डिभिजन–२ खेल्ने नेपाली टोलीबाट बिनोद भण्डारी र सागर पुन ‘आउट’

काठमाडौं, २० पुस– आगामी फेब्रुअरीमा हुने आईसीसी डिभिजन–२  क्रिकेटक प्रतियोगिताका लागि नेपालले प्रारम्भिक चरणमा २१ खेलाडी छनोट गरेको छ । खेलाडी छनोट समितिले नामिबियामा हुने डिभिजन–२ का २१ जना खेलाडी छनौट गरेको हो । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले गरेको छनोटमा नियमित रहेका दुई खेलाडी भने परेनन् । 

नेपाली टोलीका विकेट किपर तथा ब्याट्सम्यान विनोद भण्डारी र ब्याट्सम्यान सागर पुन पहिलो चरणमा छनोट भएनन् । पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न नसकेको भण्डारी र सागरले पहिलो चरणमै छनौट हुन पाएनन् । 

प्रारम्भिक चरणमा रोहित कुमार पौडेलले नयाँ अनुहारको रुपमा ‘इन्ट्री’ पाउँदा मेहबुब आलम पनि आउट भए । 

विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा स्थान सुरक्षित गर्न नसकेपछि नेपाल डिभिज–२ मा खेल्न लागेको हो । डिभिजन–२ अन्तर्गतको खेल आगमी फेब्रुअरी ६ देखि १६ सम्म नामिबियामा हुँदैन । 

डिभिजन–२ मा नेपालसहित क्यानाडा, ओमान, नामिबिया, युएई र केन्याले प्रतिस्पर्धा गर्नेछन् ।

डिभिजन–२ को शीर्ष दुई टोलीले २०१८ को मार्चमा हुने विश्वकप छनौटमा खेल्न पाउनेछन् । पाँचौँ र छैटौँ स्थानमा रहने दुई टोली भने डिभिजन थ्री मा घटुवा हुनेछन् । 

डिभिजन–२ खेल्न छनौट भएको नेपाली टोलीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, करढा केसी, सामपाल कामी र सन्दिप लामिछाने छन् । यस्तै आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, दिपेश श्रेष्ठ, किशोर महतो, रोहित कुमार पौडेल, ललित भण्डारी, ललित नारायण राजवंशी, रसिद खान, सिद्धान्त लोहनी, सुनिल धमला र शुशन भारी पनि छनौट भएका छन् ।
 

पुस २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस