×

NMB BANK
NIC ASIA

टाउको उठाउन खोज्दै गोइत समूह, आतंक सृजना गर्न दुई जिल्लामा विस्फोटका घटना

पुस १८, २०७४

NTC
Premier Steels

जनकपुरधाम १८ पुस– नेपालको सम्पुर्ण तराई एउटा छुट्टै देश हुनुपर्छ भन्दै सशस्त्र भूमिगत राजनीति गर्दै आएका जयकृष्ण गोईत समूहले फेरि टाउको उठाउन खोजेको छ । केही बर्ष देखि निष्कृय जस्तो देखिएको गोईत समुहको सामान्य उपस्थिती सिरहा र सप्तरीमा सिमित छ । दुई जिल्लामा प्रेसरकुकर बम विस्फोटन गराउने घटनाहरु बढेपछि गोईत फेरी पनि सक्रिय भई आफ्नो अस्तित्व देखाउन खोजेको सुरक्षा निकायको आकलन छ ।

Muktinath Bank

तराई मधेसलाई आफ्नो प्रभाव क्षेत्र बनाई हतियारको राजनीति गर्नेहरु मध्ये अधिकांश समुहका नाईके र कार्यकर्ताहरु पक्राउ परेका छन भने केही इन्काउन्टरमा मारिए ।  कतिपय सशस्त्र समूह भने बार्ताका मार्फत मुलधारमा आईसके पछि सशस्त्र समुहको गतिविधि न्यून भईसकेको अवस्थामा गोईत समुहले फेरी सक्रियता देखाउन खोजेको सुरक्षा निकायले महसुश गरेका छन् । उनको सक्रियतालाई प्रहरीले सक्रियता नभनेर दुई जिल्लामा मात्र खुम्चिएको भएपनि नजरअन्दाज गर्न नमिल्ने बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७ पुष २०७४ मा सिरहाको मालपोत कार्यालयको भवनमा बम विस्फोटन गराइएको थियो । सिरहा नगरपालिका वडा नं.७ स्थित रहेको उक्त कार्यालयको माथिल्लो तल्लाको प्यासेजमा प्रेसरकुकर बम पडकिएको थियो ।  दिउँसो करिब १ बजेर ३५ मिनेटको समयमा उक्त बम पडकिएको थियो । कार्यालयको समय भएका कारण कार्यालयमा सेवाग्राहीहरु सेवा लिनका निम्ति घुईचो लागेको थियो । 


Advertisment
Nabil box
Kumari

बम विस्फोटनका कारण कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीहरु सिरहा नगरपालिका वडा नं.१२ बस्ने राजकुमार पासवान, सिरहा नगरपालिका वडा नं.१८ बस्ने रोशन पासवान र सिरहा वडा नं.१ बस्ने पवन पासवान घाईते भएका थिए । विस्फोटनका कारण मालपोत कार्यालयको कोठाहरुको पल्ला तथा शिशाहरु समेत टुटफुट समेत भई क्षति भएको थियो । सिरहा प्रहरीले गरेको अनुसन्धानबाट उक्त बम विस्फोटन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समुहका केन्द्रिय संयोजक जयकृष्ण गोईतले गराएका हुन । 

Vianet communication
७ पुष २०७४ मा सिरहाको मालपोत कार्यालयको भवनमा बम विस्फोटन गराइएको थियो । कार्यालयको समय भएका कारण कार्यालयमा सेवाग्राहीहरु सेवा लिनका निम्ति घुईचो लागेको थियो । सिरहा प्रहरीले गरेको अनुसन्धानबाट उक्त बम विस्फोटन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समुहका केन्द्रिय संयोजक जयकृष्ण गोईतले गराएको खुल्न आयो । 

गोईत समुहका सिरहा जिल्ला सैन्य कमाण्डर विक्की भन्ने विरेन्द्र यादवले उक्त घटना गराएको प्रहरीको अनुमान छ । यादव सिरहा धनगढी माई नगरपालिका वडा नं.४ कुरुवा टोलका बासिन्दा हुन । त्यसैगरी उक्त बम विस्फोटनमा गोईत समुहका सक्रिय कार्यकर्ता सिरहा मिर्चैया नगरपालिका वडा नं.४ कुथनुवा घर भएका बद्रीयादव लगायत अन्य नाम थर नखुलेका करिब ५ देखि ६ जनासम्म व्यक्तिहरु संलग्न रहेको सिरहा प्रहरीको आंशका रहेको छ । ती सबै व्यक्तिहरु अहिले फरार रहेका छन् भने घटनाको अनुसन्धान जारी रहेको सिरहा प्रहरीले जनाएको छ ।

२३ मंसिर २०७३ मा सिरहाको मिर्चैया वडा नं. ५ स्थित शिला पेट्रोल पम्प स्थित पार्किङ स्थलमा गोईत समुहका कार्यकर्ता चुल्वा भन्ने लेखनाथ प्रसाद यादवले बम विस्फोटन गराएका थिए । जयकृष्ण गोईतको निर्देशनमा यादवले उक्त बम विस्फोटन गराएको भन्दै अनुसन्धान अगाडी वढाएको थियो । सिरहा प्रहरीले सिरहा इटारी प्रसाई ४ बस्ने बर्ष ३० का यादवसँगै धनुषा सिंग्याही मडान ३ का २० बर्षिय देवेन्द्र कुमार यादवलाई समेत पक्राउ गरेको थियो । उक्त घटनामा बद्री यादव, त्रिफुल ठाकुर र जयकृष्ण गोईत समेतलाई प्रतिवादी बनाइएको थियो । सिरहा प्रहरीको अभिलेखमा अहिले पनि ती तिनै जना प्रतिवादीहरु फरार छन् । १० चैत्र २०७३ मा पक्राउ परेका प्रतिवादी लेखनाथ यादव २० हजार रुपैयाँ धरौटीमा राखि सिरहा जिल्ला अदालतबाट तारेखमा छुटेका थिए । 

८ मंसिर २०७४ मा सिरहाको मिर्चैया वडा नं. ५ स्थित प्रदिप साहको घरमा रहेको माओवादी केन्द्रको कार्यालयमा प्रेसरकुकर बम विस्फोटन गराइएको थियो । सिरहा क्षेत्र नं. ४ को नेकपा माओवादी केन्द्रको चुनाव प्रचार प्रसार समन्वय कार्यालय प्रदिप साहको घरमा स्थापना गरिएको थियो । उक्त बम विस्फोटन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) पार्टीका अध्यक्ष जयकृष्ण गोईतको निर्देशनमा जिल्ला सैन्य कमाण्डर बद्री यादवले गराएको सिरहा प्रहरीले गरेको अनुसन्धानबाट खुलेको थियो । उक्त घटनामा सिरहा धनगढी माई नगरपालिकाका विक्की भन्ने विरेन्द्र कुमार यादव समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सबै प्रतिवादीहरु उक्त घटनामा फरार रहेका छन् ।

२८ मंसिर २०७४ का दिन सिरहाको लहान नगरपालिका वडा नं.१ न्यू नेपाल साईकल स्टोर्स अगाडी बम विस्फोटन गराइएको थियो । अन्दाजी पौने १ बजेको समयमा उक्त बम विस्फोट हुँदा स्थानीय परमेश्वर चौधरी र धनराज चौधरी घाईते भएका थिए । बम विस्फोटन गराइएको उक्त स्थानमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोईतले हस्ताक्षर गरेको पर्चा फेला परेको थियो । उक्त पर्चामा ‘मात्रृभूमि तराई माईको नेपाली औपनिवेशिक शासनलाई अन्तय गरेर मुक्त गर्न, स्वतन्त्र तराईका लागि सम्पुर्ण तराईका मुल निवासीहरु एक जुट होउ’ भन्ने शव्दहरु लेखिएको थियो । उक्त घटनामा सिरहा प्रहरीले सप्तरी त्रिकौल बस्ने जयकृष्ण गोईत, सिरहा धनगढीमाई नगरपालिका कुरुवा टोल बस्ने विक्की भन्ने विरेन्द्र यादव र मिर्चैया नगरपालिका वडा नं.४ कुथनवा बस्ने बद्री यादव संलग्न रहेको भन्दै सिरहा प्रहरीले अनुसन्धान गरेको थियो । उक्त घटनाका प्रतिवादीहरु फरार रहेका छन् ।

१२ मंसिर २०७३ मा सप्तरीको राजविराज नगरपालिका वडा नं.१ स्थित जिल्ला प्रशासनको कम्पाउन्डमा प्रेसरकुकर बम राखिएको थियो । गोईत समुहको पर्चा समेत त्यहाँ फेला परेको थियो । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्कृय गरेको थियो । कुनै पनि किसिमको मानविय तथा भौतिक क्षति हुन सकेको थिएन । सप्तरी प्रहरीले उक्त घटनामा संलग्न रहेको भन्दै गोईत समुहका दुई जना कार्यकर्ताहरु सिरहा गौरीपुर गाविस वडा नं.५ बस्ने बर्ष ५० का नथुनी यादव र सप्तरी प्रसवनी गाविस वडा नं. ७ घर भई हाल राजविराज नगरपालिका वडा नं.५ बस्ने बर्ष ३० का भवानी प्रसाद यादवलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

गोईतलाई कानूनको कठघरामा ल्याउछौं : एआईजी कायस्थ

प्रदेश नं.२ का प्रदेश प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थका अनुसार गोईत समूहले सक्रियता बढायो भनेर भन्न नमिल्ने तर सप्तरी र सिरहामा भने कहिले काँही आकलझुकल दुई चार वटा घटनाहरु गराईरहेको कुरालाई भने नजर अन्दाज पनि गर्न नमिल्ने बताए । ‘भूमिगत समुहहरुको सक्रियताको सवालमा भन्ने हो भने तिनीहरुको घटनाको कति जिल्लामा प्रभाव छ, कति जिल्लामा कार्यकर्ता वा संगठन फैलिएको छ, कस्ता कस्ता घटना गराईरहेका छन्, तिनीहरुको उपस्थिती कति छ भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ’ कायस्थले लोकान्तरसँग भने, ‘गोईतको सक्रियता बढेको छैन तर उसले आफ्नो उपस्थिति दर्ज गराउन खोजेको कुरा हामीले महसुस गरेकै छौं ।’ 

गोईतको सक्रियता बढेको छैन तर उसले आफ्नो उपस्थिति दर्ज गराउन खोजेको कुरा हामीले महसुस गरेकै छौं : विजयलाल कायस्थ

गोईतको प्रभाव सप्तरी र सिरहा गरी दुई वटा जिल्लामा मात्र सिमित रहनुको अर्थ अन्य जिल्लामा उनीहरुको प्रभावलाई विल्कुलै समाप्त पारिदिएको प्रहरीको दावी छ । एआईजी कायस्थ भन्छन, ‘अरु जिल्लामा कुनै घटना गराउन खोज्यो भने सुरक्षाकर्मीहरुको तैनाथीका कारण सफल हुन सकिन्न भन्ने बुझेरै गोईत निष्प्रभावी भएको छ । दुई जिल्ला सप्तरी र सिरहामा पनि गोईतको प्रभावलाई समाप्त पार्छौं ।”

ज्वाला सिंहको उपस्थिती विज्ञप्तिमै

गोईत जस्तै मधेसमा विगतमा आतंक सृजना गरेको ज्वाला सिंह भनिने नागेन्द्र पासवान भने विगत लामो समय देखि निष्कृय देखिन्छन् । उनको संगठनको नाउँमा पछिल्ला वर्षहरुमा कुनै पनि हिंसात्मक घटनाहरु भएको देखिँदैनन् । तर, बेला बेलामा उनको नाउँबाट विभिन्न किसिमका विज्ञप्तीहरु जारी भईरहेका हुन्छन् । २३ असोज २०७४ मा उनको पछिल्लो प्रेस विज्ञप्ती जारी भएको थियो । ज्वाला सिंहको हस्ताक्षरमा जारी भएको उक्त विज्ञप्तीमा संविधान बने पनि तराईको पक्षमा नदेखिएकोले तराईमा तराई सेनाको गठनलाई अग्रता दिँदै तराईको मूल निवासीको शत्रुलाई स्वतन्त्र तराईबाट लखेटेर आफ्नो तराईको सत्ता पुनः मिलेर स्थापित गर्न आह्वान गरिएको छ ।


नयाँ सशस्त्र समुहको गठन

विगतका प्रायः सशस्त्र समुहहरु समाप्त भएपनि प्रगतिशिल तराई मुक्ति मोर्चा नाम गरेको नयाँ सशस्त्र समुह गठन भएको कुरा साउन २०७४ मा सप्तरीको स्थानीय पत्रिकामा समाचार प्रकाशित भएको थियो । संगठनका संयोजक सिजनको नामबाट जारी गरिएको उक्त विज्ञप्तीमा तराईलाई अन्तर्राष्ट्रिय स्तरमा छुट्टै राज्यको पहिचान गराउने उद्देश्यले आधुनिक डिजाइनमा आधुनिक तरिकाले सशस्त्र संघर्ष गर्नका लागि मोर्चाको निर्माण भएको जनाइएको थियो ।
मधेसमा सशस्त्र समुहको इतिहास

विगतमा केही समय तत्कालिन नेकपा माओवादीमा लागेका गोइत अखिल तराई मुक्ति मोर्चा गठन गरी तराइमा हिंसाको बाटो रोजेका थिए । तराई प्राचीन कौशल, काशी र मिथिला (विदेह) जनपदहरुको उत्तरी हिस्सा रहेको बताउँदै आएका छन् । मातृभूमि तराईको मुक्ति तराईको मुल निवासीहरुका लागि ऐतिहासिक आवश्यकता रहेको उनी बताउँदै आएका छन् । उमेरका कारण पनि उनी अहिले निष्कृय जस्तै छन् । 

गोइतकै बाटो पछियाउँदै मधेसमा कयौ सशस्त्र समूह खुले । उनीहरुको उदेश्य चाहिँ आतंक सृजना गरेर फिरौती उठाउनु मै सीमित रह्यो । उनीहरुले मचाएको हिंसाबाट मधेसमा व्यापक धनजनको क्षति भयो । कतिपय व्यक्तिको हत्या भयो, कतिपय अपहरित भए, पलायन भए, बम विस्फोट, चन्दा आतंक बढदै गयो । तराईमा जनता त्रसित हुन बाध्य भए ।

प्रशासनको टाउको दुखाई बन्दै गएको सशस्त्र समुहलाई समाप्त पार्न राज्यपनि विभिन्न रणनीति अपनाउन थाले । 

संविधानसभाको पहिलो चुनाव भएपछि गठित सरकारी वार्ता टोलीहरुले बन्दुक उठाएर विद्रोह गरेकाहरुलाई शान्तिपुर्ण वार्तामा आई मूलधारमा आउन आह्वान गरे । एकातर्फ कतिपय समुहहरु बार्तामा आउन थाले भने अर्कोतर्फ प्रहरीले सशस्त्र समुहका नेता कार्यकर्ताहरुलाई पक्राउ गर्न थाले । यतिमात्र होइन प्रहरीको दोहोरो भिड्न्तको नाउँमा जवावी कारवाहीमा सशस्त्र समुहका थुप्रै नेताहरु मारिन थाले । 

शान्ति तथा पुनर्निर्माण मन्त्रालय गठन भए पश्चात नेपाल सरकारद्वारा गठित सरकारी वार्ता टोलीहरुले मधेसका थुप्र्रै समुहहरुसँग विभिन्न चरणका वार्ताहरु गरे । मन्त्रालयको गठन भए पश्चात विभिन्न ४५ वटा समुहहरुसँग वार्ता गरिएको शान्ति मन्त्रालयको तथ्याङ्क छ । 

मधेसका सशस्त्र समुहहरु अन्तरगत २६ मंसिर २०६५ मा मधेसी भाइरस किलर्स, ११ पुष २०६५ मा संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा, १८ कार्तिक २०६८ मा  संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा संस्थापन पक्ष, ८ मंसिर २०६८ मा संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा कौटिल्य शर्मा समुह, १६ पुष २०६५ मा तराई संयुक्त जनक्रान्ति पार्टी, २६ पुष २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुह, १० फागुन २०६५ मा लिवरेशन टाइगर अफ तराई इलम (एलटीटीइ), ७ चैत्र २०६५ मा मधेस मुक्ति टाइगर्स, २४ बैशाख २०६७ मा अखिल तराई मुक्ति मोर्चा संस्थापन पक्ष, १६ पुष २०६८ मा सयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (पवन समुह), २८ पुष २०६८ मा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (आजाद समुह), ७ माघ २०६८ मा अखिल तराई मुक्ति मोर्चा (जयकृष्ण गोइत समुह), १३ माघ २०६८ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (भगत सिंह समुह), २१ फागुन २०६८ मा जनतान्त्रिक मधेस तराई मुक्ति मोर्चा (झबर साह, प्रताप समुह) र ६ बैशाख २०६९ मा संयुक्त क्रान्तिकारी तराई मधेस मुक्ति मोर्चा सँग वार्ता गरिएको शान्ति मन्त्रालयको वेवसाइटमा उल्लेख छ । 

किन निस्प्रभावी भए सशस्त्र समुह ?

तत्कालिन विद्रोही नेकपा माओवादीमा आवद्ध भएका जयकृष्ण गोइत मधेसको मुद्दामा माओवादी उदार नदेखिएको भन्दै जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरी बन्दुकको राजनीति प्रारम्भ गरे । उनी सँगै ज्वाला सिंह भनिने नागेन्द्र पासवान पनि लागे । तर केही वर्षपछि ज्वाला सिंह गोइतबाट अल्लगिएर अर्कैै पार्टी गठन गरे । यसरी सुरु भयो सशस्त्र समुहहरुमा विखण्डन । सशस्त्र समुहहरुमा पनि दुई विचार देखा प¥यो । 

गोइत र ज्वाला मधेस अलग्गै देश हुनुपर्छ भनेर लागे भने अर्का थरी संघीय लोकतान्त्रिक गणतन्त्र र आत्म निर्णयको अधिकार सहित समग्र मधेस स्वायत्त प्रदेश हुनुपर्छ भन्ने वैचारिक विभाजन देखा प¥यो । त्यसपछि नेतृत्व क्षमता नदेखिएको तथा आर्थिक हिनामिना गरेको भन्दै एकले अर्कोलाई कारवाही गरेको भन्दै दर्जनौ सशस्त्र समुहहरु खुले । 

सशस्त्र समुहहरुको प्रभाव वढ्दै गयो । त्यसपछि राज्यले वार्ताका लागि गोइत र ज्वालालाई आउन आग्रह गर्दा  राष्ट्रसंघको मध्यस्थतामा मात्र वार्ता गर्ने उनीहरुले शर्त राखे । संविधानसभा निर्वाचन पछि चौथो शक्ति बनेका मधेसवादी दलहरुले वार्ताको माध्यमबाट उक्त समस्या समाधान गर्न माग गरेपछि सरकारले सरकारी वार्ता समिति बनाई वार्ता पनि भयो ।

वार्तापछि कतिपय भुमिगत जीवन विताउनेहरु अहिले राजनीतिक मुलधारमा छन् । उता वार्तामा नआएका समुहहरु शुुरुमा पहाडी समुदायलाई सताउने, अनि चन्दा दिनका लागि मधेसी समुदायका कर्मचारी, व्यापारीहरुलाई धम्क्याउने, अपहरण गर्ने तथा गोली प्रहार गर्ने र हत्या सम्मका गतिविधीमा संलग्न भएपछि तिनीहरु प्रति मधेसमा जनआक्रोश वढ्दै गयो । अपराधिक काममा संलग्न उनीहरुलाई सुरक्षा निकायले तह लगाएपछि अहिले सशस्त्र समूहका क्रियाकलाप अपवाद बाहेक शून्य भएका छन् । 

सन्दर्भ तस्वीर : फाइल फोटो 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x