । विगतमा राजपा नेपालमा आवद्ध भए पनि टिकट नपाए पछि उनले राजपा उम्मेदवारविरुद्ध महोत्तरी क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

मधेस आन्दोलनका दौरान २५ भदौ २०७२ का दिन महोत्तरीको जलेश्वरमा कार्यरत रहेका सशस्त्र प्रहरी असई थमन बिकको आन्दोलनकारीको आक्रमणबाट मृत्यु भएको थियो । बिकको हत्या भएको भन्दै दायर भएको मुद्दा अहिले जिल्ला अदालत महोत्तरीमा बिचाराधिन अवस्थामा छ । 

बिकको ‘हत्या’मा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले तत्कालीन अवस्थामा ३ जनालाई पक्राउ गरेको थियो । घटनामा संलग्न रहेका भनिएका करिब २ दर्जन व्यक्तिलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको छ । 

अहिले प्रदेशसभामा निर्वाचित भएका  अभिराम शर्मा र कौशल कुमार यादवलाई पनि उक्त घटनाको प्रतिवादी बनाइएको थियो । महोत्तरी प्रहरीका अनुसार शर्मा र यादव दुवै जनालाई फरार अभियुक्तको सूचीमा राखेको छ । 

हत्यामा संलग्न रहेको भन्दै प्रहरीले जलेश्वर ६ का रमेश प्रसाद साह, जलेश्वर २ का शतिनन्द चौधरी, राजा चौधरी, नरेश साह, राम राजा साह, हरिओम कुमार भगत, विक्की साह, जलेश्वर १ का चन्देश्वर साह मेहतरी, गोलु साह, रविन्द्र राम चमार, रंजित साह, जलेश्वर १३ का देबेन्द्र चौधरी, जलेश्वर १७ का पवन कापर, जलेश्वर ५ का अनिल ठाकुर, फुलहटा परकौली ५ का फुले यादव, महोत्तरी अनैठाका रोहित कुमार शर्मा, लालबाबु विन, भटौलिया २ का शम्भु साह, सोनमा ३ का देवेन्द्र यादव, खैरवनी ६ का कौशल कुमार यादव, निगौल ५ का लक्ष्मी महत्तो, अन्कार ९ का अभिराम शर्मा, पर्सा पतैलीका धर्मेन्द्र राय, पिगौना ५ का शंकर साही भन्ने रामशंकर मिश्र र सुगा भवानीपट्टीका सुरेश पाण्डेलाई समेत अभियूक्तको सूचीमा राखेको छ । 

फरार रहेकाहरुमध्ये देवेन्द्र यादव विगतमा सदभावना पार्टीका केन्द्रिय सह–महासचिव, सुरेश पाण्डे तराई मधेस सद्भावना पार्टीका केन्द्रिय सदस्य, अभिराम शर्मा महोत्तरी तमलोपाका अध्यक्ष, धर्मेन्द्र राय सदभावना महोत्तरीका सचिव, कौशल कुमार यादव संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य, अनिल ठाकुर तमसपाका महोत्तरी सदस्य र लक्ष्मी महत्तो सदभावनाका केन्द्रीय सदस्य थिए । ती सबै ‘नेता’हरु अहिले एकीकरण पछि बनेको राजपा नेपालमा  आवद्ध छन् । 

के भन्छन् निर्वाचित प्रतिवादीहरु ? 

निर्वाचन जितेर ‘जनप्रतिनिधि’ बनेका प्रतिवादीहरु आफूलाई आवेशमा आएर राज्यपक्षबाट झुटो मुद्दा लगाइएको बताउँछन् ।  उक्त घटनाका प्रतिवादी तथा प्रदेशसभा सदस्यमा निर्वाचित अभिराम ठाकुर भन्छन, ‘महोत्तरी प्रहरीले असई बिकको हत्यामा आफुलाई प्रतिवादी बनाएको कुरा सत्य रहे पनि आफुहरुलाई गलत ढंगले झुटो मुद्दा लगाई राज्यले फसाएको छ ।’ 

प्रहरीको अभिलेखमा मोस्ट वान्टेड फरार प्रतिवादी रहेको भन्ने सवालमा प्रदेश सभा सदस्य ठाकुर भन्छन, ‘महोत्तरी जिल्ला अदालतबाट हालसम्म हामीहरुलाई कुनै पनि सूचना प्राप्त भएको छैन । नत वारेन्ट नै जारी गरेको छ । फरार भएको भए कसरी निर्वाचनमा विजयी भएँ ?’

आन्दोलनका बेला मलेसियामा रहेका व्यक्तिलाई समेत घटनामा संलग्न रहेर अभियुक्त बनाइनुले राज्यले आवेशमा झुटा मुद्दा लगाएको कुरा प्रमाणित हुने उनको भनाइ छ । 

प्रदेशसभा निर्वाचित भएका अर्का प्रतिवादी कौशल कुमार यादव पनि आफूहरुलाई जवरजस्ती फसाइएको बताउँछन् । 
‘राज्यले हामीसँग पटक पटक सम्झौता गरी झुटा मुद्दाहरु फिर्ता लिने भने पनि हालसम्म कुनै पहल चालिएको छैन,’ यादव भन्छन्, ‘जनताले पनि हामीलाई आफ्नो अमूल्य मत दिएर निर्दोष भएको प्रमाणित गरेका छन् । राज्यले ती मुद्दाहरु अबिलम्ब फिर्ता गर्नुपर्दछ ।’

प्रहरी प्रतिवेदनमा के छ ? 

सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या सम्बन्धमा छानवीन गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीका नायव उपरीक्षक (डिएसपी) राजेन्द्र बाबु रेग्मीको नेतृत्वमा समिति गठन गरिएको थियो । 

रेग्मी नेतृत्वको समितिले घटनाको अनुसन्धान गरी प्रहरी कार्यालयमा प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदनमा उल्लेख भएको घटनाको संक्षिप्त विवरण यस्तो छ, 

२०७२ भदौ २५ गते मधेसी मोर्चाका कार्यकर्ताले असई विकलाई नियन्त्रणमा लिइ  लाठी, भाँठा, लाती, मुक्का समेतले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । 

उक्त खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलमा पुग्यो । प्रहरीको टोलीले असई बिकलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्यायो । सोको जानकारी सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा जानकारी गराइएको पनि प्रतिवेदनमा उल्लेख छ । 

गम्भीर घाइते भएका बिकको जिल्ला अस्पतालमा उपचार सम्भव भएन । जिल्ला अस्पतालले उपचारका लागि भन्दै जनकपुर अञ्चलमा रेफर गर्यो ।  सशस्त्र सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पताल जलेश्वरको यूएन ६६११२३५ नम्बरको एम्बुलेन्समा राखेर घाइते बिकलाई जनकपुर पठायो । घाइते बिकको कुरुवाको रुपमा सशस्त्र प्रहरी जवान राज कुमार झा, अस्पतालका कर्मचारी र सहयोगी समेत ५ जना बाकेर एम्बुलेन्स जलेश्वर पिपरा हुँदै जनकपुरका लागि हिँड्यो । 

एम्बुलेन्स जिल्ला अस्पतालबाट निस्केको मात्रै थियो ९–१० जनाको संख्यामा मोटरसाइकलमा आएका व्यक्तिले पिछा गर्न थाले । जलेश्वरबाट अगाडि बढेर प्रकौली पुगेपछि चोकमा ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए । उनीहरु बाटोमा काठ तेर्स्याएर बसेका थिए । 

चोकमा जम्मा भएका व्यक्तिले एम्बुलेन्स रोक्न खोजे । तर एम्बुलेन्स रोकिए । मूल बाटो छाडेर सहायक बाटोबाट एम्बुलेन्स अगाडि बढ्यो । त्यसपछि मानिसहरुले एम्बुलेन्समा ढुङ्गा–मुडा बर्साउन थाले । 

एम्बुलेन्स सहायक बाटोबाटै अगाडि बढ्यो । पिपरा नपुग्दै बाटोमा पर्ने बिहगी खोलाको पर्सा पुलमा पनि अवरोध भयो । राजमार्गबाट जाँदा अगाडि पिपरमा पनि आन्दोलनकारीले भेटाउने र पिछा गर्दै आएकाहरुले पनि भेट्टाउन संभावना थियो । 

चालकले भ्रमरपुराबाट जनकपुर पुग्ने बाटो देखेको भन्दै एम्बुलेन्सलाई महोत्तरी गाविसको सनोखरा गाउँको सहायक बाटोतर्फ सोझ्याए । 

केही अगाडि पुगेपछि खोलामा भर्खरै हालिएको ह्यूम पाइपबाट चढ्न सकेन । चालक जलेश्वर ६ का सुशील मिश्रले बीचमै रोकेर एम्बुलेन्समा रहेका सबैलाई भाग्न भने । अस्पतालका कर्मचारी सियाराम पासवान, सहयोगी पप्पु साह, कुरुवाका लागि खटिएका सशस्त्र प्रहरी जवान राजकुमार झासमेत चारै जना भागे । घाइते सशस्त्र प्रहरी सहायक निरीक्षक बिक पनि गाडीबाट ओर्लेर भाग्दै थिए, पिछा गर्दै आएकाहरुले उनीहरुलाई समातिहाले । 

पिछा गर्दै आएका र अन्य ५०–६० जनाले बिकलाई निर्ममतापूर्वक कुटपिट गरी धारिलो हतियार प्रयोग गरेर हत्या गरे । 

बिकको कुरुवाका लागि खटिएका प्रहरी जवान राजकुमार झालाई समेत आन्दोलनकारीले लखेटिरहेका थिए । तर उनी भने एक स्थानीयको घरमा लुकेर बच्न सफल भए । 

लुक्दैछिप्दै महोत्तरीको डाम्ही मडइ विद्यायमा पुगे पछि प्रहरी जवान झाले कार्यलयमा सम्पर्क गरे । त्यसपछि उनको उद्दार गरियो । एम्बुलेन्सका चालक, अस्पतालका कर्मचारीको पनि प्रहरीले उद्दार गर्यो । 

प्रहरीले विश्लेषण गरेको फोन कल विवरण

महोत्तरी प्रहरीले आफ्नो अनुसन्धानको क्रममा प्रतिवादी भनिएका व्यक्तिहरुको फोन कल विवरण, लोकेशन समेतलाई पहिचान गरी विश्लेषण चार्टसँगै प्रतिवादी अनिल ठाकुरको भ्वाइस रेकर्डलाई प्रमुख प्रमाणको रुपमा अदालतमा पेश गरेको छ । 

त्यसैगरी घटनास्थल महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ४ स्थित र अर्को घटनास्थल महोत्तरी वडा नम्बर ८ सनोखडा स्थित धानको खेतबाट बरामद भएका लाठी, बाँसका भाटा, काठको टुक्राहरु, बोतलहरु, बोतलका टुक्राहरु, अडियो र भिजुअल चक्कालाई समेत सबुत प्रमाणको रुपमा पेश गरेको छ । त्यसैगरी घटनास्थल मुचुल्का, लाश प्रकृति मुचुल्का, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीको पत्र, मृतकका भाई प्रेम बहादुर विकको जाहेरी दरखास्त, शव परीक्षण प्रतिवेदन, साक्षीहरु सशस्त्र प्रहरी जवान राजकुमार झा, पप्पु कुमार साह, सियाराम पासवान, सुशिल मिश्र आदिले गरेको घटना विवरण कागजलाई आधार बनाएको छ ।

सशस्त्र प्रहरी असई विकको हत्या भएको ज्यान मुद्दामा महोत्तरी प्रहरीले विभिन्न प्रतिवादीहरुको फोन कल विवरण समेत प्रस्तुत गरी हत्या गर्ने कार्यमा संलग्न रहेको दावी गरेको छ । 

प्रतिवादी रमेश साहको मोवाइल नम्बर ९८४४०५९७७४ को विश्लेषण गर्दै घटना भएको मितिमा विहान १०ः२० देखि १५ः२६ सम्म मोवाईलमा कुनै सम्पर्क नभएको तथा मृतक थमन विकलाई फलो गरी कर्तव्य गरी मार्नमा संलग्न रहेको दावी गरेको छ । 

त्यसैगरी अर्का प्रतिवादी शंकर साही भन्ने रामाशंकर मिश्रको मोवाईल नम्बर ९८४४०३०३१६ को विश्लेषण गर्दै घटना मितिको ११ः०३ देखि १२ः०५ सम्मको लोकेशन (सीडीआर) २७४ देखिएको हुनाले उक्त टावर लोकेशन घटना स्थलको हुनाले निजकै नेतृत्वमा घटना भएको प्रहरीले दावी गरेको छ । 

त्यसैगरी प्रतिवादी अनिल ठाकुरको मोवाइल नम्बर ९८४४०३००१८ को विश्लेषणबाट घटना मितिको ११ः१० देखि सम्पर्कमा नरही एकैचोटी १२ः२२ बजेमा भिठ्ठामोडमा पुगेको हुनाले मृतकलाई फलोगरी कर्तव्य गरी मार्नमा संलग्न रहेको प्रहरीले दावी गरेको छ । 

त्यसैगरी प्रतिवादी सुरेश पाण्डेको मोवाइल नम्बर ९८५४०३०२४५ को विश्लेषण गर्दा घटना मितिको ११ बजे देखि १२ः१० बजेसम्म बारदात स्थलको मोवाइलको टावर लोकेशनमा रहेको र अर्का प्रतिवादी अभिराम शर्माको मोवाइल ९८५४०३०४४३ सँग पटक पटक सम्पर्क भएको दावी गरिएको छ । 

अर्को प्रतिवादी अभिराम शर्माको मोवाइल नम्बर ९८५४०३०४४३ र ९८४४१६८८८८ को विश्लेषण गर्दैै उक्त मोवाइल घटना भएको मितिको १०ः२४ देखि १२ः२९सम्म घटना स्थलकै मोवाईल टावर लोकेशनमा रहेको बताइएको छ । 

प्रतिवादी धर्मेन्द्र रायको मोवाइल नम्बर ९८४४०३१९७६ को विश्लेषण गर्दा घटना वारदात मिति समयमा निजको मोवाइल नम्बरको टावर लोकेशन सिडिआर २९७ पिपरा बि रहेको भन्दै अन्य प्रतिवादीहरु समेतको सिडिआरको आधारमा प्रहरीले अभियूक्त बनाएको छ ।

घटना भएको मितिको विहान अन्दाजी ८ः३० को समयमा सशस्त्र प्रहरी विकलाई कुटपिट गरेको भिजुवल रेकर्ड समेत हेर्दा संजय कुमार साह, प्रदिप साह माझी, विक्की साह, रामराजा साह, गोलु साह, हरिओम भगत, रविन्द्र राम चमार र रंजित साहको भिजुवल फोटो सनाखत भएको तथा अन्य व्यक्तिहरु सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।  त्यसैगरी प्रहरीले घटना भईसकेपछि प्रतिवादी मोहन ठाकुरले गरेको कुराकानीको अडियो रेकर्डलाई समेत प्रमाणको रुपमा पेश गरेको छ । अनिल ठाकुरले गरेको संवादको भ्वाइस एस्पेक्ट्रम एनालेसिस प्रविधिद्वारा परीक्षण गराई  अडियो रेकर्ड र भिजुअल रेकर्डको भ्वाइस ६७ प्रतिशत मिलेको  भनि केन्द्रीय अनुसन्धान व्यूरोको परीक्षण प्रतिवेदनलाई पनि ठोस प्रमाणको रुपमा अगाडी वढाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x