कारबाहीबाट बच्न गुणस्तर चिन्ह लिने ग्यास उद्योगको तयारी

काठमाडौं, २३ पुस– सरकारले नेपाल गुणस्तर चिन्ह (एनएस) नलिने ग्यास उद्योगलाई कारवाही गर्ने जनाएपछि उद्योगीहरुले गुणस्तर चिन्ह लिने तयारी थालेका छन् । ग्यास उद्योगले आजदेखि अनिवार्य नेपाल गुणस्तर तथा नापतौल विभागवाट प्राप्त गुणस्तर चिन्ह लिने भएका हुन् । 

नेपाल एलपी ग्यास उघोग संघले सबै ग्यास उद्योगलाई गुणस्तर चिन्ह लिन निर्देशन दिएपछि एनएस नलिइ संचालन भएका ग्यास उद्योगहरुले आजदेखि चिन्ह लिने भएका हुन । यसअघि सरकारले एनएस चिन्ह नलिने सबै उद्योगलाई कारवाही गर्ने भन्दै अनुगमन पनि गरेको थियो । 

विरगंजको सुपर ग्यास उद्योगमा भएको आगलागी पछि गुणस्तर तथा नापतौल विभागले ग्यास उद्योगहरुमा अनुगमन गर्दै गुणस्तर चिन्ह नलिने उद्योगहरुलाई कारवाही गर्न थालेको हो । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार हालसम्म चारवटा ग्यास उद्योगले गुणस्तर प्रमाण चिन्ह लिइसकेका छन । नेपाल ५३ ग्यास उद्योग संचालनमा रहेका छन ।
 

पुस २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार